×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

जो बाइडेनलाई ’हाई ग्रेड’ क्यान्सर,यो कसरी हुन्छ ?

६ जेष्ठ २०८२

५ जेठ , एजेन्सी ।

अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ, जुन उनको हड्डीसम्म फैलिएको छ । उनको कार्यालयबाट आइतबार जारी विज्ञप्तिमार्फत यो जानकारी दिइएको हो ।

पूर्व राष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण २०२४ को अमेरिकी राष्ट्रपति चुनावबाट पछि हट्न बाध्य भएको लगभग एक वर्षपछि यो खबर आएको हो । ८२ वर्षीय बाइडेनले गत हप्ता पिसाबमा देखिएको लक्षणका लागि डाक्टरलाई भेटेपछि शुक्रबार रोगको पहिचान गरिएको थियो ।

क्यान्सर रोगको यो अझ आक्रामक रूप हो, जसलाई ग्लीसन स्कोरमा १० मध्ये ९ ले चित्रण गर्छ । यसको अर्थ उनको रोगलाई ‘उच्च–ग्रेड’ को रूपमा वर्गीकृत गरिएको छ । क्यान्सर रिसर्च यूकेका अनुसार क्यान्सर कोषहरू छिटो फैलिन सक्छन् ।

बाइडेन र उनको परिवारले उपचारका विकल्पहरूको समीक्षा गरिरहेको बताइएको छ । पूर्व राष्ट्रपतिको कार्यालयले क्यान्सर हर्मोन–संवेदनशील रहेको बताएको छ, जसको अर्थ यसलाई सम्भवतः व्यवस्थापन गर्न सकिन्छ ।

यो समाचार बाहिरिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उनी र प्रथम महिला मेलानिया ट्रम्प यसको बारेमा सुनेर दुःखी रहेको बताएका छन् । उनले भने, ‘हामी जोको छिटो र सफल स्वास्थ्यलाभको कामना गर्दछौं।’

बाइडेनको नेतृत्वमा काम गरेकी पूर्व उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एमहोफले एक्समा बाइडेन परिवारलाई आफ्नो प्रार्थनामा राखिरहेको उल्लेख गरेकी छन् । ह्यारिसले भनिन्, “जो एक योद्धा हुन् र मलाई थाहा छ कि उनले आफ्नो जीवन र नेतृत्वमा देखाएको त्यही बल, सहनशीलता र आशासँग यो चुनौतीलाई सामना गर्नेछन् ।”

बाइडेनलाई गत हप्ता पिसाबसँग सम्बन्धित लक्षण देखिएपछि डाक्टरकहाँ परीक्षण गराइएको थियो । त्यस क्रममा शुक्रबार उनमा क्यान्सर रहेको पत्ता लागेको हो । अमेरिकाको क्लिभल्यान्ड क्लिनिकका अनुसार छालाको क्यान्सरपछि प्रोस्टेट क्यान्सर पुरुषहरूलाई असर गर्ने दोस्रो प्रकारको क्यान्सर हो ।

अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले प्रत्येक १०० पुरुषमध्ये १३ जनालाई जीवनको कुनै न कुनै चरणमा प्रोस्टेट क्यान्सर हुने सम्भावना रहेको बताएको छ । जो बाइडनलाई जुन प्रकारको क्यान्सर भएको छ, त्यो निकै जोखिमयुक्त हो ।

प्रोस्टेट क्यान्सर वास्तवमै पुरुषहरुमा हुने एक गंभीर रोग हो । पिसाब थैली र पिसाब नलीको बीचमा रहेको प्रोस्टेट ग्रन्थीले विर्यलाई आवश्यक पर्ने तत्व उत्पादन गर्छ । ४० देखि ४५ वर्षको उमेरपछि पुरुषलाई प्रोस्टेटको समस्या देखिन थाल्छ ।

यो उमेर समूहपछि प्रोस्टेटको आकार र वजन बढ्ने हुनाले यसबाट पिसाब र मिर्गौलासम्बन्धी समस्या आउन सक्छ । २० देखि २५ ग्रामसम्मको प्रोस्टेटलाई ‘ग्रेड वान’ भनिन्छ, जसलाई सामान्य मानिन्छ ।

