×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

भारत–पाकको युद्धमा ४ दिनमा के भयो ?चीन, रुस र टर्कीएका हतियार

२८ बैशाख २०८२

२८ वैशाख, एजेन्सी ।

पहलगाम घटनालाई लिएर बुधबार बिहानदेखि एकअर्काविरुद्ध हमलामा उत्रिएका भारत र पाकिस्तान अन्ततः युद्धविराम गर्न सहमत भएका छन् । दुवै देशका सैन्य सञ्चालन महानिर्देशक (डीजीएमओ) बीच शनिबार भएको टेलिफोन संवादपछि युद्ध रोक्ने सहमति भएको हो ।

युद्धविरामको सहमति भने अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले गराएका थिए । भारत र पाकिस्तानले मे ६ देखि १० तारिखसम्म चार दिनसम्म विभिन्न मोर्चाहरूमा संघर्ष गरेका छन्। यो युद्ध केवल चार दिन चल्यो, यस अवधिमा धेरै नयाँ घटनाहरू देखिए।

दुबै मुलुकले केवल आकाशबाट आक्रमण गरेका मात्र होइन, साइबर आक्रमणमार्फत पनि एक–अर्कालाई क्षति पु¥याउने प्रयास गरेका थिए। दुबैले एक–अर्काको भित्री भूभागसम्म आक्रमण गरेका थिए। यसको लागि ड्रोन, मिसाइल र अत्याधुनिक हतियारहरूको प्रयोग गरिएको थियो।

यो पहिलो पटक हो जब यस प्रकारको लडाइँ दुबै देशबीच देखियो । यद्यपि भारतले पाकिस्तानका धेरैजसो आक्रमणलाई नाकाम पार्न सफलता पाएको बताइएको छ।हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, यो संघर्षको दौरान पाकिस्तानले टर्कीएमा बनेको ड्रोनको प्रयोग गर्दै ९०० किलोमिटर लामो सीमामा ३६ स्थानहरूमा भारतमाथि आक्रमण गरेको थियो।

पाकिस्तानले चीनमा निर्मित एी–१५ मिसाइलहरूलाई चीनकै जेफ १७ लडाकु विमानमार्फत भारतमा पहिलोपटक प्रयोग ग¥यो। भारतले त्यसको प्रतिकार रुसबाट ल्याइएको एस ४०० एयर डिफेन्स सिस्टम प्रयोग गरेर ग¥यो।

भारतले आक्रमणमा जेटबाट स्कल्प क्रूज मिसाइल र ह्यामर स्मार्ट हतियारहरू प्रयोग ग¥यो। साथै, आतङ्ककारी ठेगानाहरू नष्ट गर्न कामिकेज ड्रोनको प्रयोग गरियो। ‘अपरेशन सिंदुर’ अन्तर्गत भारतले आफ्नै भूमिबाट मिसाइल प्रहार गर्दै पाकिस्तानका नौ ठेगानाहरू ध्वस्त पार्यो। यस पछिल्लो संघर्षमा भारतलाई नयाँ हतियारहरू—विशेषगरी एस ४०० सिस्टमले—पाकिस्तानमाथि स्पष्ट लाभ दिलाएको बताइएको छ।

यता पाकिस्तानका तर्फबाट भारतका आधा दर्जन भन्दा बढी लडाकु विमान खसालेको दाबी गरेको छ । यहबाहेक ८० भन्दा बढी ड्रोनहरु पाकिस्तानले खसालेको दाबी गरेको छ ।
हतियारको प्रयोगसँगै सूचनाको क्षेत्रमा पनि युद्ध चलेको छ।

भारतीय अधिकारीहरूका अनुसार, पाकिस्तानले ठूलो मात्रामा भ्रमपूर्ण सूचना फैलाउने अभियान चलाएको थियो। यसको उद्देश्य विश्व समुदायमा आफूलाई पीडित र भारतलाई आक्रान्ता देखाउने रहेको थियो। पाकिस्तानले भारतमा ठूला हमला गरेको झूट आफ्नै सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत फैलाएको भारतले आरोप लगायो ।

यसबीचमा पाकिस्तानी टेलिभिनसहित भारतले सयौं युट्युब च्यानलहरुमाथि प्रतिबन्ध लगायो भने भारतबाटै संचालित द वार अनलाइन पोर्टलमाथि समेत प्रतिबन्ध लगायो । पाकिस्तान सरकारका तर्फबाट समेत भारतीय संचारमाध्यामहरुले भ्रमपूर्ण सुचनाहरु संप्रेषण गरिरहेको आरोप लाग्यो ।

