×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

१५ असार २०८२

१५ असार , काठमाण्डौ ।

देशको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको घटनाले एमाले मात्रै होइन यतिबेला देशकै राजनीति तरिंगित छ । दुई कार्यकाल राष्ट्रपति रहिसकेकी भण्डारीले शनिबार एउटा कार्यक्रममार्फत आफू एमाले पार्टीमा फर्केको घोषणा गरेकी छन् ।

Advertisement
Advertisement

एक वर्षदेखिको उनको सक्रियता र राजनीतिमा फर्किने अनुमानलाई सत्य सावित गर्दै उनी एमालेको मुलधारको राजनीतिमा फर्किएकी छन् । तर उनी सक्रिय राजनीतिमा फर्किएसँगै एमालेको एक पंक्ति अबको एमाले अध्यक्ष केपी शर्मा ओली नै रहने दाबी गर्न थालिसकेको छ भने अर्काेथरी ओलीलाई अध्यक्षमा स्वीकार गर्ने गरी विद्याको राजनीतिमा पुन अवतरण नभएको बताउन थालेको छ ।

यससँगै विद्याको राजनीतिमा अवतरणपछि उनले पूर्व राष्ट्र प्रमुखका रुपमा खाइपाइ आएको सेवा सुविधा त्यागको घोषणा गर्नुपर्छ भन्ने ठूलो पंक्तिसमेत देखिइसकेको छ । यसअघि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा फर्किसकेका छन् ।

भण्डारी राष्ट्रपति रहँदा पुन उपराष्ट्रपति थिए । दुवै एउटै कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति रहेका थिए । जो पुनः राजनीतिमा फर्किएका छन्। राष्ट्रपति र उपराष्ट्रपति रहिसकेका व्यक्ति राजनीतिमा फेरि फर्कनुलाई कतिपयले सकारात्मक रूपमा लिएका छन् भने कसैले आलोचना गरेका छन् ।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा.रामवरण यादव र तत्कालीन उपराष्ट्रपति परमानन्द झा अहिलेसम्म राजनीतिमा फर्किएका छैनन् । डा.रामवरण यादवले राष्ट्रपतिका रूपमा कार्यकाल सकेलगत्तै आफू सक्रिय राजनीतिमा नफर्किने बताएका थिए ।

पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्केको विषयलाई पूर्वराष्ट्रपति यादवले सकारात्मक रूपमा लिएका छैनन् । केही समय पहिले उनले राष्ट्रपति र उपराष्ट्रपति पदमा बसेका व्यक्तिले आफ्नो मर्यादा कायम राख्नुपर्ने धारणा राखेका थिए ।

त्यस यता उक्त विषयमा पूर्वराष्ट्रपति यादवले खासै बोलेका छैनन् । एक वर्षको देश दौडाहाको निचोडअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः फर्किएकी हुन्।

शुक्रबार मदन भण्डारी फाउन्डेसनले गरेको ७४ औँ मदन जयन्तीको अवसरमा ‘जबजका तीन दशक’ विचार गोष्ठीमा करिब चार हजार एमाले नेता–कार्यकर्ताको उपस्थितिमा उनले एमालेमा सक्रिय हुने घोषणा गरिन्।

दिवगंत नेता तथा पति मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद एमालेको मार्गनिर्देशक सिद्धान्त हो। उनकै यही विरासत लिएर विद्या भण्डारीले पनि एमालेमै फेरि सक्रिय हुने र जबजलाई कार्यान्वयनमा लैजाने बताइन्।

उनले एमाले राजनीतिलाई निरन्तरता दिने घोषणा गर्दा हलमा हुटिङ भएको थियो। २०७२ कात्तिक १० गते एमालेको उपाध्यक्ष पद त्यागेर भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति बनेकी थिइन्।

२०७९ फागुन २९ मा राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछिको तीन महिना भण्डारी आफ्नै निवासमै एमाले नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट तथा परामर्श गरेकी थिइन्।

२०८१ असार १४ गते उनी निवासबाट निस्केर काभ्रे जिल्ला पुगिन्। एमाले राजनीतिमा आफ्ना सम्भावना केलाउने नयाँ अध्यायको सुरुवात् गरिन्। त्यसयताका एक वर्ष भण्डारी देशका धेरै जिल्ला पुगिसकेकी छन्।

चीन लगायतका केही मुलुकको भ्रमण पनि गरिन्। देशका विभिन्न जिल्ला र प्रदेश पुग्दा राजनीतिमा फर्कन भण्डारीलाई धेरैले सुझाव दिएका थिए ।

एमालेले यसपटक ढिलोमा ०८३ बैशाखसम्म महाधिवेशन गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेकै बेला महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि अध्यक्षमा नवीकृत भइहाल्ने योजना बनाएका छन्।

