सीता जन्म जयन्तीमा किन बिदा नदिइएको ?

२२ बैशाख ८२, मंगलबार

२३ वैशाख ,काठमाण्डौ ।

आज वैशाख शुक्ल नवमी । अर्थात सीता जयन्ती । देवी सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । रामनवमीको एक महिनामा सीता जयन्ती आउने गर्दछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा विभिन्न पुराण तथा रामायणमा उल्लेख छ ।

भगवान विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको बताइन्छ । भगवान रामसँग सीताको विवाह भएको थियो ।

Advertisement

पौराणिक ग्रन्थमा सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा उल्लेख गरिन्छ । सीतालाई नेपाली राष्ट्रिय विभूतिका रूपमा समेत सम्मान गरिन्छ । आज सीता जन्मस्थल जनकपुर धाममा विशेष मेला लागेको छ ।

यसबीच प्रतिनिधिसभाका सांसदहरूले जानकीको जन्मजयन्ती नमनाइएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले रामको जन्मजयन्तीमा बिदा दिने गरिएको तर जानकीकोमा नदिने गरिएकोप्रति असन्तुष्टि पोखे ।

“आज जानकी जयन्तीको दिन बिदा दिन पनि छुटायौँ । खै, कता जन्मिएको रामको नवमीमा बिदा दिन्छौँ । तर, आफ्नै भूमिमा जन्मिएकी जानकीको जन्मदिनमा बिदा दिँदैनौँ,” उनले भने ।

उनले महिलाको नाममा पाइने उपमा पनि कमजोर बनाउन खोजिएको बताए । “कि हामी कुरिराखेका छौँ । दक्षिणतिरको छिमेकीले कुनै दिन जानकी पनि हाम्रैतिर जन्मिएको भनेर क्लेम गर्दियोस् । यसमा गम्भीरताका साथ ध्यानाकर्षण चाहन्छौँ,” उनले भने ।

अर्का सांसद प्रभु साहले पनि २१औँ शताब्दीमा लैंगिक विभेद गरिएको बताए । “जानकीको जन्मदिनबारे सरकारलाई थाहा छ कि छैन ? श्रीरामको जन्मदिन मनाउँछौँ खुसीको कुरा हो । जानकी जयन्तीलाई किन बेवास्ता गरेको ? २१औँ शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ ?,” उनले भने ।

उनले राष्ट्रिय विभूति सीता (जानकी)को जन्मदिनमा बेवास्ता गरिएकोमा आपत्ति जनाए । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहँदा जन्मदिनलाई बिदा नदिए पनि क्यालेन्डरमा राख्न सकेको बताए । उनले विभेद नगर्न र आगामी क्यालेन्डरमा राख्न माग गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top