४ वैशाख , काठमाण्डौ ।
आज सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो ।
सोही प्रभाव नेपाली बजारमा परिरहेको छ । केही दिनयता निरन्तरजसो उकालो लागिरहेको सुनको मूल्य आज नयाँ उचाईमा पुगेको हो । त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ ।
अघिल्लो दिन तोलामा १९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले बढेर बिहीबार १९६० रुपैयाँ तोकिएको छ । सुनको मूल्यमा उछाल आइरहँदा यता डलरको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७९ रुपैयाँ र बिक्रीदर १३७.७९ रुपैयाँ कायम छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम थियो । आज एक यूरोको खरिददर १५५.५१ रुपैयाँ र बिक्रीदर १५६.१९ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक पाउण्डको खरिददर १८१.५६ रुपैयाँ र बिक्रीदर १८२.३६ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.२० रुपैयाँ र बिक्रीदर ८७.५८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, एक युएई दिरामको खरिददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ, यस्तै एक मलेसियन रिंगेटको खरिददर ३१.०१ रुपैयाँ र बिक्रीदर ३१.१५ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३७.५३ रुपैयाँ र बिक्रीदर ३७.६९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती दिनारको खरिददर ४४६.२४ रुपैयाँ र बिक्रीदर ४४८.२० रुपैयाँ कायम भएको छ ।