पाकिस्तानले भारतको एस ४०० प्रणाली नष्ट गरेको, चण्डीगढ़को गोला–बारुद डिपो उडाएको र सैनिक संरचनामा आक्रमण गरेको भन्ने हल्ला चलाएको भारतले दाबी गरेकोछ । यस्ता झूटा प्रचार मात्र नभई, यो सैन्य र कूटनीतिक प्रतिक्रियामा प्रभाव पार्ने रणनीतिक प्रयास भएको विदेश मन्त्रालयले जनाएको छ ।

यस संघर्षमा दुबै देशमा डिजिटल आक्रमण पनि भएका थिए। ट्विटर अकाउन्टहरू र वेबसाइटहरू ह्याक गरिएको, दुबै देशका साइबर विशेषज्ञहरूले आरोप लगाए। साथै, डीपफेक भिडियोहरू पनि देखा परे। एआई जेनेरेटेड भिडियोमा भारतका विदेशमन्त्री एस. जयशंकरलाई माफी मागिरहेको देखाइएको थियो।

पाकिस्तानले यो देखाउँदै दाबी ग¥यो कि भारत डरायो । भारतको पीआईबी फ्याक्ट चेक यूनिटले यसलाई पूर्ण रूपमा नक्कली र भ्रामक भनेको छ। उता पाकिस्तानमा समेत साइबर आक्रमण भएको थियो ।

त्याहाको अर्थमन्त्रालयलको सामाजिक संजाल नै ह्याक गरेर युद्ध लड्नका लागि विदेशी दाताहरुसँग ऋण माग गरिरहेका सुचनाहरु राखिएको थियो । त्यस्तै, पाकिस्तान सेनाका अधिकारी अहमद शरीफ चौधरीको पनि एक नक्कली भिडिओ भाइरल भएको थियो।

युद्धविरामकै दिन शनिबार दिल्लीस्थित विमानस्थलमा पाकिस्तानले आक्रमण गरेको भन्दै भिडिओ सार्वजनिक गरिएको थियो । तर सो भिडिओ यसअघि आगलागी भएको भिडिओ रहेको भारतले प्रष्ट पारेको थियो ।

यी सबै घटनाहरू साइबर आक्रमण, डीपफेक भिडियो, हतियारको अत्याधुनिक प्रयोग दुबै मुलुक सात दशकदेखि पटक–पटक भिडिरहे तापनि पहिलोपटक यति परिष्कृत र जटिल रूपमा युद्धका नयाँ आयामका रुपमा देखापरेका छन् ।

भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार दुवै देशका सैन्य अधिकारीबीच शनिबार अपराह्न कुराकानी भएको थियो । विदेश मन्त्रालयले साँझ ६ बजे गरेको पत्रकार सम्मेलनमा सचिव मिस्रीले दुवै पक्ष शनिबार साँझ ५ बजेबाट जमिन, आकाश र समुद्र सबैतिरको गोलीबारी र सैन्य कारबाही बन्द गर्न तथा कुनै तटस्थ भूमिमा वार्ता गर्न सहमति भएको जानकारी दिएका थिए ।

सैन्य कारबाही रोक्ने सहमतिलाई लागू गर्न दुवै पक्षले आफू मातहतलाई निर्देशन दिइसकेको उनले बताएका थिए । मिस्रीका अनुसार भारत र पाकिस्तानका डीजीएमओबीच अर्को वार्ता सोमबार १२ बजे हुनेछ ।

भारतका विदेशमन्त्री एस जयशंकरले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएको उल्लेख गरेका थिए । पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालबाटै त्यसलाई पुष्टि गरे ।

दक्षिण एसियाका दुई आणविक मुलुक भारत र पाकिस्तानबीच युद्धविराम गराउन अमेरिकाले मध्यस्थता गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले यसबारे सामाजिक सञ्जालबाटै खुलासा गरेका थिए ।

युद्धविराम पहिलो घोषणा नै अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका थिए । उनले ‘ट्रुथ सोसल’ मा लेखेका थिए, ‘अमेरिकाको रातभरिको मध्यस्थतापछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान तत्काल लागू हुने गरी सम्पूर्ण रूपमा युद्धविराममा सहमत भएका छन् । विवेक र बुद्धिमानी देखाएकामा दुवै देशलाई बधार्ई ।’

