×

NEPAL TIMES UPDATES

Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026

पाकिस्तान भन्छ आजसम्म युद्धविराम, भारत भन्छ होइन

५ जेष्ठ २०८२

४ जेठ , एजेन्सी ।

भारत र पाकिस्तानबीचको युद्धविराम आज समाप्त हुने चर्चाका बीच भारतीय सेनाले प्रतिक्रिया जनाएको छ । भारतीय सेनाले विज्ञप्ति जारी गर्दै आज कुनै पनि डीजीएमओ स्तरको वार्ता तय नगरिएको र युद्धविराम समाप्त हुने कुनै मिति नरहेको बताएको छ ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘जहाँसम्म मे १२ मा डीजीएमओ वार्तामा निर्णय गरिएको युद्धविराम अवधिको सवाल छ, यसको कुनै म्याद समाप्त हुने मिति छैन।’

दुबै देशबीच मे १२ मा भएको डीजीएमओ स्तरको अन्तक्र्रियामा छलफल गरिएको युद्धविराम सम्झौता यथावत् कायम रहने भारतीय सेनाले स्पष्ट पारेको छ।

भारतीय सेनाले युद्धविरामको म्याद समाप्त हुने कुनै मिति नरहेको प्रतिक्रिया दिइरहदा शुक्रबार पाकिस्तानी पक्षले भने भारतसँगको संवादआ आज आइतबारसम्म युद्धविरामको समय थप गर्ने समझदारी बनेको र आजै राजनीतिक वार्ता हुने बताएको थियो ।

भारत र पाकिस्तानबीच मे १० देखि सुरु भएको युद्धविरामलाई मे १८ सम्म लम्ब्याउने सहमति भएको पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले संसदलाई सम्बोधन गर्दै जानकारी दिएका थिए ।

पाकिस्तानी संसदालाई सम्बोधन गर्दै उनले दुवै देशका सेनाले दिनको शुरुमै सम्पर्क गरी राजनीतिक वार्ताको साथ अगाडि बढ्ने योजनासहित युद्धविरामलाई लम्ब्याउने निर्णयमा पुगेको बताएका थिए ।

युद्धविराम शुरुमा मे १० मा मे १२ सम्म रहने सहमति भएको थियो । पछि यसलाई मे १४ सम्म बढाइएको थियो । र अब मे १८ सम्म थपिएको डारले बताएका थिए ।

डारले सैन्य स्तरको सञ्चार अहिलेसम्म युद्धविराम कायम राख्न महत्वपूर्ण भुमिका खेलेको र मे १८ पछि राजनीतिक वार्ता शुरु हुने समेत संसदलाई जानकारी दिएका थिए ।

यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भारतसँग शान्ति वार्ताका लागि हात अघि बढाइसकेका छन् । उनले भारत यदि शान्तिको कुरा गर्न चाहन्छ भने त्यसका लागि आफू तयार रहेको बताएका छन्।

शरिफले पाकिस्तानको कामरा एयर बेस भ्रमणका क्रममा उक्त कुरा बताएका हुन्। उनले भनेका छन्, ’म स्पष्ट शब्दमा भन्न चाहन्छु– युद्ध उन्मादको ज्वरो कम भएको छ। अब तपाईं शान्तिको कुरा गर्नुहुन्छ भने हामी यसका लागि तयार छौँ।’

उनले थपे, ’यो शान्तिका लागि आवश्यक अवस्था सबैलाई थाहा छ। हामी बसेर यसबारे कुरा गरौँ।’ यस क्रममा उनले पाकिस्तानी वायुसेनाका कर्मचारी र अधिकारीहरूलाई भेटेर प्रशंसा गरे।

जम्मु र कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव चर्किएको थियो। उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो।

सोही प्रतिक्रियास्वरूप भारतले ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दै पाकिस्तान र पाकिस्तान–अधिकृत कश्मीरका नौ वटा आतंकवादी ठेगानाहरूलाई लक्षित गरेको थियो।

चार दिनसम्म चलेको भीषण सीमा वारपछिको परिस्थितिमा दुबै देशले मे १० मा युद्धविरामको सहमति गरेका थिए । आज भारतीय सेनाले भनेको छ, “मे १२, २०२५ को साँझ ५ बजे भारत र पाकिस्तानका डीजीएमओबीच वार्ता भएको थियो। यसमा दुबै पक्षले एकअर्कामाथि कुनै गोली नचलाउने वा आक्रामक कार्य नगर्ने प्रतिबद्धता कायम राख्ने सम्बन्धमा छलफल गरिएको थियो।”

सैन्य सञ्चालन महानिर्देशक भन्नाले सीमामा सैनिक योजना तथा कारबाहीहरू हेर्ने वरिष्ठ सैनिक अधिकारीलाई जनाइन्छ। मे १० मा पाकिस्तानका डीजीएमओले भारतीय समकक्ष लेफ्टिनेन्ट जनरल राजीव घाइलाई फोन गर्दै दुबै देशले सम्पूर्ण गोलीबारी र सैन्य गतिविधिहरू रोक्ने सहमति गरेका थिए।

यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भारत र पाकिस्तानबीच युद्धविराम गराएको दाबी गर्दै आएका छन् ।जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको वैमनस्य सैन्य द्वन्द्वमा परिणत भएको थियो।

मे ७ मा दुई देशबीच सुरु सैन्य आक्रमण मे १० को साँझ युद्धविरामको घोषणापछि मात्र रोकिएको थियो।यद्यपि यसपछि पनि दुई देशबीच एकअर्काविरुद्ध सैन्य हमला जारी राखेको आरोप–प्रत्यारोप चलेको थियो।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top