×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

अपरेसन सिन्दूरले पाकिस्तानी मुख्यालय ध्वस्त ! भारतले विश्वलाई बताउँने

५ जेष्ठ २०८२

४ जेठ , एजेन्सी ।

भारतका गृहमन्त्री अमित शाहले ’अपरेसन सिन्दूर’लाई लिएर फेरि एक ठूलो दाबी गरेका छन् । उनले यो अपरेशनले पाकिस्तानी मुख्यालयलाई ध्वस्त पारेको दाबी गरेका छन् ।

Advertisement
Advertisement

शनिबारदेखि गुजरातको भ्रमणमा रहेका उनले गान्धीनगरमा कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मोदीजी प्रधानमन्त्री बनेदेखि तीनवटा आक्रमण भएका छन् र मोदीजीले तीनैवटा आतंकवादी आक्रमणको उचित जवाफ दिएका छन् ।

उरीलाई सर्जिकल स्ट्राइकले ध्वस्त पारेको थियो, पुलवामालाई हवाई आक्रमणले ध्वस्त पारेको थियो भने अहिले पाकिस्तानी मुख्यालयलाई ’अपरेसन सिन्दूर’ ले ध्वस्त पारेको छ।’

गृहमन्त्री शाहले भारतीय सेनाले पाकिस्तानभित्र १०० किलोमिटर भित्र प्रवेश गरेर १०० भन्दा बढी आतंककारीलाई मारेको दाबी गरे । उनले भने, ‘हाम्रो सेनाले पाकिस्तानभित्र १०० किलोमिटर भित्र प्रवेश गरी ९ वटा आतंकवादी लुक्ने ठाउँ ध्वस्त पा¥यो । साथै १०० भन्दा बढी आतंककारी मा¥यो।’

पाकिस्तानले कच्छदेखि कश्मीरसम्म आक्रमण गर्ने दुस्साहस गरेको बताउँदै उनले त्यसलाई भारतीय सेनाले विफल पारेको जिकिर गरेका हुन् ।

शाहले भने, ‘भारतमा एउटा पनि मिसाइल खसेको छैन । हाम्रो सेनाले पाकिस्तानी एयरबेस पनि ध्वस्त पा¥यो । हाम्रो सेनाले पहलगाम आक्रमणको बदला लिँदै जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाको मुख्यालयलाई उडाइदियो।’
.
यसबीच पाकिस्तानविरुद्ध चलिरहेको ’अपरेसन सिन्दूर’का बीच भारतका रक्षा बलले हतियार र गोला बारुद किन्न लगभग ४० हजार करोड रुपैयाँ पाउने भएका छन् ।

भारतीय सञ्चामाध्यमका अनुसार सेनाले आपतकालीन शक्ति अन्तर्गत निगरानी ड्रोन, अत्याधुनिक घातक ड्रोन, लामो दूरीको प्रहार हतियार, तोपखानाका लागि गोला बारुद, विभिन्न प्रकारका वायु रक्षा प्रणाली र मिसाइल र रकेट जस्ता उपकरण खरिदमा ध्यान केन्द्रित गरिरहेको छ ।

रक्षा अधिकारीहरूका अनुसार रक्षा अधिग्रहण परिषद्ले आफ्नो हालैको बैठकमा आपतकालीन अधिकारअन्तर्गत अधिग्रहण अनुमोदन गरेको हो । बैठकमा रक्षा मन्त्रालयका अधिकारीहरू सहित धेरै वरिष्ठ सैन्य अधिकारीहरू पनि उपस्थित थिए ।

यसबीच अपरेशन सिन्दूर’ र ‘सीमापार आतंकवादविरुद्ध भारतको निरन्तर लडाइँ’ बारे विश्वका विभिन्न देशहरूलाई जानकारी दिन भारतका सात प्रतिनिधिमण्डलहरू चाँडै विदेश भ्रमणमा जाने भएका छन् ।

संसदीय मामिला मन्त्री किरेन रिजिजुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै देश भ्रमण गर्ने नेताहरूको पूर्ण सूची जारी गरेका छन् । रिजिजुले जारी गरेको सूची अनुसार, यसमा भाजपा र कांग्रेस लगायत धेरै दलका नेताहरू समावेश छन् ।

जसअनुसार समूह १बाट बीजेपी सांसद बैजयन्त पाण्डा, भाजपा सांसद निशिकांत दुबे, एआईएमआईएम सांसद असदुद्दीन ओवैसी र अन्य ५ जना साउदी अरब, कुवेत, बहराइन, अल्जेरिया जानेछन् ।

समूह–२मा रहेर भाजपा सांसद रविशंकर प्रसाद, शिव सेना (यूबीटी) बाट प्रियंका चतुर्वेदी र अन्य ६ जना बेलायत, फ्रान्स, जर्मनी, ईयू, इटाली, डेनमार्क जानेछन् ।

समूह–३मा रहेका जनता दल युनाइटेडका सांसद संजय कुमार झा, तृणमूल कांग्रेसका सांसद युसुफ पठान र अन्य ७ जना इन्डोनेसिया, मलेसिया, कोरिया गणराज्य, जापान, सिंगापुर जानेछन् ।

समूह–४मा शिव सेना सांसद श्रीकान्त शिन्दे, भाजपा सांसद बांसुरी स्वराज र अन्य ६ जना युएई, लाइबेरिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, सिएरा लियोन जानेछन् ।

समूह–५मा रहेका कांग्रेस सांसद शशि थरुर, भाजपा सांसद तेजस्वी सूर्य र अन्य ७ जना अमेरिका, पानामा, गुयाना, ब्राजिल, कोलम्बिया जानेछन् ।

समूह–६बाट द्रमुक सांसद कनिमोझी करुणानिधि र अन्य ७ जना स्पेन, स्लोभेनिया, ग्रीस, लाटभिया, रूस जानेछन् । समूह–७ मा रहेका एनसीपी (एससीपी) सांसद सुप्रिया सुले, भाजपा सांसद अनुराग ठाकुर र अन्य ७ जना इजिप्ट, कतार, इथियोपिया, दक्षिण अफ्रिका जानेछन् ।

यी सात प्रतिनिधिमण्डलहरूको उद्देश्य भारतका प्रमुख साझेदार देशहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्य देशहरूको भ्रमण गर्नु हो । उनीहरूले अतिवादमा भारतको अडान स्पष्ट पार्नेछन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top