पाँचथर, आश्विन १६
जबरजस्ती करणी गरेको आरोपमा पाँचथरबाट प्रहरीले मंगलबार १ युवकलाई पक्राउ गरेको छ ।
गत असोज १३ गते पाँचथर फिदिम नगरपालिका–१२ बस्ने २६ बर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थान बस्ने बर्ष १९ को सुमन केरुङलाई गत आईतबार पक्राउ गरेको हो ।
केरुङले रातको समयमा युवतीको घरमा गई मोबाईलमा भएको फोटो देखाउने बहाना बनाई जबरजस्ती करणी गरेर फरार भएका थिए ।
युवतीले दिएको उजुरीको आधारमा केरुङलाई खोजतलास गर्दा गाउँघरमै लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको पहरीले जनाएको छ ।
पक्राउ परेका केरुङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखी थप अनुसन्धान भईरहेको छ ।