×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

३ जेष्ठ २०८२

२ जेठ , विराटनगर ।

काठमाडौं मेडिकल कलेज (केएमसी) ले ब्रेन डेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको छ ।

Advertisement
Advertisement

आफ्नो इतिहासमा एउटा ऐतिहासिक सफलता हासिल गर्दै ब्रेन डेड डोनरमार्फत अंगदान सफलतापूर्वक सम्पन्न गरेको केएमसीले दाबी गरेको छ । यो ब्रेन डेड व्यक्तिबाट अंगदान गरिएको उपलब्धि नेपालकै सन्दर्भमा छ्रैटौं दुर्लभ घटना भएको केएमसीको दाबी छ ।

दुर्लभ र संवेदनशील यो प्रक्रियामा ब्रेन डेड घोषित व्यक्तिबाट जीवनदायी अंगहरू कलेजो र दुईवटा मिर्गौला दान गरिएका हुन्। ब्रेन डेड भएका १८ वर्षीय दोर्जेमान तामाङ धादिङको गजुरी गाउँपालिका–७ निवासी थिए।

काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका क्रममा चिकित्सकीय परीक्षणपछि ब्रेन डेड घोषणा गरिएको थियो। त्यसपछि, उनका बुबा र दाजुको सहमतिमा अंगदान प्रक्रिया सम्पन्न गरिएको हो।

केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो। ती अंगहरू दुईजना बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको केएमसीले बताएको छ ।

केएमसीले भनेको छ,अंगदानको क्षेत्रमा यो उल्लेखनीय प्रगति आफ्नो चिकित्सा सेवा र सामाजिक उत्तरदायित्वको प्रतिबद्धताको प्रमाण हो ।

यो सफलताले अंग प्रत्यारोपण सेवामा केएमसीलाई मात्रै नभई समग्र देशकै चिकित्सा प्रणाली र जनचेतनालाई सकारात्मक दिशातर्फ अघि बढाएको केएमसीले जनाएको छ ।

ब्रेन डेड भन्नाले मानिसको मस्तिष्क पूर्णरूपमा काम गर्न छाडेको अवस्था हो, जुन अवस्था अपरिवर्तनीय हुन्छ। ब्रेन डेड व्यक्ति श्वासप्रश्वास, मुटुको धड्कन जस्ता कार्य कृत्रिम जीवन समर्थन प्रणाली अर्थात भेन्टिलेटर आदि मार्फत मात्र चलिरहेका हुन्छन्। तर, चेतना, प्रतिक्रिया, मस्तिष्क क्रिया सम्पूर्णरूपमा बन्द भइसकेको हुन्छ।

चिकित्सकीय रूपमा यस्तो व्यक्ति कानुनी रूपमा मृत मानिन्छ। तर ब्रेन डेड डोनरमार्फत अंगदान गरेर अन्य ब्यक्तिलाई बचाउन सकिन्छ । यो भन्नाले, ब्रेन डेड भइसकेको व्यक्तिबाट उसका स्वस्थ अंगहरू जस्तैः मुटु, कलेजो , मिर्गौला, फोक्सो लगायत निकाली अर्काे बिरामीलाई प्रत्यारोपण गर्ने प्रक्रिया हो।

ब्रेन डेड डोनरले एउटै समयमा ८–१० जना मानिसको जीवन बचाउन सक्ने सम्भावना रहने चिकित्सकहरु बताउँछन् । नेपालमा अंग प्रत्यारोपण केन्द्र रहेको छ, र कानुनी रूपमा पनि ब्रेन डेड डोनरबाट अंगदान गर्न सकिने व्यवस्था छ ।

अंगदान गर्न डोनरका परिवारको सहमति आवश्यक हुन्छ। तर जनचेतना र अंगदानप्रतिको सकारात्मक दृष्टिकोणको अझै कमी रहेको चिकित्सकहरु बताउँछन् ।

अस्पताल प्रशासनका अनुसार, निकट भविष्यमा केएमसीले लिभर ट्रान्सप्लान्ट जस्तो जटिल र जीवनरक्षक शल्यक्रिया सुरु गर्ने तयारी गरिरहेको छ। यसका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र उपकरणहरू जुटाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ ।

केएमसी नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको स्वामित्वमा रहेको संस्था हो ।

सांसदको सेवा सुविधा समेत नलिने निर्णय गरेका डा शर्माले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएका छन्।

Advertisement

शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था मिलाउदै आएको डा. शर्माले बताएका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top