७ वैशाख , काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा सहभागि हुन् हिडेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
लिङ्देनसहित ३ तीनलाई प्रहरीले पक्राउ गरेको खबरका साथ हामी नेपाल टाइम्स अनलाइन समाचारमा उपस्थित भएका छौं । लिङ्देनसहितका ४ जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरुले प्रदर्शन थालेका थिए।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लोकतान्त्रिक अधिकार खुम्च्याउन खोजेको आरोप लगाएका छन् । प्रहरीले सिंहदरबारमै निगरानी गरेपछि निषेधित क्षेत्र नयाँ बानेश्वरमा प्रदर्शन गर्नुको कारणबारे उनले भनेका छन्, ‘बोल्न पाउने, लेख्न पाउने र प्रदर्शन गर्न पाउने अधिकार खुम्च्याउन खोजियो त्यसैले सरकारको नजिकै प्रतिकात्मक प्रदर्शन गरेका हौँ ।’
प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताएका छन्। दलको कार्यालयबाट निस्किँदै सरकारविरुद्ध विरोध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएर गाडीमा हालेको थियो ।
उनले भने, ‘निरंकूश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’ यस्तै प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।
राप्रपाले तीनकुनेमा भएको घटनाको न्यायिक छानबिन आयोग गठन र आफ्ना नेताहरूको रिहाइ गर्न माग गरेको छ । सिंहदरबाट बाहिरिँदै लिङ्देनले भनेका छन्, ‘हाम्रा निर्दोष नेताहरूलाई रिहाइ गर्न माग गरेका छौँ ।’
लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका छन् । उता राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा)का नेताहरूले निषेधित क्षेत्र तोड्न खोजेका छन् ।
राप्रपाका नेता विक्रम पाण्डेसहितले बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् । तर, प्रहरीले प्रारम्भिक चेतावनीस्वरूप निषेधित क्षेत्र नतोड्न माइकिङ गरेको थियो ।
राप्रपाका नेताहरूले निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन गरिरहेका छन् ।
त्यति ठूलो संख्यामा राप्रपाका कार्यकर्ताहरुको उपस्थित नदेखिएको प्रर्दशनमा उनीहरु वानेश्वरतर्फको निषेधित क्षेत्रमा प्रहरीले बनाएको घेरामा रहेर प्रर्दशन गरिरहेका छन् ।