×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

७ जेष्ठ २०८२

६ जेठ ,काठमाण्डौ।

पार्टी रुपान्तरणको पक्षमा रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएर नयाँ सोच भएका युवाहरुलाई समेट्ने अभियानमा रहेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठसँग युवा राजनीतिककर्मी सागर ढकाल जोडिएका छन् ।

Advertisement
Advertisement

सागर सहित उनीजस्तै योजना भएका युवाहरुलाई २०८४मा सिंहदरबार प्रवेश गराउने अभियानमा जोडिएको दुई युवा नेताहरुले उद्घोष गरेका छन् । नेपाली राजनीतिमा नयाँ विकल्प र युवा नेतृत्वको बहस जब–जब चल्छ, केही उदीयमान अनुहारहरू स्वाभाविक रूपमा अगाडि आउँछन्।

हिजो मात्रै सामाजिक सञ्जालमा सार्वजनिक भएको ढकाल र सुमनाको भिडियो अन्तरसंवादले यस्तै दुई युवा राजनीतिकर्मी एकै ठाउँमा उभिएको सन्देश दिएको छ । उनीहरूको कुराकानीको केन्द्रमा थियो ’मिसन ८४’ ।

अर्थात् आगामी २०८४ सालको आम निर्वाचनको तयारी र त्यसमा युवाहरूको भूमिका। यो संवादले नेपाली राजनीतिमा परिवर्तनको आकांक्षा बोकेका धेरै युवाहरूलाई तरंगित बनाएको छ।

यसअघि ७९को निर्वाचनमा डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कडा टक्कर दिएका स्वतन्त्र उम्मेदवार ढकाल आफ्नो जुझारुपन, राजनीतिमा युवा प्रवेश, परम्परागत राजनीतिक शक्तिहरूलाई निरन्तर प्रश्न गर्ने शैली र युवाहरूलाई राजनीतिको मूलधारमा आउन प्रेरित गर्ने अभियान्ताका लागि चिनिन्छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद श्रेष्ठ नीतिगत स्पष्टता, बौद्धिक बहस र सुशासनका मुद्दामा प्रखर रूपमा प्रस्तुत हुने गरेकी छिन्। यी दुई फरक पृष्ठभूमि र कार्यशैली भएका युवाहरूले एकसाथ मिसन ८४ को साझा लक्ष्यमा संवाद गरेपछि सामाजिक संजालमै उनीहरुको समर्थनमा युवाहरुले आफ्नो मत जाहेर गरेका छन् ।

भिडियो संवादमा उनीहरूले आगामी निर्वाचन केवल सत्ता परिवर्तनको खेल मात्र नभई, देशको राजनीतिक कार्यदिशा र भविष्य निर्माणको एक महत्वपूर्ण अवसर भएको कुरामा जोड दिएका छन्।

’मिसन ८४’ लाई सफल बनाउन अहिलेदेखि नै रणनीतिक तयारी, जनचेतना अभिवृद्धि र संगठन विस्तारमा लाग्नुपर्ने उनीहरूको साझा बुझाइ देखिन्छ। सागर ढकालले विशेषगरी युवाहरूलाई मतदाता नामावलीमा नाम लेखाउन, आफ्नो मताधिकारबारे सचेत हुन र राजनीतिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।

उनले पुराना र स्थापित दलहरूको कार्यशैलीप्रति वितृष्णा जागेका युवाहरूलाई निराश नभई, आफैँ परिवर्तनको संवाहक बन्न उत्प्रेरित गर्ने प्रयास गरेका छन्। सांसद श्रेष्ठले भने नीति निर्माण तहमा युवाहरूको प्रतिनिधित्वको महत्व, सक्षम र इमान्दार व्यक्तिहरूलाई राजनीतिमा आकर्षित गर्ने वातावरण र दलहरूभित्र पनि युवामैत्री संरचना विकास गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

उनले ’मिसन ८४’ केवल चुनाव जित्ने अभियान मात्र नभएर, देशलाई सही नीति र नेतृत्व दिने बृहत्तर योजनाको एक हिस्सा भएको बताएकी छन् । यो अन्तरसंवादको सबैभन्दा महत्वपूर्ण पक्ष युवाहरूलाई गरिएको सशक्त अपिल हो।

दुवै जनाले वर्तमान राजनीतिक अवस्थाप्रति निराशा व्यक्त गर्दै पलायन हुने वा निष्क्रिय बस्ने प्रवृत्तिले देशलाई थप संकटमा पार्ने चेतावनी दिएका छन्। उनीहरूले युवाहरूलाई अब चुप लागेर बस्ने बेला होइन, देश बनाउने अभियानमा होमिनुहोस् भन्ने सन्देश प्रवाह गरेका छन्।

सामाजिक सञ्जालमा मात्र असन्तुष्टि पोखेर वा चिया पसलमा गफ गरेर परिवर्तन नआउने, बरु संगठित भएर, आफ्नो मताधिकारको सही प्रयोग गरेर र योग्य व्यक्तिलाई नेतृत्वमा पु¥याएर मात्रै देशले काँचुली फेर्न सक्ने उनीहरूको तर्क छ।

उनीहरुले नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरेका कुलमान घिसिङको योगदानको पनि चर्चा गरेका छन् । युगान्डाबाट फर्किएका सागरले त कुलमानको योजना लोडसेडिङको मार खेपिरहेको युगान्डामा पुर्याउनु पर्ने बताएका छन् ।

देशले काँचुली फेर्नुपर्छ भन्ने हुटहुटी बोेकेका दुई युवा नेताको मिसन ८४ को यो प्रारम्भिक उद्घोषले निश्चय पनि केही आशा र केही प्रश्नहरू एकैसाथ जन्माएको छ। के यस्ता प्रयासहरूले साँच्चिकै परम्परागत राजनीतिको जालो तोड्न सक्लान् ?

के युवाहरू केवल भोट बैंकको रूपमा मात्र प्रयोग हुने हुन् वा निर्णायक शक्ति बन्न सक्लान् ? यी प्रश्नहरूको उत्तर भविष्यले देला, तर सागर ढकाल र सुमना श्रेष्ठजस्ता युवाहरूको सक्रियता र उनीहरूले युवाहरूमाझ जगाउन खोजेको राजनीतिक चेतनाले निश्चय पनि सकारात्मक तरंग पैदा गरेको छ

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top