शेयर बजारमा सामान्य सुधार

१६ असोज ७५, बुधबार

काठमाडौँ, असोज १६
धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१ दशमलव ३६ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६५ बिन्दुले बढेर २६३ दशमलव ४५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १७१ कम्पनीको १५ लाख ९३ हजार ७०० कित्ता शेयर रु ४५ करोड १९ लाख ९३ हजार ४८५ मूल्यमा खरीद बिक्री भएको स्टकले जनाएको छ ।

कूल एघार उपसमूहमध्ये आज छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ एक दशमलव ६३, व्यापार एक दशमलव ६९, निर्जीवन बीमा १२ दशमलव १५, अन्य ७ दशमलव ७७, माइक्रोफाइनान्स तीन दशमलव शुन्य आठ र जीवन बीमा १४ दशमलव ६२ बिन्दुले बढेको छ ।

Advertisement

यस्तै होटल शुन्य दशमलव २९, विकास बैंक शुन्य दशमलव ४४, जलविद्युत् दुई दशमलव ९१, फाइनान्स एक दशमलव शुन्य एक र उत्पादन पाँच दशमलव ६८ बिन्दुले घटेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले क्रमशः नौ प्रतिशत र पाँच प्रतिशतका दरले कमाएका छन् भने भार्गव विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शेयरधनीले क्रमशः नौ र चार प्रतिशतका दरले गुमाएका छन् ।

Advertisement

यस्तै आज स्टकमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । जानकी फाइनान्स लिमिटेडको शेयर मूल्यमा समायोजन गरिएको छ । सो कम्पनीको २२ प्रतिशत बोनस शेयर समायोजन गरेपछि आधारभूत मूल्य रु २०७ तोकिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

सम्बन्धित समाचार

Scroll to Top