३० वैशाख , काठमाण्डौ ।
नेपालले थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ । छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा भइरहेको छ ।
डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो । नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।
सोमबार हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण पूरा हुन पाएन । बहराइनले ४ ओभरमा १५ रन बनाएर खेलिरहेको अवस्थामा वर्षाले खेल रोकिएपछि फेरि सुरु हुन सकेन । हङकङको दुवै खेल वर्षाले प्रभावित हुँदा घाटा लागेको छ ।
अब आजको खेलमा नेपालले हङकङलाई पराजित गरेका एक खेल अगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा पुग्ने निश्चित हुनेछ । यदी आजको खेलमा नेपाल पराजित भएमा भने नेपालको यात्रा कठिन हुनेछ ।
नेपाल र हङकङबीच भएका पछिल्ला ५ टी २० खेलमा नेपालले दुई खेल जितेको छ भने हङकङले उक खेल जितेको छ । पछिल्ला दुवै खेल वर्षाका कारण रद्द भएका थिए । यो वर्ष युगान्डमा भएको चारदेशिय सिरिजको पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो ।
अर्को खेलमा भने ६ विकेटको जित हासिल गर्दै सानदार पुनरागमन गर्न सफल रह्यो । नेपाल यही लयलाई कायम गर्ने लक्ष्यमा हुनेछ । नेपाल हाल अंक तालिकाको शीर्ष स्थानमा छ ।
हङकङसँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो। दोस्रो खेलमा भने नेपालले बहराइनमाथि ९ विकेटको जित निकालेको थियो । हङकङले भने आफ्नो दुवै खेलमा अंक बाँडेको छ ।
उसको बहराइनसँगको खेल पनि वर्षाको कारण रद्द भएको थियो। यो खेल जितेमा नेपालले एक खेलअगाबै सुपर ३ मा स्थान बनाउने छ । पराजित भए लगभग सम्भावना सकिने छ । त्यसैले नेपाललाई जितको विकल्प हुनेछैन ।
छनोटमा ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष टोलीले सुपर थ्री मा स्थान बनाउनेछन् । सुपर थ्री मा तीन टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टोलीले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछन् ।
नेपाली महिला टोली अहिलेसम्म ग्लोबल क्वालिफायर समेत पुग्न सकेको छैन । यस पटक ग्लोबल क्वालिफायर पुग्दै विश्वकपसम्म पुग्ने नेपालको लक्ष्य छ ।