×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

बालेनले २५ वर्षदेखि हराएको नक्साल हिटीमा पानी निकाले

३ जेष्ठ २०८२

२ जेठ , काठमाण्डौ ।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा नै उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरुको विपक्षमा उभिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन्।

नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ ।

यसरी परिवर्तन गरिएका समितिहरूमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् ।

यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक थिए ।

अब ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजीना श्रेष्ठ संयोजक तोकिएका छन् ।

संयोजकबाट हटाइएका वडाध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई महानगरका हाजिरी गराउन सक्रिय रुपमा लागेका थिए ।

पछिल्लो समय बालेनका विभिन्न क्रियाकलापहरुप्रति खुला असहमति जनाएका वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितबाट हटाइएको छ ।

प्रशासकीय अधिकृत गुरागाईंलाई नगर प्रहरीको अवरोध बाबजुद कार्यालय प्रवेश गराउन मानन्धरले अग्रणी भूमिका खेलेका थिए । नविनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएको छ ।

यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई क्रमशः सुशासन समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिबाट हटाइएको छ ।

सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् ।

यसैबीच काठमाडौं महानगरले २५ बर्ष पछि नक्साल हिटीमा पानीको पुनःप्रवाह स्थापित गराएको छ । ५ बर्ष पछि नक्साल हिटीमा पानीको पुनःप्रवाह गराएको भन्दै मेयर बालेनले सम्पदा संरक्षणको सफल प्रयास भनेका छन् ।

बालेनले २०७९ को भदौमा महानगरपालिकाका ३२ वटै वडामा अनुगमनका लागि पुग्दा नक्साल हिटीको पनि अनुगमन गरिएको भन्दै ५५ सालदेखि बन्द रहेको हिटीमा पुनर्निर्माण कार्य सम्पन्न भएसँगै परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको जानकारी दिएका छन् ।

पूर्ववत अवस्थामै धारालाई फर्काउन गरिएका प्रयासका विषयमा पूर्ण जानकारी दिँदै बालेनले लेखेका छन््,अनुगमनका क्रममा स्थानीय बासिन्दाले उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको जानकारी दिनुभयो।

साथै, पुरातत्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको भेटियो।

हामीले उक्त समस्याको जानकारी पाएपछि त्यसको समाधानका लागि सम्पदा तथा पर्यटन विभागलाई आवश्यक पहल गर्न अनुरोध गर्यौं।

विभागले अनुगमन गर्दा हिटीको निकाससँग जोडिएको पुरानो मंगाललाई माटोले पुरिएको अवस्थामा फेला पारेको थियो। करिब ४ फिट खन्दा उक्त मंगाल भेटिएको हो।

तर, त्यस मंगालमा पानीको बहाव देखिएन। सोही क्रममा उक्त मंगालसँग जोडिएका तीनवटा घरहरूले पनि हिटीको निकास अवरुद्ध पारेको पत्ता लाग्यो। ती घरधनीहरूसँग वडा नम्बर १ मार्फत समन्वय गरिएको थियो।

छलफलको क्रममा पुरानो मंगालमार्फत पानीको निकास सम्भव नभएको निष्कर्षमा पुगिएपछि नयाँ मंगाल निर्माण गर्नुपर्ने सुझाव प्राप्त भयो। त्यसअनुसार ती तीनवटा घरधनीहरूलाई जनही रु. २–२ लाख जरिवाना गराई सो रकमबाट नयाँ मंगाल निर्माण गरिएको हो।

उक्त हिटीको निकास नारायणहिटी संग्रहालय भित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। तर, टुकुचासम्मको मार्गभित्र रुखका जरासहितका अवरोधहरूका कारण पनि हिटीको प्रणाली प्रभावित भएको पाइयो।

करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ।

यस अवधिमा विभिन्न हिटीसम्बन्धी जानकारहरूले पनि स्थलगत अनुगमन गर्नुभएको थियो। हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ।

हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको जानकारी गराउन चाहन्छौं।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top