×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

प्रदेश १ को नाम र राजधानी शुक्रबारसम्म टुंगिने

१६ आश्विन २०७५

विराटनगर,असोज १६
प्रदेश नम्बर १ को नाम र राजधानीको विषय आउदो शुक्रबारसम्ममा निष्कर्षमा पुग्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आउँदो शुक्रवारसम्ममा नाम र राजधानीको विषयमा एउटा निश्कर्ष पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश संसदीय दलको दुई दिनदेखि चलिरहेको वैठकमा चर्चामा आएका प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको भन्दै उनले आउँदो शुक्रवारसम्ममा एउटा निश्कर्षमा पुग्ने बताएका हुन् ।

Advertisement
Advertisement

आन्तरिक मामिला मन्त्रालयमा मंगलबार सञ्चाकर्मीसंग कुराकानी गर्दै कार्कीले प्रदेश सभाको यही अधिवेशन बाटै प्रदेशको नाम र स्थायी राजधानीको टुङगो लाग्ने पनि बताए । नामको ट्ङगो लागे पछि विभिन्न राजनीतिक दलहरुसंगको छलफल पछि प्रदेश सभामा पेश गरी यही अधिवेशन भित्र प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गरिने उनको भनाई छ ।

मन्त्री कार्कीले संसदीय दलको बैठकमा मगलबारसम्म २० जना प्रदेश सभा सदस्यहरुले आफनो धारणा राखेको पनि जानकारी दिए । प्रदेश नं १ मा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का ६७ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेशसभामा नेकपाको दुईतिहाई मत रहेको छ ।

प्रदेशसभामा रहेको दुईतिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक प्रावधान छ । नेकपाको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको विषयमा गर्ने निर्णय नै अन्तिम हुनेछ ।

Advertisement
Advertisement

प्रदेशको अस्थायी राजधानी रहेको विराटनगर महानगरलाई नै स्थायी राजधानी बन्नेमा अधिकांश विराटनगरवासी र अधिकासं सांसदहरु ढुक्क जस्तै रहेको बेला राजधानी विकेन्द्रीत गर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्तावले प्रदेश १ अहिले नाम र राजधानीको विषयलाई लिएर निकै तातिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top