NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

अमेरिका र इरानबीचको वार्ता सकारात्मकः के कुरा भयो ?

आइतवार चैत्र ३१ , २०८१
Reading Time: 1 min read
A A
अमेरिका र इरानबीचको वार्ता सकारात्मकः के कुरा भयो ?

Flag of Iran together with flag of the United States of America

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ चैत , विराटनगर ।

अमेरिका र इरानबीच दन्किरहेको तनावलाई कुल डाउन गर्न ओमानले महत्वपूर्ण भूमिका खेलेको छ । उ फेरि एक पटक साइलेन्ट व्रिज अर्थात साइलेन्ट डिप्लोमेसीको विटनेस बनेको छ । ओमानको मध्यस्थतामा शनिबार इरान र अमेरिकाबीच आणविक कार्यक्रमका विषयमा अप्रत्यक्ष वार्ता भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई देशका प्रतिनिधिमण्डलबीच ओमानको राजधानी मस्कटमा अप्रत्यक्ष वार्ता भएको हो । इरानको आणविक कार्यक्रमका सम्बन्धमा २०१८ पछि दुई देशबीच भएको यो उच्चस्तरीय बैठक हो ।

LS Auto

दुवै देशले यो पहिलो चरणको बैठकलाई ’रचनात्मक’ र सकारात्मक भनेका छन् । दोस्रो चरणको छलफल अर्को हप्ता गर्ने बताएका छन् । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले गरेका थिए भने इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानका विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए ।

बैठक छुट्टाछुट्टै कोठामा आयोजना गरिएको थियो, जसमा ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल–बुसैदी मार्फत दुवै देशका प्रतिनिधिलाई सन्देश पठाइएको थियो । अढाई घण्टासम्म बैठक चल्यो । यद्यपि बुसैदीको उपस्थितिमा अराघची र विटकफले केही मिनेट कुराकानी गरे ।

वार्तापछि अब्बास अराघचीले इरानी सरकारी टीभीसँग भनेका छन्, ‘मेरो विचारमा पहिलो बैठकका रूपमा यो रचनात्मक बैठक थियो, जुन धेरै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा सम्पन्न भयो । किनभने कुनै अनुपयुक्त भाषा प्रयोग गरिएको थिएन।’

ह्वाइट हाउसले पनि विज्ञप्ति जारी गरी वार्ता ’धेरै सकारात्मक र रचनात्मक’ रहेको जनाएको छ । इरान र अमेरिकाबीच ७ वर्षपछि न्यूक्लियर प्रोग्रामलाई लिएर छलफल भएको हो। यसलाई अमेरिकाले प्रत्यक्ष कुराकानीको सही बाटो पनि भनेको छ ।

यो भलै पूर्ण प्रत्यक्ष वार्ता थिएन तर यसलाई एउटा सानो र महत्वपूर्ण कदम मानिएको छ । यो वार्ता जुराउनका लागि अमेरिकाले ओमानी सरकारलाई धन्यवाद पनि व्यक्त गरेको छ । ट्रम्पका विशेष दूत विटकफले डा.अराघचीलाई धन्यवाद दिए ।

यसक्रममा जसरी ईरानी मुख्य वार्ताकार अब्बास अराघचीले प्रेस कन्फ्रेंसमा वार्ता रचनात्मक रहेको र अमेरिकी अधिकारीहरुले जथाभावी नबोल्दै सम्मानपूर्वक वार्ता गरेको भनेका बाट के बुझ्न सकिन्छ भने पछिल्लो पटक अमेरिकाले वार्ता भंग भए बम हान्ने धम्की दिन रोकेको छ ।

यसअघि अमेरिकाले वार्ता सार्थक नभए बम हान्ने धम्की दिइरहेको थियो । जसलाई इरानले रुचाएको थिएन र धम्कीले नडराउने जवाफ दिएको थियो । तर हिजोको वार्तामा अमेरिकी अधिकारीहरुले यी कुराहरु नगरेको अराघचीको बयानबाट संकेत मिलेको छ ।

यसअघि २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रंपले नै अमेरिकालाई ईरान र विश्व शक्तिहरुका बीच २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिर निकालेका थिए । त्यसयता ट्रंपले सधैं भन्ने गरेका थिए कि उनले एक “राम्रो सम्झौता” गर्नेछन् ।

पछिल्लो वार्तालाई सोही दिशामा पहिलो पाइला मानिएको छ । यो २०१५ पछि दुवै देशका बीच सबैभन्दा महत्वपूर्ण कुराकानी हो । अब सायद दोस्रो चरणको वार्ता ओमानमा हुने छैन । अराघचीले भनेका छन् कि आगामी साता हुने वार्ता शायद ओमानमा नहुन पनि सक्छ ।

तर ओमानले नै त्यसको मध्यस्थता भने गर्नेछ । व्हाइट हाउसले पनि पुष्टि गरेको छ कि यो बैठक आउँदो शनिवार हुने छ । यसबीच अराघचीले भनेका छन् ‘न त हामी न अर्को पक्ष अर्थात अमेरिका बेकारको वार्ता, समयको बर्बादी वा लामो समयसम्म चलिरहने वार्ता चाहादै

उनले आफ्नो देशले एक “निष्पक्ष सम्झौता” चाहेको पनि बताउँदै आएका छन् । खासमा यो वार्ताको कारण ईरानको न्यूक्लियर प्रोग्राम हो । ईरानले लामो समयदेखि आफ्नो न्यूक्लियर प्रोग्राम विकसित गरिरहेको छ ।

आफ्नो परमाणु कार्यक्रमका कारण ईरान वैश्विक स्तरमा कयौं प्रकारका प्रतिबंधहरुको सामना गरिरहेको पनि छ । सन २०१५ मा ईरान र ६ शक्ति राष्ट्रबीच, जसमा अमेरिका पनि सामेल थियो, यीनीहरुका एक सम्झौता भएको थियो, जसलाई ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्शन (जेसीपीओए) भनिएको थियो ।

२०१५ को सम्झौताका अनुसार, ईरान आफ्नो परमाणु कार्यक्रमलाई सीमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षणका लागि राजी भएको थियो । यसको बदलामा ईरानमाथि लागेका आर्थिक प्रतिबंधहरु अन्त्य गरिने सहमति भएको थियो ।

तर डोनाल्ड ट्रंपले नै आफ्नो पहिलो कार्यकालका क्रममा सन २०१८ मा ईरानका साथ भएको यो परमाणु सम्झौताबाट अमेरिकालाई निकाले र ईरानमाथि अमेरिकी प्रतिबंधहरु फेरि लगाए ।

उनको भनाई थियो कि २०१५ को सम्झौता ईरानको पक्षमा धेरै थियो र उनी अधिक बलियो सम्झौता गर्न चाहान्छन् । यद्यपि यसपछि ईरान र अमेरिका बीच वार्तामा खासै प्रगती भएन । अब आफ्नो दोस्रो कार्यकालमा ट्रंपले ईरानका साथ नयाँ सम्झौता गर्न दबाव बढाएका हुन् ।

गत ७ अप्रिलमा व्हाइट हाउसमा ट्रंपले ईरानका साथ ’प्रत्यक्ष वार्ता’ को घोषणा गरेका थिए । जतिबेला ट्रम्पका साथमा इजराइलका प्रधानमंत्री बेन्जामिन नेतन्याहू पनि संगै थिए । अमेरिकी राष्ट्रपतिले गत सोमवार ओभल अफिसमा पत्रकारहरुसंग कुरा गर्दै भनेका थिए कि ओमानमा हुन लागेको बैठक ’निकै अहम’ छ ।

त्यतिबेला उनले चेतावनी पनि दिएका थिए कि यदी वार्ता सफल हुन सकेन भने त यो ’ईरानका लागि निकै नराम्रो हुनेछ । यसअघि ट्रंपले ईरानमा बमबारीको धम्की दिएका थिए ।
खासमा अमेरिका र इजराइल दुवै चाहादैनन् कि ईरानसंग परमाणु हतियार होस् ।

जस्तो कि व्हाइट हाउसमा प्रेस कन्फ्रेंसकै क्रममा पनि इजराइलका प्रधानमंत्रीले भनेका थिए, चाहे जेसुकै होस हामीले यो सुनिश्चित गर्नु आवस्यक छ कि ईरानसंग परमाणु हतियार नहुन् । यसमा अमेरिकी राष्ट्रपतिले पनि सहमति जनाए ।

पत्रकारले ट्रम्पलाई सोधेका थिए के यो समझौता २०१५ को सम्झौता कै समान हुनेछ ? यसमा ट्रम्पले भने यो फरक हुन्छ र शायद निकै बलियो हुन्छ“ । यता शनिबार वार्तामा बस्नुअघि ईरानका विदेश मंत्री अब्बास अराघचीले पनि भनेका थिए कि ईरान आफ्नो परमाणु कार्यक्रमलाई लिएर अमेरिकासंग वार्ता गर्न तयार छ तर यसका लागि उनले केही शर्तहरु पनि उल्लेख गरेका थिए ।

मंगलवार, ८ अप्रिलमा वाशिंगटन पोस्टमा छापिएको आफ्नो एक लेखमा ईरानी विदेशमंत्री अब्बास अराघचीले भनेका छन् कि ईरान आफ्नो परमाणु कार्यक्रममा ’सम्झौता पक्का गर्नका लागि गंभीरता पूर्वक वार्ता गर्नका लागि तैयार छ’।

अराघचीले लेखेका थिए “हामी शनिवार ओमानमा अप्रत्यक्ष वार्ताका लागि भेट्ने छौं, यो एक अवसर हुनाको साथसार्थ एक परीक्षा पनि हो“ । उनले लेखेका छन्, “आज अगाडि बढ्नका लागि, हामीले सबैभन्दा पहिला यो कुरामा सहमत हुनुपर्छ कि कुनै ’सैन्य विकल्प’ हुन सक्दैन । ’सैन्य समाधान’को त कुरा छाडौं“ उनले लेखेका थिए ।

सो लेखका इरानी मन्त्रीले कुनै पनि प्रकारको दबाव नसहने पनि प्रष्ट पारेका छन् । अराघचीले भनेका छन् कि यो कुराको कुनै प्रमाण छैन कि ईरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धताको उल्लंघन गरेको छ ।

तर उनले यो पनि स्वीकार गरे कि ’ईरानको परमाणु कार्यक्रमका बारेमा सम्भावित चिन्ताहरु हुनसक्छन् । उनले लेखेका छन्, “हामी आफ्नो शांतिपूर्ण उद्येश्यलाई स्पष्ट गर्न र कुनै पनि संभावित चिंतालाई हटाउनका लागि आवस्यक उपाय गर्नका लागि तयार छौं ।

“अब बल अमेरिकाको कोर्टमा छ“ उनले लेखेका छन् । यसअघि अराघचीसहित इरानी नेताहरुले आफूलाई परमाणु हतियार विकास गर्न बाध्य नपारियोस् भन्दै चेतावनी पनि दिदै आएका थिए । शनिबार भएको बार्तामा भने दुवै पक्षबाट यस्ता धम्की नआएकाले वार्ता सकारात्मक भएको हो ।

अब दोस्रो चरणको वार्ताले कस्तो परिणाम ल्याउँछ त्यसपछि मात्रै इरानको परमाणु कार्यक्रम के हुने, यसमा कस्तो सम्झौता हुन्छ, र अमेरिका र इरानबीचको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने थाहा हुनेछ । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#अमेरिका र इरानबीचको वार्ता

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

थप समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने
समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान
समाचार

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.