×

NEPAL TIMES UPDATES

Playing
उद्योगीलाई थु न्नु भन्दा पहिला सुन्ने हो कि ? || Nepal Times
May 17, 2026
Playing
दिपक भट्टको हिरासत लम्बिदा, सम्पत्ति शुद्धीकरणको दफा १६ को चर्चा || Nepal Times
May 17, 2026
Playing
Top 15 Afternoon News || May-17-2026 || Nepal Times
May 17, 2026
Playing
के फेरि मन्त्री बन्दैछन् महावीर पुन ? || Nepal Times
May 17, 2026
Playing
भारतले सिन्धु जल सम्झौता तोड्न नपाउने, Pakistanको पक्षमा फैसला || Nepal Times
May 17, 2026
Playing
इरान यु द्धः यूएईका राष्ट्रपतिलाई पुटिनको फोन, पाकिस्तानी मन्त्री तेहरानमा || Nepal Times
May 17, 2026
Playing
यो वर्ष मनसुनमै खडेरीको आशंका || Nepal Times
May 17, 2026
Playing
३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिंग अपरेसन || Nepal Times
May 17, 2026
Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026

अमेरिका र इरानबीचको वार्ता सकारात्मकः के कुरा भयो ?

३० चैत्र २०८१

३१ चैत , विराटनगर ।

अमेरिका र इरानबीच दन्किरहेको तनावलाई कुल डाउन गर्न ओमानले महत्वपूर्ण भूमिका खेलेको छ । उ फेरि एक पटक साइलेन्ट व्रिज अर्थात साइलेन्ट डिप्लोमेसीको विटनेस बनेको छ । ओमानको मध्यस्थतामा शनिबार इरान र अमेरिकाबीच आणविक कार्यक्रमका विषयमा अप्रत्यक्ष वार्ता भएको छ ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई देशका प्रतिनिधिमण्डलबीच ओमानको राजधानी मस्कटमा अप्रत्यक्ष वार्ता भएको हो । इरानको आणविक कार्यक्रमका सम्बन्धमा २०१८ पछि दुई देशबीच भएको यो उच्चस्तरीय बैठक हो ।

दुवै देशले यो पहिलो चरणको बैठकलाई ’रचनात्मक’ र सकारात्मक भनेका छन् । दोस्रो चरणको छलफल अर्को हप्ता गर्ने बताएका छन् । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले गरेका थिए भने इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानका विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए ।

बैठक छुट्टाछुट्टै कोठामा आयोजना गरिएको थियो, जसमा ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल–बुसैदी मार्फत दुवै देशका प्रतिनिधिलाई सन्देश पठाइएको थियो । अढाई घण्टासम्म बैठक चल्यो । यद्यपि बुसैदीको उपस्थितिमा अराघची र विटकफले केही मिनेट कुराकानी गरे ।

वार्तापछि अब्बास अराघचीले इरानी सरकारी टीभीसँग भनेका छन्, ‘मेरो विचारमा पहिलो बैठकका रूपमा यो रचनात्मक बैठक थियो, जुन धेरै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा सम्पन्न भयो । किनभने कुनै अनुपयुक्त भाषा प्रयोग गरिएको थिएन।’

ह्वाइट हाउसले पनि विज्ञप्ति जारी गरी वार्ता ’धेरै सकारात्मक र रचनात्मक’ रहेको जनाएको छ । इरान र अमेरिकाबीच ७ वर्षपछि न्यूक्लियर प्रोग्रामलाई लिएर छलफल भएको हो। यसलाई अमेरिकाले प्रत्यक्ष कुराकानीको सही बाटो पनि भनेको छ ।

यो भलै पूर्ण प्रत्यक्ष वार्ता थिएन तर यसलाई एउटा सानो र महत्वपूर्ण कदम मानिएको छ । यो वार्ता जुराउनका लागि अमेरिकाले ओमानी सरकारलाई धन्यवाद पनि व्यक्त गरेको छ । ट्रम्पका विशेष दूत विटकफले डा.अराघचीलाई धन्यवाद दिए ।

