१ अर्ब २८ करोडमा चोभार सुख्खा बन्दरगाह धमाधम, चीन र भारतका कन्टेनर सिधैं काठमाडौं

१५ असोज ७५, मंगलबार

काठमाडौं,असोज १६
काठमाडौंको चोभारमा धमाधम खुख्खा बन्दरगाहको निर्माण भैरहेको छ । विश्व बैंकको १ अर्ब २८ करोड सहयोगमा बन्दरगाहको निर्माण आरम्भ भएको हो । साउन १७ गतेदेखि चिनियाँ कम्पनी साक्षी र नेपाली कम्पनी आशिषले मिलेर सो बन्दरगाहको काम सुरु गरेका हुन् । उनीहरुलाई १८ महिनाभित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने समय दिईएको छ ।

इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर हरेकृष्ण मिश्रका अनुसार आगामी १८ महिनापछि कोलकत्ता, बिशाखापट्नम र फुलबारी तथा चीनको केरुङबाट समान लिएर आउने सवारी साधनहरु सिधै काठमाडौं आउनेछन् । ती सवारी साधनहरुको भन्सार चेकजाँच लगायतका सबै काम चोभारमा हुनेछ । सम्बन्धीत नाकामा रहेका भन्सार कार्यालयहरुले एउटा लकिङ गरेर ती सवारी साधनहरुलाई काठमाडौं पठाउनेछन् । चोभारमै ती सवारी साधानहरुको चेकजाँच तथा भन्सार छुटाउने लगायतका काम गर्न सकिनेछ ।

चोभारको सुख्खा बन्दरगाहमा एकै पटक ४६४ वटा कन्टेनर अटाउनेछन् । दुई खण्डमा विभाजन गरेर निर्माण भैरहेको बन्दरगाहको पहिलो खण्डम बन्दरगाहका संरचना निर्माण र दोश्रो खण्डका रुपमा भन्सार, क्वार्टरहरुको निर्माण हुनेछ । करिब २ सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाहको निर्माण हुनेछ ।

Advertisement

भन्सार नाकामा आएर चेकजाँच तथा भन्सार छुटाउने झण्झटबाट ढुवानी कर्ता तथा आयात कर्ताहरुले मुक्ति पाउनेछन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

सम्बन्धित समाचार

Scroll to Top