३१ चैत ,काठमाण्डौ।
बसिर अहमदको उत्कृष्ट ब्याटिङका बावजुद हङकङमा भएको चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेपाल पराजित भएको छ । आज हङकङको मोङ कोकमा सम्पन्न रोमाञ्चक खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।
बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए पनि नेपाल फाइनलमा कुवेतसँग ३ रनले पराजित भयो । नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि नेपाल चुकेको हो ।
खराब ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो । बसिरले मात्र उत्कृष्ट पारी खेले । उनलाई नन्दन यादवले साथ दिए । यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन् । निकै खराब सुरूवात गरेको नेपालले २८ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो ।
कुशल भुर्तेल ३ रनमा, आशिफ शेख २१ रनमा तथा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । चार खेलाडी आउट भए । यसपछि पनि कुनै खेलाडीले इनिङ्स सम्हाल्न सकेनन् । निरन्तर विकेट झरि नै रहयो । कप्तान रोहित पौडेल पनि ७ रनमा आउट भए । सोमपाल कामी ४ रनमा गुल्सन झा ९ रनमा र करण केसी ४ रनमा आउट हुँदा नेपाल हार नजिक पुगेको थियो ।
मात्र ९२ रन बनाउँदा नेपालले ८ विकेट गुमाइसकेको थियो । यसपछि छैटौं क्रमका बसिर अहमद र नन्दन यादवाले नवौं विकेटको लागि ७२ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए । बिष्फोटक ब्याटिङ गर्दै नन्दन १८ ओभर २ बलमा ३७ रन जोडेर आउट भए ।
यतिखेर नेपालले १६४ रन बनाएको थियो । अन्तिम ओभरमा नेपाललाई जितको लागि ११ रन जरूरी थियो । अुनदीप चिन्थामाराको अन्तिम ओभरको पहिलो बलमा नो बल फ्याँके। बसिरले छक्का प्रहार गरे ।
तर उनी यसको उुई बलपछि आउट हुँदा नेपाल ३ रनको झिनो हार बेहोर्न बाध्य भयो । बसिरले विष्फोट ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छक्का सहित ८० रनको पारी खेले। तर पनि नेपाल पराजित हुन पुग्यो ।
बलिङमा अुनदीप चिन्थामाराले ३ विकेट लिए । यासिन पटेल र नविनराज राजेन्द्रनले२÷२ विकेट झारे । यसअघि नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतारेको थियो ।
कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ दय ७४ रन बनाएको थियो । नेपालका लागि नन्दन यादवले २, सोमपाल कामीले २ विकेट, करण केसी र कुशल भुर्तेलले समान १÷१ विकेट लिए ।
यो खेलमा ललित नारायण राजवंशी विकेट विहिन रहे । यसअघि नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो । हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो । कुवेतले भने हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो ।