×

NEPAL TIMES UPDATES

Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

२८ बैशाख २०८२

२८ वैशाख, काठमाण्डौ ।

भारत र पाकिस्तानबीचको लडाइँलाई ४ दिनमै युद्धविराम गराएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३९ महिनादेखि जारी रहेको रुस युक्रेनबीचको लडाइँपनि अन्त्य गर्न प्रयत्न गरिरहेका छन् । राष्ट्रपति बनेयता नै युद्ध अन्त्यका लागि विभिन्न चरणमा वार्ता गरिसकेका ट्रम्पको मध्यस्थता वमोजिम नै रुस र युक्रेन आपसमा प्रत्यक्ष वार्ताका लागि तयार भएका छन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका छन्। पुटिनले यो वार्ता “ढिलाइ नगरी“ मे १५ देखि सुरु गर्नुपर्ने बताएका छन्। उनले युक्रेनसँग इस्तानबुलमा हुने वार्ताका लागि कुनै पूर्व शर्त नराखेको पनि स्पष्ट पारेका छन्।

युक्रेनमाथि आक्रमण आरम्भ गरेपछि पुटिनको तर्फबाट यस्तो प्रस्ताव पहिलोपटक आएको हो। सन् २०२२ फेब्रुअरीदेखि जारी युद्ध अहिले सम्म ३९ महिनामा प्रवेश गरिसकेको छ, जसमा विशेषगरी युक्रेनले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ।

पुटिनको यो प्रस्तावसँगै युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि रुससँग युद्धविरामका लागि वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन् । पुटिनले इस्तान्बुलमा ‘प्रत्यक्ष वार्ता’ का लागि गरेको प्रस्तावबारे सिधा जवाफ नदिँदै उनले भने, ‘रुसले युद्ध अन्त्य गर्नेबारे सोच्नु सकारात्मक संकेत हो ।’

उनले यो कुरा सारा विश्वले लामो समयदेखि प्रतीक्षा गरिरहेको बताउँदै कुनै पनि युद्ध अन्त्य गर्ने पहिलो कदम भनेको युद्धविराम रहेको जिकिर गरे । ‘यो हत्याको शृङ्खलालाई थप एक दिन जारी राख्नुको कुनै औचित्य छैन । हामी भोलिदेखि सुरु हुने गरी रुसबाट पूर्ण, दीर्घकालीन र भरोसायोग्य युद्धविरामको अपेक्षा गर्छौँ ।

त्यसपछि युक्रेन भेटवार्ताका लागि तयार हुनेछ,’ उनले भनेका छन् । आफ्नो सम्बोधनमा पुटिनले युक्रेनसँगको वार्ता टर्कीएको सबैभन्दा ठुलो सहर इस्तानबुलमा गर्न प्रस्ताव पनि गरेका छन् । उनले यो वार्ताले रुस र युक्रेनले ‘नयाँ युद्धविराम’ मा सम्झौता हुनसक्ने सम्भावना व्यक्त गरे ।

यसबारे टर्कीएका राष्ट्रपति रेसेप तैयक एर्डोगानसँग आइतबार छलफल गर्ने पनि पुटिनले जानकारी दिएका छन् । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रुसी राष्ट्रपति पुटिनको घोषणाको स्वागत गरेका छन्। उनले यो ‘रुस र युक्रेनका लागि सम्भावित उत्कृष्ट दिन’ भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘जब यो अन्तहीन हिंसा सम्भावित रूपमा अन्त्य हुँदा जोगिने सयौँ हजारौँ ज्यानको बारेमा सोच्नुहोस् । यो पूर्णरुपमा नयाँ र अझ राम्रो विश्व हुनेछ ।’ उनले यसलाई सम्भव तुल्याउन दुवै पक्षसँग संवाद जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

हिजो मात्रै अमेरिकाकै मध्यस्थतामा ४ दिनसम्म चलेको भारत र पाकिस्तानबीचको लडाइँमा युद्धविराम भएको छ । पुटिनबाट प्रत्यक्ष वार्ताको प्रस्ताव आउनु आफैंमा राजनीतिक र कूटनीतिक दृष्टिले एक महत्वपूर्ण मोड हो । विशेष गरी तब जब ३९ महिनादेखि जारी रूसी–युक्रेनी युद्धले यथार्थमै दुबै पक्षलाई ठूलो मूल्य चुकाउन बाध्य बनाएको छ।

युक्रेनमा व्यापक जनधनको क्षति भइसकेको छ, र रूस पनि अन्तर्राष्ट्रिय प्रतिबन्ध, सैनिक क्षति र सामरिक थकानको सामना गरिरहेको छ। यो वार्ता प्रस्ताव बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति म्याक्रोँको युक्रेन भ्रमणपश्चात आएको छ।

दुबै नेताले रूसलाई ३० दिनको युद्धविरामका लागि आह्वान गरेका थिए, जसमा अमेरिकी समर्थन पनि थियो। यसैक्रममा पुटिनले दबाबको राजनीतिबाट केही हासिल हुँदैन भन्ने कडा सन्देश दिए पनि वार्ताको प्रस्तावसहितको आफ्नो शान्तिप्रिय छवि उजागर गर्ने कोशिस गरेका छन्।

रूसको यो प्रस्ताव सन् २०२२ को प्रारम्भमा इस्तानबुलमै सुरु भएको वार्ता प्रक्रियाको स्मरण गराएको छ । जुन केही चरण चले पनि टुटफुटमै टुंगिएको थियो। अहिले पनि इस्तानबुललाई नै सम्भावित वार्ता स्थलको रुपमा प्रस्ताव गर्नुले पुटिनले टर्कीएलाई सन्तुलित मध्यस्थकर्ताको रूपमा स्थापित गर्न खोजेको विश्लेषण गरिएको छ र यसबीचमा युरोपेली देशहरू विशेषगरी जर्मनी, फ्रान्स, पोल्याण्ड लगायतले युक्रेनप्रति आफ्नो समर्थन बलियो बनाउँदै आएका छन्।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top