×

NEPAL TIMES UPDATES

Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026

बैंकहरुको नाफाघाटाः कुनले कति कमाए, गुमाए ?

७ बैशाख २०८२

६ वैशाख ,काठमाण्डौ।

चैत मसान्तसम्म बैंकहरुको वित्तिय विवरण सार्वजनिक भएको छ । जसमा बैंकहरुको नाफा १.४० प्रतिशतले बढेर ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ पुुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

२० वटा वाणिज्य बैंकमा ९ वटाको नाफा घटेको छ भने ११ वटाको बढेको बैंकहरुले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणमा उल्लेख छ । यो अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ ।

बैंकले चैत मसान्तसम्म ५ अर्ब ५ करोड १४ लाख १९ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा ८.२१ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंक कर्जा बढेपनि खुद ब्याज आम्दानी भने घटेको छ । खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भएपनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आमदानी घटेको छ ।

तर, बैंकको निष्कृय बढेपनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफा बढेको छ । नबिललाई पछ्याउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दोस्रो स्थानमा रहेको छ ।

बैंकले चैत मसान्तसम्म ४ अर्ब ५४ करोड नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा ३८.६१ प्रतिशतले बढेको छ ।

नाफा धेरै आर्जन गर्नेमध्ये तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

३ अर्ब नाफा कमाउनेमा एभरेष्ट बैंक मात्रै रहेको छ । यो अवधिमा बैंकको नाफा ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको छ । प्रतिशतको आधारमा हेर्दा धेरै नाफा प्रतिशत नाफा बढाउनेमा नेपाल बैंक रहेको छ ।

गत आवको चैत मसान्तको तुलनामा यो अवधिमा बैंकको नाफ २०३२.८० प्रतिशतले नाफा बढेर २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १३ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

एनएमबि बैंकले चैत मसान्तसम्म ५.८८ प्रतिशतले नाफा बढाएर २ अर्ब ३७ करोड ३२ लाख ८९ हजार रुपैयाँ पुुगेको छ । प्रभु बैंकको नाफा ३.५१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड ६० लाख ६० हजार रुपैयाँ रहेको छ ।

सानिमा बैंकको नाफा १४.८० प्रतिशतले बढेर १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ पुुगेको छ । यस्तै चैत समान्तको अपरिस्कृत वित्तीय अवस्था अनुसार ९ वटा बैंकको नाफा घटेको छ ।

जसमा प्राइम बैंक, स्टयान्डर्ड चार्टर्ड, कृषि विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, हिमालय, कुमारी, र एनआईसी एशिया बैंकको नाफा घटेको छ । एनआईसी एसियाको नाफामा उच्च गिरावट देखिएको छ ।

बैंकले सार्वजनिक गरेको त्रेस्रो त्रैमासिक वित्तीय विवरणमा बैंकको नाफा ९१ प्रतिशतसम्मले घटेको देखिएको हो । चैत मसान्तसम्म बैंकको खुद नाफा १५ करोड रुपैयाँमा मात्रै छ। गत आवको चैत मसान्तसम्म बैंकको खुद नाफा १ अर्ब ९१ करोड थियो ।

चालू आवको तेस्रो त्रैमासिकमा आइपुग्दा नाफा १५ करोडमा सीमित भएको हो । यो भनेको करिब ९१ प्रतिशतले कम हो । बैंकको आम्दानीको स्रोतहरु घट्न थालेसँगै खुद नाफा घटेको हो । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८१ करोड रुपैयाँले घटेको छ ।

यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले कर्जा तथा नोक्सानी व्यवस्था गर्न ३५ अर्ब ७ करोड ३० लाख रुपैयाँ छुट्याएका छन् । यो रकम गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिको तुलनामा ४ अर्ब ८० करोड रुपैयाँले कम हो ।

वाणिज्य बैंकहरुले गत वर्ष ३९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ कर्जा नोक्सानीका लागि व्यवस्था गरेका थिए । चालू आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा नोक्सानीका लागि रकमको व्यवस्था गर्नेमा कुमारी बैंक रहेको छ ।

यो बैंकले चैतसम्ममा ५ अर्ब १६ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ । कुमारी बैंकले नोक्सानी व्यवस्थाको रकम गत वर्षको तुलनामा यो वर्ष १ अर्ब ६२ करोड रुपैयाँले बढेको छ ।

यो बैंकको नोक्सानी व्यवस्था गत वर्ष चैतसम्ममा ३ अर्ब ५४ करोड रुपैयाँ थियो । चालू आर्थिक वर्षको चैतसम्ममा दोस्रो धेरै नोक्सानी व्यवस्था गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यो बैंकले चैतसम्मममा ३ अर्ब १९ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि व्यवस्था गरेको छ ।

यस्तो रकम गत वर्षको चैतसम्ममा ४ अर्ब रुपैयाँ थियो । लक्ष्मीसनराइज बैंकको कुल कर्जा प्रवाह चैतसम्ममा २ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ । नोक्सानी व्यवस्थाका लागि सबैभन्दा कम रकम छुट्याउनेमा एभरेष्ट बैंक रहेको छ ।

यसले अरु वाणिज्य बैंकको तुलनामा २७ करोड रुपैयाँ मात्रै यस्तो रकमको व्यवस्था गरेको छ । एभरेष्टको यो रकम गत वर्ष ६३ करोड रुपैयाँ थियो ।कर्जा नोक्सानी रिभर्स गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ ।

यसको गत वर्ष २५ करोड रुपैयाँ कर्जा नोक्सानीमा भएको रकमलाई घटाएर यो वर्ष ९ करोड ९० लाख राइटब्याक गरेको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top