NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान

मङ्लबार बैशाख २३ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
सुनिता डंगोलको आदर्श मन्चमै, धनुषामा कुर्सी हानाहान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२३ वैशाख , काठमाण्डौ ।
प्रमुख सत्तारुढ दल नेकपा एमालेले गएको  वैशाख ११ गते लोकतन्त्र दिवसका दिन १ लाख युवा काठमाडौंमा उतार्ने भन्दै  युथ सेलिब्रेसन कार्यक्रमको आयोजना गर्याे । एमालेले युवा शक्तिको प्रर्दशन गरेको सो कार्यक्रमको प्रमुख वक्ता मध्ये एक थिइन, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल ।
उनले सो कार्यक्रममा महानगरका मेयर बालेन    लक्षित एमालेका युवाले स्टण्ड नगर्ने र एमाले समर्थित युवाले  दश नंग्रा ख्याउन सिकाउने भन्दै आफू एमाले भएको भन्दै दिएको अभिब्यक्ति अहिलेसम्म पनि  सामाजिक संजालमा भाइरल भइरहेको छ ।
तर सुनिताले एमालेजनको प्रशंसा गर्दै दिएको यो अभिब्यक्तिको चर्चा सेलाउन नपाउदै उनकै दलका नेता कार्यकर्ताले उनलाई धनुषाबाट गलत सावित गरिदिएका छन् । सुनिताको दाबी विपरित एमालेजनहरु पार्टी बाहिरका माथि होइन आफ्नै नेता कार्यकर्तामाथि नै कुर्सी हानाहानमा उत्रिएका छन्  ।
यो दृश्यका बीच दुई साता अघि मात्रै काठमाडौंको भृकुटीमण्डपमा सुनिताले भनेकी थिइन, ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भनिन्, ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ।’
उनले भनेकी छन्, ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन्। कहिँकतै लुटपाट गर्न युवा प्रयोग गर्दैन। एमालेले आफ्नो दश नंग्रा खियाएर राष्ट्रका लागि काम गर्न सधैं प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मन पर्छ। सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन्,’ उनले भनिन्, ‘एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ।’
बाईट
सुनिताले एमालेजनको प्रशंसामा खर्चिएका राष्ट्र निर्माणमा सर्मपित यी शब्दहरु दुई साता नबित्दै गलत सावित भएका छन् ।  नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद भएको छ।
अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ। निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन्। निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि दबाब दिन भन्दै उनीहरू अहिले हलभित्रै धर्नामा बसेका छन्।
धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’ सहितका नेताहरूको धार छ। दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।
मण्डल, अरगरिया र झासहितका नेताहरुको समूहले निर्वाचनमा धाँधली गराउन लागेको रघुवीरमाथि आरोप लगाएका छन्। रघुवीरतर्फबाट भोला यादवलाई अध्यक्षमा अधि सारिएको छ। सोमबार राति नै मनोनयन दर्ता भएको थियो।
उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताएका छन् ।  आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो।
केही उम्मेदवारमा दावी विरोध परेको र सोही विषयलाई लिएर लफडा बढेको बताइएको छ। अधिवेशनस्थलमा कुर्सीसमेत तोडफोड गरिएको छ। विवादका कारण मतदान प्रक्रिया रोकिएको छ।  भोला यादव पक्षले मतदान सुरु गर्न माग गरेका छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन्।
अधिवेशन गत वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।  अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन् ।
धनुषामा देखिएको घटनाक्रमले उपमेयर सुनिता डंगोलको भाषण र  एमालेजन भित्रको व्यवहारबीचको गहिरो अन्तर उजागर गरिदिएको छ। पार्टीभित्रको अनुशासन, सहकार्य र योजनाबद्ध नेतृत्वको उदाहरण दिन खोजेकी डंगोलको अभिव्यक्तिमाथि स्वयम् एमालेभित्रकै कुर्सी हानाहान र आरोपप्रत्यारोपले प्रश्नवाचक चिन्ह लगाइदिएको छ ।
काठमाडौंमा राष्ट्र निर्माणका आदर्शको बखान गरिए पनि जनकपुरको अधिवेशन स्थलमा फुट, विभाजन र धाँधलीको आरोपसँगै एमालेको आन्तरिक संरचना र व्यवहारले त्यो आदर्श धरापमा परेको  छ ।
दश नंग्रा खियाएर काम गर्ने बताइने पार्टीका कार्यकर्ताले कुर्सी हानेर आपसी प्रतिस्पर्धा र असहिष्णुता प्रदर्शन गर्दा, डंगोलले बाँडेका आदर्शका शब्दहरू सस्ता राजनीतिक नारा जस्तै लाग्न थालेका छन्।
Advertisement
Tags: # सुनितालाई एमाले धनुषाले झुटो सावित गर्याे#प्रमुख सत्तारुढ दल नेकपा एमाले

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.