×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

न्युक्लियर ‘ब्ल्याकमेल’ भारतले नसहने, पाकिस्तानले गुहारेपछि कारबाही स्थगित

३० बैशाख २०८२

३० वैशाख ,एजेन्सी ।

सीमा जोडिएको आफ्नो छिमेकी मुलुक पाकिस्तान विश्वकै आतंकबादीहरुको हेडक्वाटर भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दाबी गरेका छन् । उनले पाकिस्तानलाई सिंगो र सुरक्षित मुलुक बनिरहने भए आफ्नो देशभित्र रहेका आतंकबादको सफाया गर्न पनि चेतावनी दिएका छन् ।

शनिवार दुई देशबीच संघर्षविरामको सहमति भएपश्चात् मोदीले पहिलो सार्वजनिक सम्बोधन गर्ने क्रममा सोमवार राति त्यसो भनेका हुन् । सो क्रममा उनले पाकिस्तानलाई थुप्रै चेतावनीहरु दिएका छन् । यस्तै पाकिस्तानविरुद्ध आफूहरूको आक्रमणमा १०० जनाभन्दा बढी खतरनाक आतंककारीहरू मारिएको उनले दाबी गरेका छन् ।

साथै उनले पाकिस्तानको अनुरोधमा नै भारत युद्ध रोक्न सहमत भएको पनि दाबी गरेका छन् । पाकिस्तानले आइन्दा आतंकवादी गतिविधि नगर्ने भन्दै गुहार लगाएपछि सैन्य कारबाही रोकिएको दाबी उनले गरेका हुन् ।

भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाही मात्र स्थगित गरेको र पाकिस्तानको मनोवृत्ति हेरेर फेरि थप कारबाहीको निर्णयमा पुग्न सक्ने उनले चेतावनी पनि दिए । उनले कुनै पनि आणविक ब्लाकमेल सह्य नहुने पनि स्पष्ट पारेका छन् ।

‘हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो,’ मोदीले भने, ‘हामी सबै प्रकारका आतंकवादविरुद्ध एकजुट छौं । पक्कै पनि यो युद्धको युग होइन, तर यो आतंकवादको युग पनि होइन । आतंकवादविरुद्ध शून्य सहनशीलता नै राम्रो ग्यारेन्टी हो ।’

पाकिस्तानी सेना र सरकारले जसरी आतंकवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै ध्वस्त पार्ने उनको भनाइ थियो । ‘यदि पाकिस्तान बाँच्न चाहन्छ भने, उसले आफ्नो आतंकवादी पूर्वाधार नष्ट गर्नुपर्नेछ, यसबाहेक शान्तिको अर्को कुनै उपाय छैन,’ । ‘

यदि पाकिस्तान बच्न चाहन्छ भने उसले आतंक अन्त्य गर्नैपर्छ,’ उनले भने । भारतको दृष्टिकोण एकदमै स्पष्ट भएको र टेरर र टक अर्थात आतंक र वार्ता सँगै चल्न नसक्ने उनले बताए । ‘पानी र रगत पनि सँगै बग्न सक्दैनन् । म विश्व समुदायलाई यो पनि भन्न चाहन्छु, हाम्रो घोषित नीति पाकिस्तानसँग कुनै वार्ता हुन्छ भने त्यो आतंकवादबारे मात्र हुनेछ,’ उनले भने, ‘यदि कुनै कुराकानी हुन्छ भने, त्यो केवल पाकिस्तानमा हुनेछ।’

कुनै विषयमा हुन्छ भने त्यो पीओके अर्थात पाकिस्तान अकुपाइड कश्मीरका बारेमा हुनेछ भन्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि लक्षित गर्दै विश्व समूदायलाई आफ्ना धारणा राखेका हुन् । मोदीले आतंकवादको जरा निस्कने गरी कडा कारबाही गरिने चेतावनी दिए ।

मोदीले भने, “यदि भारतमा आतंकवादी आक्रमण भयो भने उचित जवाफ दिइनेछ । हामी आफ्नै तरिकाले र आफ्नै सर्तमा जवाफ दिनेछौँ । आतंकवादको जरा निस्कने हरेक ठाउँमा हामी कडा कारबाही गर्नेछौँ।’ उनले सम्बोधनमा थप भने, ‘भारतले कुनै पनि आणविक ब्ल्याकमेल सहँदैन । भारतले आणविक ब्ल्याकमेलको आवरणमा फस्टाइरहेका आतंकवादी अड्डाहरूमा सटिक र निर्णायक प्रहार गर्नेछ।’

उनले यो पनि भने, ‘हामी आतंकवादलाई संरक्षण गर्ने सरकार र आतंकका मालिकहरूलाई अलग देख्ने छैनौँ।’ अहिले केबल पाकिस्तानको सेना र ’आतंकवादी अड्डाहरू’विरुद्धको कारबाही केवल स्थगन गरिएको बताए । मोदीले भने, ’अपरेसन सिन्दूर अन्तर्गत भारतको सैन्य कारबाही भर्खरै स्थगन गरिएको छ । आगामी दिनमा पाकिस्तानले चाल्ने हरेक कदमलाई उसले अपनाएको मनोवृत्तिको आधारमा मूल्यांकन गरिनेछ।’

