के कांग्रेसले छोड्दैछ कोशी सरकार?

२२ बैशाख ८२, मंगलबार

२३ वैशाख , विराटनगर।

विश्लेषकहरु भन्छन्, नेपालको राजनीति अनप्रिडिक्टेवल अर्थात अनुमान गर्न नसकिने खालको भएको छ । किनभने यहाँ नेताहरुको बोली र व्यवहार छिनछिनमा परिवर्तन हुन थालेका छन् ।

दलहरुबीच कुनै सिद्धान्त वा राष्ट्रिय एजेन्डाका बारेमा भन्दा पनि स्वार्थ र सत्ता हत्याउनका लागि अचेल सहमति र गठबन्धनहरु बन्न थालेका छन् । अनि ति सहमति र गठबन्धनहरुको आयु बनेको भोलिपल्ट देखिनै तोकिन सुरु हुन्छ ।

Advertisement

यहाँ हरेक दिन गठबन्धनमा कुनै समस्या छैन, दरार छैन । यसको आयु लामो छ भन्दै नेताहरुले स्पष्टीकरण दिनुपर्ने अवस्था छ । सर्वसाधारण वा कार्यकर्ताहरुलाई त के स्वयं शीर्ष नेताहरुलाई नै आफ्नो कुर्सी वा सरकार कति दिनसम्म टिक्ने हो अनुमान गर्न गारो हुन थालेको छ ।

उनीहरु सधैं नै एकअर्कासंगको गठबन्धन तोडिने पो हो कि भन्ने त्रासमा रहन्छन् । र यसैको फाइदा विपक्षी र आफ्नै दलभित्रैका पनि अर्को खेमाले उठाउछन् । अहिले सरकारमा रहेको गठबन्धनको पनि हालत यस्तै छ ।

Advertisement

आएदिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले काँग्रेस सभापतिलाई कुर्सी छाड्ने दिन स्मरण गराइरहेका छन् । अर्कातिर माओवादीसंग एमालेको बढ्दै गएको हिमचिमले शेरबहादुर देउवालाई पनि आशंकित बनाइदिएको छ ।

यसबीच काँग्रेसको एक खेमाले लगायतार सरकारको आलोचना गरिरहेको छ । केन्द्रिय सदस्य एवं इतर समूहका नेता शेखर कोइरालादेखि महामन्त्रीहरु हुँदै प्रदेशका नेताहरुले पनि सरकारविरुद्ध आलोचना बर्षाइरहेका छन् ।

कोशी प्रदेशमा एक दिनअघि मुख्यमन्त्री हिक्मत कार्कीले एमाले र नेकपा एस मिल्नु पर्ने धारणा राखेका थिए । आज भने काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ्गले पनि अहिलेको सत्ता गठबन्धन तोडिनु पर्ने नै धारणा सार्वजनिक गरेका छन् ।

उनले कोशी प्रदेश सरकार एकलौटी ढंगले चलेको भन्दै सत्तामा बस्नु भन्दा प्रतिपक्षमा बस्नु ठीक भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रमुख सचेतक तामाङ्गले सरकार एकलौटी ढङ्गले चलेको आरोपसमेत लगाएका छन् ।

उनले लेखेका छन्, ‘कोशी प्रदेश सरकारको एकलौटी रबैया प्रति घोर विमत्ती छ । तामाङ्ग नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाका विश्वास पात्र मानिन्छन् । उनले सरकारले एकलौटि ढङ्गले काम गरेको भन्दै सरकारमा रहनु भन्दा प्रतिपक्षमा बस्नु राम्रो भएको बताएका छन् ।’

उनले लेखेका छन्, ‘यस्तो सरकारमा रहनु भन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु । सांसद् तामाङले लेखेको स्टाटस प्रदेश सभापति उद्धव थापा, झापा सभापति देउमान थेबे, झापा १ का सभापति इन्द्र बुढाथोकी लगायतका नेतालाई ट्याग गरेका छन् ।

सत्तारुढ दलको प्रमुख सचेतकबाट नै प्रतिपक्षमा बस्नु राम्रो भन्ने अभिब्यक्ति आएपछि यसले सरकार र गठबन्धनसम्मका तरंग ल्याएको छ । यद्यपि प्रदेशसभा सदस्य तामाङले आफू प्रमुख सचेतक मात्रै नभए कांग्रेस कार्यकर्ता र आमजनता समेत रहेको भन्दै सरकारका विषयमा आफ्नो ब्यक्तिगत धारणा ब्यक्त गरेको प्रतिक्रिया दिएका छन् ।

कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेका बिचमा सत्ता गठबन्धन छ । प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट तीन जना मन्त्री सरकारमा छन् । कांग्रेसले भौतिक पूर्वाधार, कृषि तथा सहकारी, पर्यटन बन तथा बाताबरण र स्वास्थ्य मन्त्रालय सम्हालेको छ ।

भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयको जिम्वेवारी भने भुपेन्द्र राईले सम्हालेका छन् । पार्टीका झापा सभापति देउमान थेबेले समेत केही दिन अघि झापामा सहकारी संघको चुनावमा नेकपा एमालेसँगको सहकार्यलाई लिएर असन्तोष प्रकट गरेका थिए ।

उनले विज्ञप्ति नै प्रकाशित गरेका थिए । कोशी यस्तो प्रदेश हो जहाँ काँग्रेसका नेता केदार कार्कीले पार्टीमा बगावत गर्दै मुख्यमन्त्री समेत बनेका थिए । उनले त्यसबेलाको माओवादीसंगको गठबन्धनको विपरित गएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

पछि माओवादी र काँग्रेस दुवैले त्यसलाई स्वीकार गर्न बाध्य भएको थियो । यसैपनि केन्द्रमा र दुई दलिय संयन्त्रमै रहेका काँग्रेसीहरुले सरकारको आलोचना गरिहरँदा प्रदेशबाट पनि यस किमिमको कदमले सरकारमाथि र अहिलेको गठबन्धनमाथि नै दबाव पार्नसक्ने ठानिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top