यसक्रममा जसरी ईरानी मुख्य वार्ताकार अब्बास अराघचीले प्रेस कन्फ्रेंसमा वार्ता रचनात्मक रहेको र अमेरिकी अधिकारीहरुले जथाभावी नबोल्दै सम्मानपूर्वक वार्ता गरेको भनेका बाट के बुझ्न सकिन्छ भने पछिल्लो पटक अमेरिकाले वार्ता भंग भए बम हान्ने धम्की दिन रोकेको छ ।

यसअघि अमेरिकाले वार्ता सार्थक नभए बम हान्ने धम्की दिइरहेको थियो । जसलाई इरानले रुचाएको थिएन र धम्कीले नडराउने जवाफ दिएको थियो । तर हिजोको वार्तामा अमेरिकी अधिकारीहरुले यी कुराहरु नगरेको अराघचीको बयानबाट संकेत मिलेको छ ।

यसअघि २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रंपले नै अमेरिकालाई ईरान र विश्व शक्तिहरुका बीच २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिर निकालेका थिए । त्यसयता ट्रंपले सधैं भन्ने गरेका थिए कि उनले एक “राम्रो सम्झौता” गर्नेछन् ।

पछिल्लो वार्तालाई सोही दिशामा पहिलो पाइला मानिएको छ । यो २०१५ पछि दुवै देशका बीच सबैभन्दा महत्वपूर्ण कुराकानी हो । अब सायद दोस्रो चरणको वार्ता ओमानमा हुने छैन । अराघचीले भनेका छन् कि आगामी साता हुने वार्ता शायद ओमानमा नहुन पनि सक्छ ।

तर ओमानले नै त्यसको मध्यस्थता भने गर्नेछ । व्हाइट हाउसले पनि पुष्टि गरेको छ कि यो बैठक आउँदो शनिवार हुने छ । यसबीच अराघचीले भनेका छन् ‘न त हामी न अर्को पक्ष अर्थात अमेरिका बेकारको वार्ता, समयको बर्बादी वा लामो समयसम्म चलिरहने वार्ता चाहादै

उनले आफ्नो देशले एक “निष्पक्ष सम्झौता” चाहेको पनि बताउँदै आएका छन् । खासमा यो वार्ताको कारण ईरानको न्यूक्लियर प्रोग्राम हो । ईरानले लामो समयदेखि आफ्नो न्यूक्लियर प्रोग्राम विकसित गरिरहेको छ ।

आफ्नो परमाणु कार्यक्रमका कारण ईरान वैश्विक स्तरमा कयौं प्रकारका प्रतिबंधहरुको सामना गरिरहेको पनि छ । सन २०१५ मा ईरान र ६ शक्ति राष्ट्रबीच, जसमा अमेरिका पनि सामेल थियो, यीनीहरुका एक सम्झौता भएको थियो, जसलाई ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्शन (जेसीपीओए) भनिएको थियो ।

२०१५ को सम्झौताका अनुसार, ईरान आफ्नो परमाणु कार्यक्रमलाई सीमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षणका लागि राजी भएको थियो । यसको बदलामा ईरानमाथि लागेका आर्थिक प्रतिबंधहरु अन्त्य गरिने सहमति भएको थियो ।

तर डोनाल्ड ट्रंपले नै आफ्नो पहिलो कार्यकालका क्रममा सन २०१८ मा ईरानका साथ भएको यो परमाणु सम्झौताबाट अमेरिकालाई निकाले र ईरानमाथि अमेरिकी प्रतिबंधहरु फेरि लगाए ।

उनको भनाई थियो कि २०१५ को सम्झौता ईरानको पक्षमा धेरै थियो र उनी अधिक बलियो सम्झौता गर्न चाहान्छन् । यद्यपि यसपछि ईरान र अमेरिका बीच वार्तामा खासै प्रगती भएन । अब आफ्नो दोस्रो कार्यकालमा ट्रंपले ईरानका साथ नयाँ सम्झौता गर्न दबाव बढाएका हुन् ।

गत ७ अप्रिलमा व्हाइट हाउसमा ट्रंपले ईरानका साथ ’प्रत्यक्ष वार्ता’ को घोषणा गरेका थिए । जतिबेला ट्रम्पका साथमा इजराइलका प्रधानमंत्री बेन्जामिन नेतन्याहू पनि संगै थिए । अमेरिकी राष्ट्रपतिले गत सोमवार ओभल अफिसमा पत्रकारहरुसंग कुरा गर्दै भनेका थिए कि ओमानमा हुन लागेको बैठक ’निकै अहम’ छ ।