अप्रिल २२ मा पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले मे ६–७ को राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। जसलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो ।

यसपछि पाकिस्तानले पनि मे १० का दिन जवाफी हमलाको घोषणा गरेको थियो । तर अमेरिकालगायत देशको मध्यस्थतामा त्यही दिन साँझदेखि दुई देशबीच युद्धविरामको सहमति भएको छ । बुद्ध पूर्णिमाबारे पनि स्मरण गराउँदै मोदीले भने, ‘बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनुभएको छ । शान्तिको बाटो पनि शक्तिबाटै जान्छ । मानवतालाई शान्ति र समृद्धितर्फ अघि बढाउन, प्रत्येक भारतीय शान्तिमा बाँच्न सक्षम छन्, विकसित भारतको सपना पूरा गर्न भारत शक्तिशाली हुनु आवश्यक छ ।’

उनले आफ्नो सम्बोधनको सुरुमा भारतीय सेनाको प्रशंसा गरेका थिए । आफ्ना तीनै सेना भारतको रक्षाका लागि सक्षम रहेको र त्यो प्रमाणित भएको बताएका थिए । ‘हामी पाकिस्तानको प्रत्येक कदम हेर्नेछौँ। हाम्रो सम्पूर्ण शक्ति अधिकतम सतर्क छ। अप्रेसन सिन्दुर न्यु नर्मल हो,’ मोदीले भनेका थिए ।

पाकिस्तानसँग ५१ घण्टाको युद्धविरामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगत केही दिनमा आफूले देशको शक्ति र संयम दुवै देखेको बताए । मोदीले सबैभन्दा पहिले प्रत्येक भारतीयको तर्फबाट भारतको शक्तिशाली सेना, सशस्त्र बल, गुप्तचर एजेन्सी र वैज्ञानिकहरूलाई सलाम गरे ।

त्यसपछि भने, ‘हाम्रा बहादुर सिपाहीहरूले अपरेशनको उद्देश्य प्राप्त गर्न अपार साहस प्रदर्शन गरे। आज म उनको बहादुरी, साहस र वीरता हाम्रो देशका हरेक आमा, दिदीबहिनी र छोरीलाई समर्पित गर्दछु।’ आफूहरूले सशस्त्र बललाई आतंककारीहरूलाई मेटाउन स्वतन्त्र हात दिएको पनि उनले बताए ।

उनले भने, ’यस आतंकवादी हमलापछि, सम्पूर्ण राष्ट्र, प्रत्येक नागरिक, प्रत्येक समाज, प्रत्येक वर्ग, प्रत्येक राजनीतिक दल आतंकवादविरुद्ध कडा कारबाही गर्न एक स्वरमा उभिएका छौँ, आतंककारीहरूलाई मेटाउन भारतीय सेनालाई स्वतन्त्रता दिएका छौँ। आज हरेक आतंकवादी संगठनलाई थाहा छ हाम्रा दिदीबहिनी र छोरीहरूको निधारबाट सिन्दुर निकाल्दा के परिणाम हुन्छ ।’

अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले देखाएको बर्बरताले देश र विश्वलाई स्तब्ध बनाएको उनको भनाइ थियो । उनले भने, ’परिवार र बालबालिकाको अगाडि बिदा मनाइरहेका निर्दोष मानिसहरूको क्रूर हत्या आतंकको एकदमै भयानक अनुहार हो ।’

उक्त घटना आफ्नो देशको सद्भाव तोड्ने घृणित प्रयास भएको र त्यसले आफूलाई असह्य पीडा दिएको उनले बताए । ’हाम्रा बहादुर सिपाहीहरूले अपरेशनको उद्देश्य प्राप्त गर्न अपार साहस प्रदर्शन गरे । आज, म उनको बहादुरी, साहस र वीरता हाम्रो देशका हरेक आमा, दिदीबहिनी र छोरीलाई समर्पित गर्दछु ।’

सोमबार राति नेपाली समय अनुसार सवा आठ बजे मोदीले यसो भनिरहँदा उता सोमबार नै यसको करिब आधा घण्टाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूले भारत र पाकिस्तानबीच युद्धविराम गराएको दाबी गरेका थिए ।

आणविक तनाव रोकिँदा धेरैको ज्यान पनि जोगिएको उनको भनाइ छ । उनले अगाडि भने, ’हामीले आणविक तनाव रोकिदिएका छौँ । आणविक युद्ध नै हुन सक्थ्यो र त्यसमा लाखौँको ज्यान जान सक्थ्यो ।’ आफूले दुवै पक्षलाई व्यापार रोकिदिने चेतावनी दिएपछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको ट्रम्पले बताएका छन् ।

तर मोदीले भने आफ्नो सम्बोधनमा एक पटक पनि अमेरिका वा ट्रम्पको मध्यस्थताको उल्लेख गरेनन् । पाकिस्तानले आइन्दा आतंकबाद गतिविधि गर्दिन भनेपछि आफूले कारबाही हाललाई स्थगित गरेको मोदीले बताएका छन् ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top