×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

यू–१९ एसिया कप : अन्तिम खेलमा नेपालको शानदार जित

१६ आश्विन २०७५

एजेन्सी,असोज १६
बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा सुमह चरणको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको छ ।अघिल्लो चरण प्रवेशबाट यसअघि नै बाहिरीसकेको नेपालले मंगलबार भएको खेलमा युएईमाथि शान्तवना जित हात पारेको हो ।

नेपालको जीतमा नायक बनेका रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ४९ ओभर १ बलमा ७ विकेटको २ सय ७५ रन बनाउदैँ लक्ष्य पुरा गरेको हो । रोहितले ८८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ९२ रन बनाएपछि नेपालको जित संभव भएको हो ।

Advertisement
Advertisement

रोहित शतक बनाउन ८ रनले चुके । सुरुमा धैर्यताका साथ ब्याटिङ गरेका रोहितले अन्तिम ५ ओभरमा विस्फोटक ब्याटिङ गर्दै नेपालको जित संभव बनाएका हुन् । त्यस्तै छक्का हान्दै नेपाललाई जिताएका रसिद खानले १४ बलमा ३ छक्का प्रहार गर्दै २७ रन को आक्रमक पारी खेल्दै जीतको स्वाद चखाए । रोहित भने ४९ औँ ओभरको अन्तिम बलमा रन आउटको शिकार हुन पुगेका थिए ।

नेपालको जीतमा सन्दीप जोराले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६७ रनमा आउट भए । त्यस्तै कप्तान आरिफ शेख ४६ बलमा ५ चौका प्रहार गर्दै ३५ र रित गौतम २५ बलमा ३ चौकाको सहयोगमा १८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । युएईका लागि आर्यन लेकरा र एरोन बेन्जामिनले समान दुई विकेट लिएपनि टोलीलाई हारबाट टार्न सकेनन् ।

यस अघि ओपनर फाहद नवाज र अंशले उत्कृष्ट शतकीय साझेदारी गरेपछि किबेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाउन सकेको हो । अंश र नवाजले पहिलो विकेटका लागि १ सय ६७ बलमा १ सय ५९ रनको उत्कृष्ट शतकिए साझेदारी गरेपनि टोलीलाई जितको लागि प्रयाप्त हुन सकेन ।

यी दुईको साझेदारी २७ ओभर ३ बलमा नन्दन यादवले ब्रेक गर्दिए । यादवले २७ ओभर ३ बलमा रोहित कुमार पौडेलको हातबाट क्याच गराउँदैँ अंशसलाई ६७ रनमा पेभिलिएनको बाटो देखाए । अंशले ८१ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए । यादवलेनै दोस्रो विकेटका रुपमा ९५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ८३ रन बनाई खेली रहेका नवाजलाई आउट गर्दिए ।

त्यसलगत्तै अर्को ओभरमा पवन सर्राफको बलमा सन्दीप जोराले क्याच लिदैँ मुहमम्द अलीलाई १६ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । त्यसपछि युएईको नियमित विकेट पतन जारी रह्यो । युएईका अन्य ब्याटम्यान ब्रान्डन एडम १८, सिड हैदर १२, मुहमम्द ए १८ र कात्तिक ११ रनमा नट आउट रहे ।

Advertisement
Advertisement

नेपालकालागि नन्दन यादव,पवन सर्राफ र रसिद खानले समान दुई विकेट लिदाँ सुर्य तामाङ र सागर ढकालले पनि एक एक विकेट लिए ।नेपाल यस अघि भारतसँग १ सय ७१ रनको फराकिलो अन्तर र अफगानिस्तानसँग ३ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै एसिया कप सुखद अन्त्य गरेको छ । युएइपनि सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top