×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

पूर्वी नेपालमा वर्षा,आज काठमाडौंमा पनि पानी पर्छ ?

३० चैत्र २०८१

३१ चैत , काठमाण्डौ ।

आज पनि देशका केही भागमा छिटपुट पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी भने पर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ । महाशाखाका अनुसार विहान पूर्वी नेपालका केही ठाउँमा पानी परेको छ ।

Advertisement
Advertisement

विशेष गरी झापा, इलाम लगायतका ठाउँहरूमा हल्का पानी परेको हो । आज कोशी प्रदेश, मधेस प्रदेश तथा देशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का पानी र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारणले आज दिउँसो पनि कोशी प्रदेशका थोरै स्थानहरु र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

राति पनि कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा राति पनि मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको मौसविदले जानकारी दिए ।

पानी पार्ने वायु कमजोर बन्दै गएकाले मौसम पनि सफा हुँदै जाने पनि मौसमविद बताउँछन् । गत बिहीबारदेखि भारतबाट आएको जलवास्पयुक्त हावा र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले देशभरजसो वर्षा गराएको थियो।

बिहीबारको तुलनामा शुक्रबार र शुक्रबारको तुलनमा शनिबार कम वर्षा भएको थियो । यसबीच वर्षा र हावाहुरी कम हुनासाथ काठमाडौँ उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । शनिबार विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरको सूचीमा ४२ नम्बरसम्म झरिसकेको काठमाडौँ सहर अहिले फेरि सातौँ स्थानमा उक्लिएको हो ।

आज काठमाडौँ विश्व वायु प्रदूषणको सूचीमा सातौँ नम्बरमा छ भने वायु गुणस्तर सूचकांक (एक्यूआई) १५३ छ । चैत २७ गते वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा रहेको काठमाडौँ (नेपाल) हावाहुरीसँगै वर्षा हुने थालेपछि प्रदूषण स्वाट्टै घटेर चैत २८ गते ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा ४२औँ नम्बरमा झरेको थियो ।

Advertisement

तर शनिबारदेखि फेरि पानी पर्न तथा हावाहुरी चल्न कम भएपछि वायु प्रदूषणको मात्रा बढेको हो ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top