त्यस्तै, २५ देखि ५० ग्रामसम्मको लागि ‘ग्रेड टु’ ५० देखि ७५ ग्रामसम्मको ‘ग्रेड थ्रि’ र ७५ ग्रामभन्दा माथिकोलाई ‘ग्रेड फोर’ भनी विभाजन गरिएको हुन्छ । प्रोस्टेटका विभिन्न पाँच वटा टुक्रा (लोब) हुन्छन् ।

कुन लोब कसरी बढ्यो त्यही अनुसार कसरी असर गर्छ भन्नेकुरा पत्ता लगाउन क्लिनिकल जाँचहरु गर्नुपर्ने हुन्छ । प्रोस्टेट बढेपछि हुने समस्यालाई दुई तरिकाले हेर्न सकिन्छ।पहिलो हो इरिटेटिभ सिम्टम्स ।

इरिटेटिभ सिम्टम्समा छिटो–छिटो पिसाब लाग्ने, पिसाब गर्न असहज हुने वा जलन हुने समस्या देखिन्छ । अर्को छ अब्स्ट्रक्टिभ सिम्टम्स । पिसाब नलीमा कुनै किसिमको अवरोध आउनुलाई अब्स्ट्रक्टिभ सिम्टम्स भनिन्छ ।

यसमा पिसाबको धारा मसिनो हुनु, पिसाबको गति कम हुनु र पिसाब फेरिसकेपछि पनि पूरै निख्रिएजस्तो नहुनु, राति धेरैचोटि पिसाब लाग्नु जस्ता समस्या देखिन्छन् । प्रोस्टेटको अवरोधका कारण ‘युरिनरी ट्रयाक इन्फेक्सन’ (युटिआइ) हुने गर्छ ।

त्यस्तै, यो समस्या जटिल बन्दै गएमा पिसाबमा रगत देखिनुका साथै किड्नीमा असर पुगी किड्नी फेल हुन सक्छ । ४० वर्षपछिकै उमेरमा उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुको रोग, दमका रोग, इन्डोक्राइन रोगहरु हुन सक्ने भएकाले प्रोस्टेटको समस्या झन् जटिल बन्दै जान्छ ।

प्रोस्टेट बढ्नुका मुख्य दुई कारण हुन्छन् । पहिलो बिनाइन (क्यान्सर नभएको) । बिनाइन संक्रमणका कारण पनि प्रोस्टेट बढ्छ । पुरुषको शरीरमा हुने टेस्टोस्टेरोन हर्मोनमा आउने गडबडीका कारण प्रोस्टेट बढ्ने सम्भावना रहन्छ । यो उमेरसँगै बढेर आउने समस्या हो ।

अर्को हो म्यालिग्न्यान्सी अर्थात क्यान्सर । म्यालिग्न्यान्सी हुनुको पहिलो कारण त वंशाणुगत नै हो । त्यस्तै, रेडियोथेरापी गरिएको छ भने पनि यो समस्या आउन सक्छ । कहिलेकाहीँ प्रोस्टेटको क्यान्सर नभई अन्य कुनै क्यान्सरका कारण रेडियोथेरापी दिइएको छ भने पनि म्यालिग्न्यान्सी हुन सक्ने खतरा रहन्छ ।

प्रोस्टेट क्यान्सर भएको शंका भएमा बायप्सी गरिन्छ । बायप्सीबाट पनि क्यान्सर पत्ता नलागेमा ‘एमआरआई गाइडेड बायप्सी’ गर्नुपर्ने हुन्छ । त्यसपछि क्यान्सरको अवस्था पत्ता लगाई उपचार गरिन्छ । सुरुवाती चरणको क्यान्सर भएमा ‘रोबोटिक सर्जरी’ गर्न सकिन्छ र पूरै निको हुन्छ ।

तर, क्यान्सर जटिल अवस्थामा पुगिसकेको भए ‘रेडियोथेरापी’ र ‘केमो मोडुलेसन’ गरेर बिरामीको प्रोस्टेटलाई स्थिर बनाइन्छ । प्रोस्टेट क्यान्सर अरु क्यान्सरजस्तो चाँडो फैलिएर गम्भीर असर पार्दैन । प्रोस्टेट क्यान्सर भए÷नभएको थाहा पाउनका लागि समय–समयमा क्यान्सर स्क्रिनिङ गरिरहँदा यसको जोखिमबाट बच्न सकिन्छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top