×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

ट्रम्पले फेरि लिए युद्ध रोकेको जस, भारतले खण्डन गर्यो

१ जेष्ठ २०८२

३१ वैशाख , एजेन्सी ।

भारत–पाकिस्तानबीच लडाईँ रोक्ने सहमति भएपछि पनि दुई देशबीच घोचपेचको श्रृंखला जारी छ । खासगरी भारतीय प्रधानमन्त्रीले सोमबार राष्ट्रका नाममा गरेको सम्बोधनले आगोमा ध्यु थप्ने काम गरेको छ ।

Advertisement
Advertisement

सोमबारको पाकिस्तानलक्षित मोदीका चेतावनीले इस्लामाबादलाई थप उग्र बनाइदिएको छ । मोदीले आफ्नो सैन्य क्षमता र हतियारहरु प्रमाणित भएको, पाकिस्तानलाई धुलोमा मिलाइदिएको, पाकिस्तान विश्व आतंकबादको हेडक्वाटर भएको लगायत दाबी गरेका थिए ।

जसलाई पाकिस्तनले खारेज गर्दै आफूपनि आतंकबादबाट पीडित भएको बताएको छ । मोदीले सोमबार दिएको बयानलाई उसले ‘उत्तेजक’ भन्दै अस्वीकार गरेको छ । यसबीच मंगलबार राति अबेर इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ’पर्सोना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेर पाकिस्तानले भारतविरुद्ध बदला लिएको छ ।

यसअघि मंगलबार नै भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, अधिकारीलाई २४ घण्टाभित्र भारत छाड्न भनिएको छ ।

यसको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै भनेको छ, ’पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई अस्वीकृत व्यक्ति घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टाभित्र पाकिस्तान छाड्न निर्देशन दिइएको छ।’

जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव यति बढ्यो कि यो सैन्य द्वन्द्वमा परिणत भएको थियो । मे ७ मा दुई देशबीच सुरु भएको सैन्य द्वन्द्व मे १० को साँझ युद्धविराम घोषणा भएपछि मात्र रोकिएको छ ।

तर अझै तनाव जारी छ । र यसबीच युद्धका कारण भारतको सैन्य प्रतिष्ठा तल झरेको र यसले पाकिस्तानलाई थप खतरामा पारेको विश्लेषण भइरहेका छन् । सोमबार राति मोदीले विजेता शैलीमा पाकिस्तानलाई नसिहत दिए पनि चार दिनको लडाइँले भारतको सैन्य प्रतिष्ठा बढाउनेभन्दा घटाउने काम गरेको कतिपय विश्लेषकको तर्क छ ।

पाकिस्तानी हतियार र सैन्य क्षमतालाई कम आकलन गर्दा भारतको कमजोरी उदांगो भएको तिनको भनाइ छ । यो लडाइँ अघिसम्म यो क्षेत्रमा भारत निर्विवाद रूपमा प्रभुत्वशाली शक्ति थियो । तर, अब त्यो स्थिति नरहेको पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानी खारको दाबी छ ।

‘भारतले नतिजा नसोची एक्कासि आणविक हतियार सम्पन्न छिमेकीमाथि क्षेप्यास्त्र आक्रमण गरेर गल्ती गरेको’ उनले बताइन् । ‘जवाफी कारबाहीबाट बच्ने क्षमता पनि रहेनछ । उसले प्रतिशोध लिने पाकिस्तानको इच्छा र क्षमताको अनुमान पनि गर्न सकेन,’ खारको भनाइ वासिङ्टन पोस्टले उद्धृत गरेको छ, ‘भारत परम्परागत हतियारमा हामीभन्दा श्रेष्ठ छ भन्ने हाम्रो विश्वास टुटेको छ ।

ज्यादा हतियार हुँदैमा प्रभुत्व कायम हुँदैन । तिनलाई कति प्रभावकारी हिसाबले प्रयोग गरिन्छ भन्ने कुरा मुख्य हो।’ वासिङ्टन पोस्टको विश्लेषणमा भारतले दुईवटा राफेल विमान गुमाएको छ । पाकिस्तानले भने पाँचवटा विमान खसाएको दाबी गर्दै आएको छ ।

जसको भारतले न पुष्टि गरेको छ, न अस्वीकार । ‘क्षेत्रीय प्रभुत्वशाली शक्तिका रूपमा भारतको छवि धमिलिएको छ,’ विश्लेषक युसुफ नजर अलजजिरामा लेख्छन्, ‘भारत सरकारले स्पष्ट रूपमा राफेललाई ज्यादा बढाइचढाइ गरेको देखियो।’