त्यतिबेला उनले चेतावनी पनि दिएका थिए कि यदी वार्ता सफल हुन सकेन भने त यो ’ईरानका लागि निकै नराम्रो हुनेछ । यसअघि ट्रंपले ईरानमा बमबारीको धम्की दिएका थिए ।
खासमा अमेरिका र इजराइल दुवै चाहादैनन् कि ईरानसंग परमाणु हतियार होस् ।

जस्तो कि व्हाइट हाउसमा प्रेस कन्फ्रेंसकै क्रममा पनि इजराइलका प्रधानमंत्रीले भनेका थिए, चाहे जेसुकै होस हामीले यो सुनिश्चित गर्नु आवस्यक छ कि ईरानसंग परमाणु हतियार नहुन् । यसमा अमेरिकी राष्ट्रपतिले पनि सहमति जनाए ।

पत्रकारले ट्रम्पलाई सोधेका थिए के यो समझौता २०१५ को सम्झौता कै समान हुनेछ ? यसमा ट्रम्पले भने यो फरक हुन्छ र शायद निकै बलियो हुन्छ“ । यता शनिबार वार्तामा बस्नुअघि ईरानका विदेश मंत्री अब्बास अराघचीले पनि भनेका थिए कि ईरान आफ्नो परमाणु कार्यक्रमलाई लिएर अमेरिकासंग वार्ता गर्न तयार छ तर यसका लागि उनले केही शर्तहरु पनि उल्लेख गरेका थिए ।

मंगलवार, ८ अप्रिलमा वाशिंगटन पोस्टमा छापिएको आफ्नो एक लेखमा ईरानी विदेशमंत्री अब्बास अराघचीले भनेका छन् कि ईरान आफ्नो परमाणु कार्यक्रममा ’सम्झौता पक्का गर्नका लागि गंभीरता पूर्वक वार्ता गर्नका लागि तैयार छ’।

अराघचीले लेखेका थिए “हामी शनिवार ओमानमा अप्रत्यक्ष वार्ताका लागि भेट्ने छौं, यो एक अवसर हुनाको साथसार्थ एक परीक्षा पनि हो“ । उनले लेखेका छन्, “आज अगाडि बढ्नका लागि, हामीले सबैभन्दा पहिला यो कुरामा सहमत हुनुपर्छ कि कुनै ’सैन्य विकल्प’ हुन सक्दैन । ’सैन्य समाधान’को त कुरा छाडौं“ उनले लेखेका थिए ।

सो लेखका इरानी मन्त्रीले कुनै पनि प्रकारको दबाव नसहने पनि प्रष्ट पारेका छन् । अराघचीले भनेका छन् कि यो कुराको कुनै प्रमाण छैन कि ईरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धताको उल्लंघन गरेको छ ।

तर उनले यो पनि स्वीकार गरे कि ’ईरानको परमाणु कार्यक्रमका बारेमा सम्भावित चिन्ताहरु हुनसक्छन् । उनले लेखेका छन्, “हामी आफ्नो शांतिपूर्ण उद्येश्यलाई स्पष्ट गर्न र कुनै पनि संभावित चिंतालाई हटाउनका लागि आवस्यक उपाय गर्नका लागि तयार छौं ।

“अब बल अमेरिकाको कोर्टमा छ“ उनले लेखेका छन् । यसअघि अराघचीसहित इरानी नेताहरुले आफूलाई परमाणु हतियार विकास गर्न बाध्य नपारियोस् भन्दै चेतावनी पनि दिदै आएका थिए । शनिबार भएको बार्तामा भने दुवै पक्षबाट यस्ता धम्की नआएकाले वार्ता सकारात्मक भएको हो ।

अब दोस्रो चरणको वार्ताले कस्तो परिणाम ल्याउँछ त्यसपछि मात्रै इरानको परमाणु कार्यक्रम के हुने, यसमा कस्तो सम्झौता हुन्छ, र अमेरिका र इरानबीचको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने थाहा हुनेछ । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

Advertisement
Advertisement

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top