NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र बिहिबार असार २६ , २०८२
Next
Prev

समाचार

पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता ?३९ महिनापछि शान्ति फर्किने

आइतवार बैशाख २८ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२८ वैशाख, काठमाण्डौ ।

भारत र पाकिस्तानबीचको लडाइँलाई ४ दिनमै युद्धविराम गराएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३९ महिनादेखि जारी रहेको रुस युक्रेनबीचको लडाइँपनि अन्त्य गर्न प्रयत्न गरिरहेका छन् । राष्ट्रपति बनेयता नै युद्ध अन्त्यका लागि विभिन्न चरणमा वार्ता गरिसकेका ट्रम्पको मध्यस्थता वमोजिम नै रुस र युक्रेन आपसमा प्रत्यक्ष वार्ताका लागि तयार भएका छन् ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव राखेका छन्। पुटिनले यो वार्ता “ढिलाइ नगरी“ मे १५ देखि सुरु गर्नुपर्ने बताएका छन्। उनले युक्रेनसँग इस्तानबुलमा हुने वार्ताका लागि कुनै पूर्व शर्त नराखेको पनि स्पष्ट पारेका छन्।

युक्रेनमाथि आक्रमण आरम्भ गरेपछि पुटिनको तर्फबाट यस्तो प्रस्ताव पहिलोपटक आएको हो। सन् २०२२ फेब्रुअरीदेखि जारी युद्ध अहिले सम्म ३९ महिनामा प्रवेश गरिसकेको छ, जसमा विशेषगरी युक्रेनले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ।

पुटिनको यो प्रस्तावसँगै युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि रुससँग युद्धविरामका लागि वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन् । पुटिनले इस्तान्बुलमा ‘प्रत्यक्ष वार्ता’ का लागि गरेको प्रस्तावबारे सिधा जवाफ नदिँदै उनले भने, ‘रुसले युद्ध अन्त्य गर्नेबारे सोच्नु सकारात्मक संकेत हो ।’

उनले यो कुरा सारा विश्वले लामो समयदेखि प्रतीक्षा गरिरहेको बताउँदै कुनै पनि युद्ध अन्त्य गर्ने पहिलो कदम भनेको युद्धविराम रहेको जिकिर गरे । ‘यो हत्याको शृङ्खलालाई थप एक दिन जारी राख्नुको कुनै औचित्य छैन । हामी भोलिदेखि सुरु हुने गरी रुसबाट पूर्ण, दीर्घकालीन र भरोसायोग्य युद्धविरामको अपेक्षा गर्छौँ ।

त्यसपछि युक्रेन भेटवार्ताका लागि तयार हुनेछ,’ उनले भनेका छन् । आफ्नो सम्बोधनमा पुटिनले युक्रेनसँगको वार्ता टर्कीएको सबैभन्दा ठुलो सहर इस्तानबुलमा गर्न प्रस्ताव पनि गरेका छन् । उनले यो वार्ताले रुस र युक्रेनले ‘नयाँ युद्धविराम’ मा सम्झौता हुनसक्ने सम्भावना व्यक्त गरे ।

यसबारे टर्कीएका राष्ट्रपति रेसेप तैयक एर्डोगानसँग आइतबार छलफल गर्ने पनि पुटिनले जानकारी दिएका छन् । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रुसी राष्ट्रपति पुटिनको घोषणाको स्वागत गरेका छन्। उनले यो ‘रुस र युक्रेनका लागि सम्भावित उत्कृष्ट दिन’ भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘जब यो अन्तहीन हिंसा सम्भावित रूपमा अन्त्य हुँदा जोगिने सयौँ हजारौँ ज्यानको बारेमा सोच्नुहोस् । यो पूर्णरुपमा नयाँ र अझ राम्रो विश्व हुनेछ ।’ उनले यसलाई सम्भव तुल्याउन दुवै पक्षसँग संवाद जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

हिजो मात्रै अमेरिकाकै मध्यस्थतामा ४ दिनसम्म चलेको भारत र पाकिस्तानबीचको लडाइँमा युद्धविराम भएको छ । पुटिनबाट प्रत्यक्ष वार्ताको प्रस्ताव आउनु आफैंमा राजनीतिक र कूटनीतिक दृष्टिले एक महत्वपूर्ण मोड हो । विशेष गरी तब जब ३९ महिनादेखि जारी रूसी–युक्रेनी युद्धले यथार्थमै दुबै पक्षलाई ठूलो मूल्य चुकाउन बाध्य बनाएको छ।

युक्रेनमा व्यापक जनधनको क्षति भइसकेको छ, र रूस पनि अन्तर्राष्ट्रिय प्रतिबन्ध, सैनिक क्षति र सामरिक थकानको सामना गरिरहेको छ। यो वार्ता प्रस्ताव बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति म्याक्रोँको युक्रेन भ्रमणपश्चात आएको छ।

दुबै नेताले रूसलाई ३० दिनको युद्धविरामका लागि आह्वान गरेका थिए, जसमा अमेरिकी समर्थन पनि थियो। यसैक्रममा पुटिनले दबाबको राजनीतिबाट केही हासिल हुँदैन भन्ने कडा सन्देश दिए पनि वार्ताको प्रस्तावसहितको आफ्नो शान्तिप्रिय छवि उजागर गर्ने कोशिस गरेका छन्।

रूसको यो प्रस्ताव सन् २०२२ को प्रारम्भमा इस्तानबुलमै सुरु भएको वार्ता प्रक्रियाको स्मरण गराएको छ । जुन केही चरण चले पनि टुटफुटमै टुंगिएको थियो। अहिले पनि इस्तानबुललाई नै सम्भावित वार्ता स्थलको रुपमा प्रस्ताव गर्नुले पुटिनले टर्कीएलाई सन्तुलित मध्यस्थकर्ताको रूपमा स्थापित गर्न खोजेको विश्लेषण गरिएको छ र यसबीचमा युरोपेली देशहरू विशेषगरी जर्मनी, फ्रान्स, पोल्याण्ड लगायतले युक्रेनप्रति आफ्नो समर्थन बलियो बनाउँदै आएका छन्।

Tags: #पुटिन र जेलेन्स्की#पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता

लोकप्रीय

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

विचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

थप समाचार

ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने
ताजा समाचार

बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.