भारतको जम्मु–कश्मीर राज्यको पहलगाममा २२ अप्रिलमा आतंकवादी समूहले गरेको हमलामा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । त्यस घटनालगत्तै भारतले पाकिस्तानीका लागि भिसा रद्द गरेको थियो भने सिन्धु जल सन्धिलाई निलम्बन गरेको थियो ।

दिल्लीमा रहेका पाकिस्तानी सुरक्षातर्फका कूटनीतिक अधिकारीलाई भारत छाड्न भनिएको थियो । जवाफमा पाकिस्तानले पनि भारतीय जहाजका लागि आफ्नो हवाई रुट बन्द गरेको थियो भने भारतीय कूटनीतिज्ञलाई देश छाड्न निर्देशन दिएको थियो ।

पहलगाम घटनामा जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको भारतले बुधबार बिहान १ बजेर ५ मिनेटमा पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको थियो । भारतले त्यसलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको थियो ।

यसबाट आतंककारी मारिएको दाबी गरिरहँदा पाकिस्तानले भारतको हमलामा सर्वसाधारणको मृत्यु भएको र त्यसमा महिला एवं बालबालिका पनि परेको दाबी गरेको थियो । भारतले पाकिस्तानको सार्वभौमसत्तामाथि धावा बोलेको भन्दै पाकिस्तानले आफ्ना सेनालाई भारतविरुद्ध कारबाहीमा उत्रिन आदेश दिएको थियो ।

पाकिस्तानी सेनाले गोलीबारी गर्दा भारततर्फ कम्तीमा १६ जनाको मृत्यु भएको थियो । पाकिस्तानले बिहीबार साँझ भारतका विभिन्न स्थानमा करिब ४ सय ड्रोन आक्रमण गरेको तर सबैलाई निस्तेज पारिएको भारतीय सैन्य अधिकारीहरूको दाबी थियो ।

पाकिस्तानले भने ड्रोन आक्रमण नगरेको दाबी गरेको थियो । पाकिस्तानले शनिबार बिहान १ बजेर ४० मिनेटमा पञ्जाबको सैन्य अड्डामा तीव्र गतिको मिसाइल प्रहार गरेको र त्यसलाई निष्क्रिय पारिएको भारतले शनिबार बिहानको ‘प्रेस ब्रिफिङ’मा दाबी गरेको थियो ।

पाकिस्तानका तर्फबाट २६ स्थानमा गरिएको हवाई घुसपैठलाई निस्तेज पारिएको पनि भारतीय सेनाले जनाएको छ । पाकिस्तानका तर्फबाट गरिएको गोलीबारीबाट शनिबार जम्मु–कश्मीर प्रशासनका एक सरकारी अधिकारीको मृत्यु भएको भारतीय पक्षले पुष्टि गरेको छ ।

अर्कातिर भारतीय सेनाले पाकिस्तानको सैन्य हवाई अड्डामा हमला गरेको पाकिस्तानी सेनाले दाबी गरेको थियो । भारतका तर्फबाट तीन सैन्य हवाई अड्डामा हमला गरिएको र त्यसलाई पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीले खसालेको पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले बताएका थिए ।

पाकिस्तानले शनिबार मात्रै ‘अपरेसन बुन्यान अल–मर्सुस’ घोषणा गरेको थियो । यता युद्धविरामका बीच पनि भारतको अमृतशहरमा रेडअलर्ट जारी गरिएको छ । शनिबार राति अमृतसरमा तीव्र साइरन बजेको आवाज सुनिएको थियो ।

त्यसपछि डिप्टी कमिश्नर साक्षी साहनीले आइतबार बिहानै एक एडभाइजरी जारी गरेकी छन् । बीबीसीका अनुसार अहिले अमृतसरमा बिजुली नियमित गरिएको छ । तर जिल्ला अझै पनि रेड अलर्टमा छ ।

साहनीले घरबाहिर ननिस्कन, घरभित्रै बस्न र झ्यालबाट टाढा रहन अपील गरेकी छिन् । ‘अवस्था पूरै तरिकाले सुरक्षित भएपछि प्रशासनका तर्फबाट संकेत दिइनेछ । कृपया नआत्तिनुहोस् । शान्ति बनाइराख्नुहोस् र प्रशासनको निर्देशनको पालना गर्नुहोस्’ सहानीद्वारा जारी एडभाइजरीमा भनिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top