×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

सुनको मूल्य अहिलेसम्मकै महँगो, आज ३६ सयले बढ्दा कति पुग्यो ?

४ बैशाख २०८२

४ वैशाख , काठमाण्डौ ।

आज सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबीच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो ।

सोही प्रभाव नेपाली बजारमा परिरहेको छ । केही दिनयता निरन्तरजसो उकालो लागिरहेको सुनको मूल्य आज नयाँ उचाईमा पुगेको हो । त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ ।

अघिल्लो दिन तोलामा १९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले बढेर बिहीबार १९६० रुपैयाँ तोकिएको छ । सुनको मूल्यमा उछाल आइरहँदा यता डलरको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७९ रुपैयाँ र बिक्रीदर १३७.७९ रुपैयाँ कायम छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम थियो । आज एक यूरोको खरिददर १५५.५१ रुपैयाँ र बिक्रीदर १५६.१९ रुपैयाँ कायम भएको छ ।

यस्तै आज एक पाउण्डको खरिददर १८१.५६ रुपैयाँ र बिक्रीदर १८२.३६ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.२० रुपैयाँ र बिक्रीदर ८७.५८ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, एक युएई दिरामको खरिददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ, यस्तै एक मलेसियन रिंगेटको खरिददर ३१.०१ रुपैयाँ र बिक्रीदर ३१.१५ रुपैयाँ रहेको छ ।

एक कतारी रियालको खरिददर ३७.५३ रुपैयाँ र बिक्रीदर ३७.६९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती दिनारको खरिददर ४४६.२४ रुपैयाँ र बिक्रीदर ४४८.२० रुपैयाँ कायम भएको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top