बर्लिनको जस्तै नियति भोग्ने युक्रेनी त्रास

३१ चैत , एजेन्सी ।

रुसले युक्रेनको उत्तर–पूर्वी सहर सुमीमा मिसाइल हमला गरेको छ । जसमा परि कम्तीमा ३१ जनाको मृत्यु भएको छ । आइतबार सर्वसाधारण चर्चमा भेला भएको बेला यो आक्रमण भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका हुन् ।

‘रुसी मिसाइल हमलामा परेर धेरैको मृत्यु भएको छ,’ सुमीका कार्यवाहक मेयर आर्टेम कोबजारले मृतकको संख्या पुष्टि गर्दै भने । मिसाइलले पामस्थित सिटी सेन्टरमा लागेको थियो । सो क्षेत्रको सेना प्रमुख भ्लोदोमिर आर्टियुखले सिटी सेन्टरमा दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जानकारी दिए ।

Advertisement

उनले भने, ‘त्यतिबेला धेरै मानिसहरू सडकमा हिँडिरहेका थिए,’ उनले भने, ‘दुस्मनले धेरै मानिसहरूलाई मार्ने लक्ष्यले नै मिसाइल प्रहार गरेको देखिन्छ ।’ पछिल्ला केही दिनमा रुस सुमी क्षेत्रमा हवाई र मिसाइल आक्रमण तीव्र पारेको छ । रुसले आफ्नो कुर्सक क्षेत्रमा प्रवेश धेरै युक्रेनी सेनाहरुलाई पनि पछि हट्न बाध्य बनाएको छ ।

यसका साथै युक्रेनको सुमीका केही स्थानमा कब्जा जमाउन पनि सफल भएको छ । घटनापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलोन्स्कीले कारुणिक भिडिओ सार्वजनिक गर्दै भनेका छन्, रूसले सुमी शहरमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी अत्यन्त भयावह हमला गरेको छ। रूसी मिसाइलहरू साधारण सहरका सडक, आवासीय भवनहरू, शैक्षिक संस्थानहरू र सडकमा हिँडिरहेका गाडीहरूलाई लक्षित गरी प्रहार गरियो । त्यो पनि जब मानिसहरू चर्च गइरहेका थिए, पाम सन्डे अर्थात् प्रभुको यरूशलेम प्रवेशको पर्वमा। प्रारम्भिक जानकारी अनुसार दर्जनौं सर्वसाधारण नागरिकहरू मारिएका र घाइते भएका छन्। यस्तो जघन्य कार्य केवल नीच र निर्दयीहरूले मात्र गर्न सक्छन् । साधारण मानिसहरूको ज्यान लिने यो कुकर्मको कुनै मानवता छैन। मृतकका परिवार तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।

Advertisement

हाल उद्धार कार्य जारी छ र सबै आवश्यक सेवा निकायहरू घटनास्थलमा खटिएका छन्। दुनियाँले अब कडा प्रतिक्रिया जनाउनुपर्छ। संयुक्त राज्य अमेरिका, युरोप, र संसारका ती सबै देशहरूले जसले यो युद्ध र निर्दोष हत्या अन्त्य चाहन्छन् ।

उनीहरूले अब चुप बस्न मिल्दैन। रूसले यस्तै आतंक चाहन्छ र यो युद्धलाई लम्ब्याउँदैछ। आक्रान्तामाथि दबाबबिना शान्ति सम्भव छैन। संवादले कहिल्यै पनि ब्यालिस्टिक मिसाइल र हवाई बमबारी रोक्दैन।

अब रूसप्रति त्यही व्यवहार गर्न जरुरी छ, जुन व्यवहार एउटा आतंककारीले पाउँछ। जो–जो युक्रेनसँग उभिएका छन् र हामीलाई जीवनको रक्षा गर्न सघाइरहेका छन्, तिनीहरू सबैप्रति धन्यवाद। लगत्तै जेलोन्स्कीले आक्रमणमा २ बालबालिकासहित ३१ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

घटनामा १० बालबालिकासहित ८० जना घाइते भएका छन् । रुस र यूक्रेनबीचको युद्ध तीन वर्षभन्दा बढी समयदेखि जारी छ । यो युद्ध अन्त्यका लागि प्रयास भइरहेपनि सफलता प्राप्त भएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि युद्ध अन्त्यका लागि प्रयासमै छन् ।

यसै सिलसिलमा भ्लादिमीर पुटिन र भोलोदिमिर जेलेन्स्कीका साथ उनको वार्ता पनि जारी छ । यसबीच, डोनाल्ड ट्रम्पका किभ हेर्ने दूतले सुझाव दिएका छन् कि यूक्रेनलाई दोस्रो विश्वयुद्ध पछि बर्लिन जस्तै विभाजित गर्न सकिने छ, किनभने रुसले युद्धविराममा सहमति जनाउनमा ढिलाई गरिरहेको छ ।

जनरल कीथ केलगले सुझाव दिए कि, युक्रेनलाई नियंत्रण क्षेत्रहरुमा विभाजित गर्न सकिन्छ, जसमा ब्रिटिश र फ्रान्सेली सैनिक पश्चिममा “आश्वासन बल” का रूपमा र मस्कोको सेना पूर्वमा हुने छ ।

उनले दाबी गरे कि यी सेनाहरुका बीच यूक्रेनको सेना र एक निरस्त्रीकृत क्षेत्र हुनेछ, तर अमेरिकाले कुनै ग्राउंड फोर्स राख्ने छैन । जनरलले टाइम्स अखबारलाई भनेका छन्, “तपाइँले यसलाई लगभग त्यस्तै नै बनाउन सक्नुहुनेछ जस्तो दोस्रो विश्वयुद्ध पछि बर्लिनका साथ भएको थियो, जब तपाइँसंग एक रूसी क्षेत्र, एक फ्रांसेली क्षेत्र र एक ब्रिटिश क्षेत्र थियो” ।

यो बयानलाई लिएर किभका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अर्कातर्फ, डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टीव विटकफ र रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका बीचमा वार्ता हुनअघि भने पुटिनलाई नै चेतावनी दिएका थिए ।

उनले ट्रुथ सोशल प्लेटफर्ममा भने, “रूसले अगाडि बढ्नु पर्छ । निकै धेरै मान्छे मरिरहेका छन्, हरेक साता हजारौं, एक भयानक र निरर्थक युद्धमा । एक युद्ध जुन कहिले पनि हुनु हुदैन थियो र हुँदैन पनि थियो होला यदी म राष्ट्रपति भएको भए” ।

यता पुटिनले पनि क्रेमलिनमा भएको बैठकपछि छलफल सार्थक भएको बताएका छन् । उनको स्टिभ विटकफसंग शुक्रबार सेन्ट पिटर्सबर्गमा चार घण्टाभन्दा बढी छलफल भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top