×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

स्पेनिस ला लिगाको उपाधि २८औँपटक बार्सिलोनालाई

३ जेष्ठ २०८२

२ जेठ ,एजेन्सी ।

करिम बेन्जेमाको कप्तानीमा अल इत्तिहादले साउदी प्रो लिगमा र क्याटालन क्लब बार्सिलोनाले फेरि एकपटक स्पेनिस फुटबलमा आफ्नो
प्रभुत्व कायम राखेका छन् ।

Advertisement
Advertisement

दुई फरक महादेशका दुई विशाल क्लबहरूले आ–आफ्नो लिगमा विजय झण्डा फहराउँदै, समर्थकहरूलाई गौरव, उत्साह र खुसीको अनुभूति दिलाएका छन् ।

करिम बेन्जेमाको कप्तानीमा रहेको अल इत्तिहादले साउदी प्रो लिगको उपाधि जितेको छ । अल इत्तिहादले बिहीबार राति अल–राइदविरुद्ध ३–१ को जित निकालेसँगै प्रो लिगको उपाधि निश्चित गरेको हो ।

अल–इत्तिहादलाई जित दिलाउन स्टेभन बेर्जविन, ड्यानिलो पेरेरा र अब्दुलरहिम अलोबुदले गोल गरे । अल–राइदका ओउमार गोन्जालेजले एक गोल गरेका थिए ।

नवौँ मिनेटमा गोन्जालेजको गोलमा राइदले अग्रता बनाएको थियो । २१औँ मिनेटमा बेर्जविनको गोलमा इत्तिहाद खेलमा फर्कियो । ४०औँ मिनेटमा पेरेराले गोल गरेपछि इत्तिहादले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

४७औँ मिनेटमा अलोबुदले गोल गरेसँगै इत्तिहादले ३–१ को जित पक्का गरेको हो । प्रो लिगको इतिहासमा इत्तिहाद १०औँपटक च्याम्पियन बनेको हो ।

इत्तिहादले पछिल्लोपटक सन् २०२३ मा प्रो लिगको उपाधि जितेको थियो । जितसँगै अल–इत्तिहादले ३२ खेलबाट ७७ अंक जोडेको छ । त्यो दोस्रो स्थानको अल–हिलालको भन्दा नौ अंक धेरै हो ।

प्रो लिगमा अब अन्तिम दुई चरणका खेल बाँकी छ । अल हिलालले ३१ खेलबाट ६८ अंक जोडेको छ । अल–इत्तिहादसँग पराजित अल–राइद २१ अंकसहित तालिकाको पुछारमा छ ।

यस्तै क्याटालन क्लब बार्सिलोनाले २८औँपटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति ‘सहरिया प्रतिद्वन्द्वी’ स्पान्योलविरुद्ध २–० को जित निकालेसँगै बार्सिलोना दुई खेलअगावै ला लिगा च्याम्पियन बनेको हो ।

यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग सात अंकको अग्रता बनाएको छ । रियालविरुद्ध यसअघिको खेलमा ४–३ को जित निकालेसँगै बार्सिलोना उपाधि होडमा बलियो बनेको थियो ।

बिहीबारको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फेर्मिन लोपेजले गोल गरे । बार्सिलोनाले दुवै गोल दोस्रो हाफमा गरेको हो । यमलले ५३औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए ।

इन्ज्युरी समयमा लोपेजले अर्को गोल थपे । खेलको ८०औँ मिनेटमा लियान्ड्रो काब्रेराले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि स्पान्योल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै बार्सिलोनाले ३६ खेलबाट ८५ अंक जोडेको छ । त्यो ला लिगाको अन्तिम दुई खेल बाँकी हुँदा दोस्रो स्थानको रियालभन्दा दुई अंक धेरै हो ।

Advertisement

समान खेलबाट रियालको ७८ अंक छ । ३६ खेलबाट ३९ अंक जोडेको स्पान्योल भने तालिकाको १६औँ स्थानमा छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top