उनले आफ्ना लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि नलाग्ने तारतम्य मिलाएका छन्। ठीक यही समय पारेर पूर्वराष्ट्रपति भण्डारीले एमालेमा सक्रिय भएको बताएकी छन्।

त्यसका लागि उनले लामो राजनीतिक विरासतको पनि चर्चा गरिन्। यसैले अब एमालेको भावी अध्यक्ष केपी कि विद्या भन्ने बहस सुरु भएको छ । दुई पटक सम्म विद्या देवी भण्डारीलाई यो देशको राष्ट्रपति बनाउने एक मात्र पात्र केपी शर्मा ओली नै हुन् ।

ओली विद्या बिचको विगतको पार्टीको सक्रिय राजनीतिलाई हेर्ने हो भने पनि कहीँ फरक धार देखिन्न् । तर ओलीले आफू विनाको एमाले कल्पना गर्न नसक्ने र आफू अझै २० वर्ष सक्रिय रुपमा राजनीति गर्ने भनिसकेकाले अहिलेको अवस्थामा ओलीका विरुद्धमा विद्या उठ्नेमा देखिएको दुविधा समेत हटिसकेको आकलन गरिएको छ ।

अहिले एमालेमा ओलीको विरुद्ध कुनै पनि समूह अगाडी देखिने हिम्मत गर्दैन । तर विद्यालाई अगाडि राखेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीका कमजोरीहरु हिजै छताछुल्ल बनाइदिएका छन् ।

उनले भनेका छन्, पार्टीभित्रको द्धन्द्धलाई विधिसम्मत प्रकट हुन दिइएन भने विष्फोट हुन्छ । राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ,विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । अशन्तुष्टि निश्चित विन्दूमा पुगेपछि विष्फोट हुन्छ । यो अभिब्यक्तिबाट ईश्वरले माधव नेपालदेखि भीम रावलसम्मका पार्टीका विवादमा नेतृत्व अर्था ओलीपनि त्यति नै जिम्मेवार रहेको संकेत गरेका छन् ।

२०७२ साल कार्तिक ११ गते विद्या देवी भण्डारी पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । यसै गरी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा विद्या नै निर्वाचित भइन् ।

२०१८ साल असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभञ्ज्याङ गाउँमा उनको जन्म भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व.रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुन् ।

गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौँ आरोह–अवरोहहरू पार गर्दै राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएकी विद्या धेरै महिलाहरूको प्रेरणाको श्रोत बनेकी छिन् ।

२०३५ मा सङ्गठित राजनीतिक जीवनको आरम्भ गरेकी विद्याको २०३९ सालमा नेपाल कम्युनिस्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग विवाह भएको थियो ।

तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुःखद निधन भएसँगै उनको दाम्पत्य जीवन एघार वर्षको छोटो समयमै समाप्त भयो । उनका उषा किरण र निशा कुसुम दुई छोरी छन् ।

२०५४ को माघमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को छैटौँ राष्ट्रिय महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन ।

२०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको उपाध्यक्षमा निर्वाचितमा निर्वाचित भएकी विद्या भण्डारी नवौँ राष्ट्रिय महाधिवेशनमा पुनः पार्टीको केन्द्रीय उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनी २०५० सालको उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचित भएकी थिइन् । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समेत उनी काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी भएकी थिइन् ।

वातावरण तथा जनसङ्ख्या र रक्षा मन्त्री समेत बन्न सफल भएकी विद्यालाई विश्व प्रसिद्ध फोर्स पत्रिकाले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२ औँ स्थानमा सूचिकृत गरेको थियो । यो विरासत बोकेी विद्या फेरि सक्रिय राजनीतिमा फर्किएकी छिन् ।

राष्ट्रपति बनिसकेकी विद्या के अब देशको कार्यकारी प्रधानमन्त्री बन्ने सुरमा छिन् ? यो प्रश्न अनुत्तरित छ । भोजपुरको सामान्य किसान परिवारदेखि शीतल निवासको सर्वोच्च पदसम्मको यात्रा पूरा गरेपछि विद्या भण्डारी अब फेरि पार्टी राजनीतिको धुलाम्मे मैदानमा फर्किएकी छन्।

मदन भण्डारीको विरासत र दुई कार्यकालको राष्ट्रपतीय अनुभव बोकेर फर्किएकी उनको वास्तविक गन्तव्य के हो? के यो पुनरागमन पार्टी अध्यक्ष पदका लागि मात्र हो, वा देशको कार्यकारी प्रमुख बन्ने महत्वाकांक्षाको पहिलो खुड्किलो? उनको यो कदमले एमालेमा ओलीको एकछत्र राजसँगै देशको भावी राजनीतिक समीकरणलाई नै तरंगित र रहस्यमय बनाइदिएको छ। यसमा तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top