एनपीएलमा डीआरएस लागू हुने, भिडिओ खिच्न, ड्रोन उडान रोक

३ कात्तिक २०८३, मंगलबार
Share this
676shares

३ कार्तिक , काठमाण्डौ ।

Advertisement

लामो समयको प्रतीक्षापछि नेपाल क्रिकेटमा डिसिजन रिभ्यू सिस्टम ९डीआरएस० भित्रिएको छ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम ९डीआरएस० प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत आगामी प्रतियोगितामा निर्णय पुनरावलोकन प्रविधि समावेश गरिने जानकारी दिएको हो।

यो प्रविधिको प्रयोगले खेलका क्रममा अम्पायरबाट भएका निर्णयको पुनः परीक्षण गर्न सकिनेछ भने प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक, पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाली क्रिकेटको लोकप्रिय घरेलु प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको एनपीएलमा आधुनिक प्रविधिको प्रयोगलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Advertisement

क्रिकेटमा निर्णायक क्षणहरूमा अम्पायरको निर्णयले खेलको नतिजामै प्रभाव पार्न सक्ने भएकाले डीआरएसको प्रयोगले खेलाडी तथा टोलीलाई निर्णय पुनरावलोकन गर्ने अवसर प्रदान गर्नेछ। विशेषगरी एलबीडब्लु, रनआउट र स्टम्पिङजस्ता अवस्थामा प्रविधिको सहयोगबाट निर्णयको शुद्धता जाँच गर्न सकिनेछ।

क्यानले यसअघि नै एनपीएलमा डीआरएस भित्र्याउने तयारी गरिरहेको जनाएको थियो। संघका सचिव पारस खड्काले प्रतियोगितामा यो प्रविधि प्रयोग गर्ने विषयमा पहल भइरहेको जानकारी दिएका थिए। उनका अनुसार दुईवटा कम्पनीसँग सम्बन्धित प्रविधिको परीक्षणसमेत सम्पन्न भइसकेको थियो।

Advertisement

त्यसपछि प्रविधिको तथ्यपरकता तथा शुद्धता मूल्याङ्कन गरेर अन्तिम निर्णय लिने तयारी गरिएको थियो। क्यानको पछिल्लो घोषणासँगै एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने निश्चित भएको छ । डीआरएस अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोग हुँदै आएको निर्णय पुनरावलोकन प्रणाली हो।

मैदानमा रहेका अम्पायरले दिएको निर्णयप्रति असन्तुष्टि भएमा निर्धारित नियमअनुसार सम्बन्धित टोलीले त्यसलाई चुनौती दिन सक्छ। त्यसपछि उपलब्ध प्रविधि र प्रमाणको विश्लेषण गरेर निर्णय सही भए वा परिवर्तन गर्नुपर्ने हो भन्ने निष्कर्ष निकालिन्छ।

यस प्रणालीको उद्देश्य अम्पायरको भूमिका प्रतिस्थापन गर्नु नभई निर्णय प्रक्रियालाई थप सहयोग पु¥याउनु हो। एनपीएलमा एलबीडब्लु अर्थात् लेग बिफोर विकेटसम्बन्धी निर्णय पुनरावलोकन गर्न फूल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिने क्यानले जनाएको छ।

बल ट्र्याकिङ प्रणालीले बलले तय गरेको मार्गको विश्लेषण गरी त्यसको सम्भावित दिशा देखाउन मद्दत गर्छ। एलबीडब्लुको निर्णय गर्दा बलको दिशा, ब्याट्सम्यानको खुट्टामा लागेको स्थान र बलले विकेटमा प्रहार गर्ने सम्भावनाजस्ता पक्ष महत्त्वपूर्ण हुन्छन्।

यस्तो अवस्थामा बल ट्र्याकिङ प्रविधिबाट प्राप्त विवरणले निर्णयलाई थप वस्तुगत बनाउन सहयोग गर्न सक्छ।यसका अतिरिक्त रनआउट र स्टम्पिङसम्बन्धी निर्णयको पुनरावलोकन पनि उपलब्ध हुने जनाइएको छ। रनआउटको अवस्थामा ब्याट्सम्यानको ब्याट वा शरीरको कुनै भाग क्रिजभित्र पुगेको थियो वा थिएन भन्ने विषय निर्णायक हुन्छ।

त्यस्तै, स्टम्पिङमा विकेटकिपरले बेल्स झार्दासम्म ब्याट्सम्यान क्रिजबाहिर थिए वा थिएनन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यस्ता क्षणमा सामान्य आँखाले तत्काल स्पष्ट छुट्याउन कठिन हुन सक्ने भएकाले भिडियो तथा अन्य उपलब्ध प्रविधिको सहायताले निर्णयको समीक्षा गर्न सकिन्छ।

क्यानका अनुसार प्रतियोगितामा नो बलसम्बन्धी निर्णयको पुनरावलोकनको व्यवस्था पनि रहनेछ। बलरले बल फाल्ने क्रममा नियमअनुसारको सीमारेखा उल्लङ्घन गरे वा नगरेको विषय नो बल निर्धारणका लागि महत्त्वपूर्ण हुन्छ।

विशेषगरी निर्णायक ओभरहरूमा नो बलको निर्णयले खेलको दिशा परिवर्तन गर्न सक्ने भएकाले यसको सही पहिचान आवश्यक मानिन्छ।एनपीएलको तेस्रो संस्करणमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईमा आधारित ब्याट एज डिटेक्सन प्रविधिसमेत प्रयोग गरिने जानकारी दिइएको छ।

