प्रदेश १ को राजधानीमा विराटनगरको विकल्प छैनः मन्त्री पण्डित

१६ असोज ७५, मंगलबार

विराटनगर, असोज १६
संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले प्रदेश राजधानीका लागि विराटनगरको विकल्प नरहेको बताएका छन ।उनले विराटनगर नै प्रदेश नम्बर १ को राजधानी हुनेमा विश्वस्त रहन पनि आग्रह गरे ।

Advertisement

मंगलबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो कुरा बताएका हुन । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का निर्वाचित सांसद समेत रहेका पण्डितले संविधानले प्रदेश सभालाई राजधानी तोक्ने अधिकार दिएको बताउदै भविष्यमा सम्भावित राजधानी भएको स्थानमा उच्च अदालत राख्ने र सोहीलाई स्थायी राजधानी तोक्ने भनिएकाले विराटनगर नै राजधानी हुने बताए ।

Advertisement

विराटनगर सम्पूर्ण कुराले भरिपूर्ण रहेको भन्दै राजधानी हुनेमा ढुक्क रहन पनि उनले सवैमा आग्रह गरेका छन । राजधानीलाई मध्यनजर गरेर दुरगामी कार्यालयहरु, विभिन्न विकास निर्माणका आयोजनाहरु निर्माण भएकाले विराटनगर राजधानी हुनेमा दुुईमत नहुने मन्त्री पण्डितले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top