×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

१ जेष्ठ २०८२

३१ वैशाख , काठमाण्डौ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप पाँचदिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौँले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक म्याद थपका लागि मंगलबार अदालत लगिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।

नेता मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । उक्त आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि थुनामै छन् । प्रसाईंलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।

हिजो अदालतमा उपस्थित हुँदा मिश्रले आफूलाई हिरासतबाहिरै राखेर छानबिन गर्दा के बिग्रन्छ भन्दै इजलासमा प्रश्न उठाएका थिए । मिश्रले बयानका क्रममा म्याद थप्नका लागि उपस्थित गराउने कार्य दुख दिने गरी भइरहेको गुनासो राखे ।

‘श्रीमान् एकदमै अन्याय भयो । न्यायलय प्रति पूर्वन्यायाधीशहरूले प्रश्न उठाइरहनुभएको छ,’ मिश्रले अदालतमा भने, ‘आज छुट्नु प¥यो भन्ने मेरो माग हो श्रीमान् ।’ मिश्रले भागेर कहिं नजाने प्रतिबद्धता जनाउँदै बाहिर बसेर छानबिनमा सघाउने बताए ।

‘न बाहिर जान्छु । न प्रमाण नष्ट गर्छु । राजनीतिक प्रतिशोध साँधिएकोमा न्यायालयबाट पनि न्याय नपाए कहाँ जाने ?’ मिश्रले न्यायाधीशसँग भने । हिरासतको बसाइबाट प्राप्त गरेको अनुभव सुनाउने क्रममा उनले राज्यको अधिकार हुने तर नागरिकको नहुने अवस्था रहेको बताए ।

राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई हाजिर जमानीमा छोड्दा समेत आफूलाई हिरासतमा राखिएको प्रति उनले असन्तुष्ट व्यक्त गरे । राज्यका सबै अंग बिग्रे पनि न्यायालय प्रति विश्वास कायम रहेको सुनाउँदै मिश्रले १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा हिंसात्मक अभिव्यक्ति एक शब्द पनि नदिएको दाबी गरे ।

यसबीच मिश्रलाई पक्राउ गर्ने र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंविरुद्ध बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । आफ्ना पति एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखिएको दावी गर्दै सारिका कार्कीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी हुन् ।

मंगलबार दर्ता भएको निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ । उनले नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधीवक्ता, महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय लगायतलाई विपक्षी बनाएकी छन् ।

गैरकानुनी रुपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुदा पनि अदालतले थुनामा म्याद थप्ने अनुमती दिइरहेको भन्दै उनले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरेकी हुन् ।

कुनै व्यक्ति पक्राउ वा थुनामा परेमा त्यसको कानूनी बैधतामा प्रश्न उठाई अदालतहरूमा दिने निवेदनलाई बन्दीप्रत्यक्षीकरणको निवेदन भनिन्छ । अदालतले पक्राउ परेको व्यक्ति गैरकानूनी थुनामा रहेको ठह¥याएमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी थुनामुक्त गर्छ ।

बन्दीप्रत्यक्षीकरणको निवेदनलाई अदालतले उच्च प्राथमिकतामा राखी सुनुवाइ गर्ने कानुनी व्यवस्था छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top