ब्याट एज डिटेक्सनले बल ब्याटमा छोएको थियो वा थिएन भन्ने विषय पहिचान गर्न सहयोग पु¥याउँछ। ब्याट र बलबीचको सम्पर्क निकै सूक्ष्म हुने भएकाले केही अवस्थामा मैदानमा रहेका अम्पायरका लागि तत्काल निर्णय गर्न चुनौती हुन सक्छ।

यस्तो प्रविधिको प्रयोगले क्याच, अपिल तथा अन्य विवादास्पद परिस्थितिमा निर्णयको समीक्षा गर्न थप आधार उपलब्ध गराउन सक्छ। योसँगै हाइटका आधारमा वाइड बलको मूल्याङ्कन, छक्काको दूरी तथा उचाइ मापन र बलिङसम्बन्धी अन्य विश्लेषणात्मक विवरण पनि उपलब्ध हुने क्यानले जनाएको छ।

यी विवरणले खेलको प्रसारणलाई थप जानकारीमूलक बनाउनुका साथै दर्शकलाई खेलको प्राविधिक पक्ष बुझ्न सहयोग गर्न सक्छन्। बलिङ एनालिटिक्सबाट बलरको प्रदर्शन, बलको गति तथा अन्य सम्बन्धित तथ्याङ्क विश्लेषण गर्न पनि सहज हुनेछ।

क्रिकेटमा प्रविधिको प्रयोग विस्तार हुँदै जाँदा खेलको निष्पक्षता र निर्णयको विश्वसनीयतामाथि विशेष ध्यान दिन थालिएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा डीआरएसको प्रयोगले विवादास्पद निर्णयको पुनरावलोकन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

यद्यपि यसको प्रभावकारिता उपलब्ध प्रविधिको गुणस्तर, सञ्चालनमा संलग्न प्राविधिक जनशक्ति र प्रतियोगिताका नियमको सही कार्यान्वयनमा निर्भर रहन्छ। एनपीएलमा डीआरएस लागू हुने भएपछि खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापनले पनि यस प्रणालीको प्रयोगसम्बन्धी नियम बुझ्नुपर्नेछ।

रिभ्यू माग्ने प्रक्रिया, उपलब्ध अवसर र निर्णय पुनरावलोकनका सीमाबारे स्पष्ट जानकारी हुनु आवश्यक हुनेछ। यसले खेलका क्रममा टोलीहरूले रणनीतिक रूपमा निर्णय लिनुपर्ने अवस्थासमेत सिर्जना गर्नेछ। नेपालमा क्रिकेटप्रतिको जनचासो बढिरहेका बेला एनपीएलमा आधुनिक प्रविधिको प्रयोगले प्रतियोगिताको व्यावसायिक स्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रविधिले खेलको निष्पक्षता बढाउनुका साथै दर्शकको अनुभव सुधार्न र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय अभ्याससँग नजिक ल्याउन पनि योगदान दिन सक्छ।क्यानको घोषणाअनुसार डीआरएससँगै बल ट्र्याकिङ, एज डिटेक्सन र विभिन्न खेल विश्लेषणात्मक सुविधाहरू उपलब्ध हुने भएपछि एनपीएलको तेस्रो संस्करण प्राविधिक दृष्टिले थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा डीआरएस प्रयोग हुने कुरा नेपाली क्रिकेटका लागि कोशेढुंगा सावित हुने बताएका छन् । नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।

मिति नजिकिएसँगै आयोजकले तयारी पनि तीब्र पारिरहेको छ । नेपाल क्रिकेट संघ९क्यान०को आयोजनामा यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको सुरुआत हुँदैछ । आयोजकहरुका अनुसार यस पटकको आयोजना विगतको भन्दा थप भव्य हुने अपेक्षा गरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको छ। नेपाल क्रिकेट सङ्घ ९क्यान० ले पत्रकारहरूलाई जानकारी गराउँदै भोलिदेखि कात्तिक ८ गतेसम्म मैदानमा भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण, ड्रोन उडान तथा अन्य प्रयोजनका लागि प्रवेश अनुमति नदिइने जनाएको हो।

मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले उक्त निर्णय गरिएको क्यानले स्पष्ट पारेको छ। निर्णयबाट पर्न जाने असुविधाप्रति सङ्घले क्षमासमेत मागेको छ। क्यानले आगामी आइतबार, कात्तिक ८ गते तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एसबीएल एनपीएल–३० को तयारीसम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

प्रतियोगिताका लागि कीर्तिपुर मैदानमा पिच स्तरोन्नति, प्याराफिट थप, भीआइपी बक्सका साथै मैदान वरीपरि मर्मत सम्भार र पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित बनाउन तयारी भएको क्यानका उपाध्यक्ष रोशनकुमार सिंहले बताए ।

एनपीएलका विगतका संस्करणमा देखिएको दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या यसपटक दोहोरिन नदिन आवश्यक तयारी भइरहेको छ । दुई संस्करण भव्यताका साथ सम्पन्न भएको एनपीएलको यो सिजनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आईसीसी ले पनि मान्यता दिएको छ र यो सँगै यो आयोजना थप चर्चामा आएको छ ।

आईसीसीले मान्यता दिएसँगै अब एनपीएलमा टेस्ट राष्ट्रका खेलाडी ल्याउने बाटो समेत खुलेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top