भारतकै केही रक्षा विश्लेषकहरूले पनि धेरै पहिलेदेखि भारतीय सेना चीन समर्थित पाकिस्तानसँग लड्न तयार नभइसकेको चेतावनी दिँदै आएका थिए । विपक्षीहरूले चीन र पाकिस्तानलाई एक ठाउँमा आउने मौका दिएको भन्दै भारतीय विदेशनीतिको आलोचना गर्ने गरेका थिए ।

ती चेतावनी र आशंकाहरूलाई भारत सरकारले खारेज गर्दै आएको थियो । ‘तर, यो घटनाले भारतको रणनीतिक सीमिततालाई उदांगो पारिदिएको छ,’ नजर लेख्छन्, ‘नयाँ दिल्लीले प्रतिक्रियामा रक्षा बजेट बढाउनुका साथै कस्मिरको थप सैनिकीकरण गर्न सक्छ।’ उता, कसैगरी युद्ध टरेपछि पाकिस्तानमा भने खुसीको माहोल छ ।

तर, उत्साहमा डुबेको पाकिस्तानले यथार्थ बुझ्न नसकिरहेको विश्लेषकहरूको भनाइ छ । भारतले गत साता पाकिस्तानभित्र हमला गरेर केही नियम बदलेको छ । आइन्दा भारतप्रशासित कस्मिरमा आतंकवादी हमला भयो भने त्यस्तै आक्रमण गर्ने भारतले सार्वजनिक रूपमै बताइसकेको छ ।

मोदीले ‘आतंकवाद विरुद्ध नयाँ रेखा कोरेको र न्यु नर्मल तयार गरेको’ बताएका छन् । युद्धविराम गरेकोमा भारतमा केही आलोचना बेहोरिसकेका उनी अर्कोचोटि तनाव बढ्दा झन् आक्रामक हुन बाध्य हुने विश्लेषकहरूको भनाइ छ ।

पाकिस्तानी पत्रिकाका सम्पादकीय र नेताहरूको अभिव्यक्तिमा अहिले खुसी मात्र पोखिएको देख्न सकिन्छ । आइतबार राति पत्रकार सम्मेलनमा एयर भाइस मार्सल औरंगजेब अहमदले पाकिस्तानले भारतविरुद्ध ‘निरोधक पुनस्र्थापित गरेकाले उसलाई न्यु नर्मल स्थापित गर्न नदिएको’ बताएका छन् ।

इस्लामावादका अधिकारीहरू बुधबार भारतीय विमान खसाएको कुरालाई निकै ठूलो उपलब्धिका रूपमा चर्चा गरिरहेका छन् । यसलाई भारतको महँगो पश्चिमा विमानको तुलनामा पाकिस्तानको सस्तो चिनियाँ विमानको जितका रूपमा प्रस्तुत गरिहेका छन् ।

तर, पाकिस्तानका वरिष्ठ पत्रकार नज्म सेठी यो विजयोन्माद खतरनाक भएको बताउँछन्। ‘पाकिस्तानीहरू आफ्नो सफलतामा ज्यादा रमाइरहेका छन् । र, आउँदो हमलाको सामना गर्न तयार भइरहेका छैनन् ।

साँच्चै भन्दा म डराएको छु’ उनले भने । चार दिनको लडाइँ अन्तिम चरणमा कति गम्भीर स्थितिमा पुगेको थियो भन्ने कुरा पनि पाकिस्तानीहरूले बिर्सेका छन् । खासगरी शनिबार । त्यो दिन भारतले पाकिस्तानका कयौँ सैन्य शिविरहरूमा हमला ग¥यो ।

रावलपिन्डीमा सेनाको मुख्यालयमा समेत । जसको बदलामा पाकिस्तानले ठूलो मात्रामा भारतीय सैन्य निसानाहरूमा आक्रमण ग¥यो । लडाइँको एक विन्दुमा पाकिस्तानको आणविक र रणनीतिक हतियार रेखदेख गर्ने सरकारी निकायलाई प्रधानमन्त्रीले छलफलमा बोलाएका थिए ।

यसले अमेरिकी अधिकारीहरू त्रस्त भए । ‘अब स्थिति गम्भीर भयो भनेर हामीले अमेरिकालाई सूचित ग¥यौँ,’ अमेरिकाका लागि पाकिस्तानका पूर्वराजदूत मलिहा लोधी भन्छन्, ‘रावलपिन्डीमाथि आक्रमणलाई अमेरिकाले पनि खतरा मान्यो । पूर्ण युद्ध निकट आइसकेको थियो।’

त्यसपछि अमेरिकाको पहलमा युद्धविराम भएको थियो । तर, पाकिस्तानी सैन्य प्रतिरोधका कारण नयाँ दिल्ली नरोकिएको भारतीय विश्लेषकहरूको तर्क छ । भारतमा फेरि आतंकवादी हमला भए भारतले उत्तिकै सशक्त सैन्य कारबाही गर्ने स्पष्ट भएको इन्स्टिच्युट फर कन्फ्लिक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक अजय साहनी बताउँछन् ।

र, भारतले अर्कोचोटि सैन्य कारबाही गर्दा युद्ध सुरु हुने जोखिम अझ बढ्ने युनिभर्सिटी एट अल्बानीका सहप्राध्यापक तथा अमेरिकी रक्षा मन्त्रालयका पूर्व दक्षिण एसिया विज्ञ क्रिस्टोफर क्लारी बताउँछन् ।

यता साउदी अरब भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम हुनुमा अमेरिकाको हात रहेको दाबी फेरि दोहो¥याएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार रियादमा आयोजित साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान यद्धविराम गर्न सहमत भएको जिकिर गरेका हुन् ।

नत्र लाखौँ मानिस मारिने अवस्था बनिसकेको उनले बताए । ट्रम्पले भने, ’मेरो सबैभन्दा ठूलो उद्देश्य शान्तिप्रिय र मानिसहरूलाई एकताबद्ध गर्ने व्यक्ति बन्नु हो। मलाई युद्ध मन पर्दैन।’ उनले थपे, “केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भयो।’

यसका लागि आफूले व्यापारलाई व्यापक रूपमा प्रयोग गरेको उनले बताए । उनले भने, ’मैले भनेँ– कि सम्झौता गरौँ, व्यापार गरौँ । आणविक क्षेप्यास्त्रहरूको व्यापार नगरौँ, तर तपाईंले यति सुन्दर ढंगले बनाउने चिजहरूको व्यापार गरौँ।’

उनले दुवै देशका नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताका रूपमा प्रशंसा पनि गरे । यता भारतले केही दिन लिएर भएपनि ट्रम्पको यो दाबीको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पाकिस्तान विरुद्धको सैन्य द्वन्द्वको समयमा भारत अमेरिकासँग निरन्तर सम्पर्कमा रहेको स्वीकार गरे पनि यस अवधिमा व्यापारमा कुनै वार्ता नभएको स्पष्ट पारेका छन् ।

साप्ताहिक मिडिया ब्रिफिङमा जयस्वालले भने, ‘भारत र अमेरिकाका नेताहरूबिच मे ७ देखि मे १० सम्म वार्ता भएको थियो । जयस्वालले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै भने, ‘अमेरिकासँग ’पाकिस्तान सैन्य द्वन्द्व रोक्ने’ वा मध्यस्थताको बारेमा कुनै छलफल भएको छैन ।’

उनले पाकिस्तान विरुद्ध सैन्य कारबाही रोक्ने बारेमा विस्तृत विवरण दिए । उनले भने, ‘मे १० को बिहान, जब भारतले पाकिस्तानका धेरै एयरबेसहरूलाई निशाना बनाएर ध्वस्त पारेको थियो, भारतीय विदेश मन्त्रालयलाई १२ः३७ बजे पाकिस्तान उच्चायोगबाट (यस सम्बन्धमा) अनुरोध प्राप्त भयो ।

पाकिस्तानका डीजीएमओद्वारा हटलाइनमा सम्पर्क गर्ने प्रयास गरिएको थियो, तर प्राविधिक कारणले गर्दा हटलाइनमा समस्याहरू थिए । यसपछि, यी समस्याहरू समाधान भए र ३ः३० बजे दुवै देशका डीजीएमओहरू बिच कुराकानी भयो ।’

Advertisement

जयस्वालले पहलगाम आक्रमण पछि स्थगित गरिएको सिन्धु जल सन्धि पाकिस्तानले ‘आतंकवादलाई समर्थन’ पूर्ण रूपमा बन्द नगरेसम्म निलम्बन रहने पनि जानकारी दिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top