×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

ट्रम्प–नेतन्याहु भेटवार्ता, सिरियामा अमेरिकी प्रतिबन्ध अन्त्य गरिने

१७ असार २०८२
१७ असार, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच आगामी जुलाई ७ मा भेटवार्ता हुने भएको छ । अमेरिकी समाचार संस्था रोर्यटसले अमेरिकी अधिकारीहरूलाई उद्धृत उनीहरूबीच भेटवार्ता हुन लागेको जनाएको हो ।
यो भेट ट्रम्पको दोस्रो कार्यकालको दौरान नेतन्याहुको तेस्रो वासिङ्टन भ्रमण हुनेछ भने इरान–इजरायलबिच भएको १२ दिने युद्धपछिको पहिलो प्रत्यक्ष भेट हुनेछ ।
यी दुवै नेताविरुद्ध हालै इरानका सबैभन्दा वरिष्ठ शिया धर्मगुरु ग्रान्ड आयतोल्लाह नासिर मकरिम शिराजीले धार्मिक ‘फतवा’ जारी गरेका छन् । उनले यी दुवै नेतालाई ‘अल्लाहका शत्रु’ भनेका छन् ।
उनले विश्वभरका मुस्लिमलाई एकताबद्ध हुन र इरानविरुद्ध आक्रमण गरेकामा यी नेताहरूलाई पश्चात्ताप गर्न बाध्य पार्न पनि आग्रह गरेका छन् । फतवा इस्लामिक कानुनको व्याख्या हो ।
यो मर्जाद्वारा जारी गरिन्छ । मर्जा बारह इमामी शिया मुस्लिमको सर्वोच्च धार्मिक पद हो । यस्तो फतवा जारी भएपछि पहिलो पटक यी दुई नेता भेट गर्न लागेका हुन् ।
यसैबीच डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको अमेरिकी प्रतिबन्ध हटाउने कार्यकारी आदेशमा छिट्टै हस्ताक्षर गर्ने तयारी गरेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूसँग कुरा गर्दै यस्तो जनकारी दिएकी हुन् ।
उनका अनुसार ट्रम्पले सिरियाको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रतिबन्ध हटाउने निर्णय गरेका हुन् । यसअघि मे महिनामा ट्रम्पले सिरियामाथिका कडा आर्थिक प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए ।
उता इरान र इजरायलबीच हालै भएको १२ दिने युद्धबारे इराक बल्ल बोलेको छ । इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले सोमबार इजरायलले इराकी हवाई क्षेत्रको प्रयोग गर्नु स्वतन्त्र देशको सार्वभौमिकताको उल्लंघन भएको बताएका हुन् ।
बीबीसी फारसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामीसँग उपयुक्त हवाई रक्षा प्रणाली नभएका कारण इजरायली लडाकु विमानहरूलाई इरानमा आक्रमण गर्न इराकी हवाई क्षेत्र प्रयोग गर्नबाट रोक्न सकेनौँ।’
उनले अगाडि भनेका छन्, ‘युद्ध सुरु हुनुभन्दा लगभग ४८ घण्टाअघि सबै सुरक्षा, राजनीतिक र मिडिया अनुमानले सैन्य कारबाही हुन लागेको संकेत गरेका थिए।’
इराकका प्रधानमन्त्रीलाई हवाई क्षेत्रको उल्लंघन रोक्न के कदम चालिएको थियो भनेर सोधिएको थियो । जवाफमा उनले भनेका छन्,।
इजरायलले इराकी हवाई क्षेत्रको प्रयोग गर्नु संयुक्त राष्ट्रसंघको सदस्य रहेको स्वतन्त्र देशको सार्वभौमिकताको उल्लंघन हो । यो संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लंघन हो र इराकी सेना र देशका बासिन्दाहरूका लागि खतरा हो।’
यसैबीच यता इरानले पनि पुनः अमेरिकासंग वार्ता गर्न सकिने बताएको छ । तर यसका लागि उसले शर्त पनि राखेको छ । इरानका उपविदेशमन्त्री मजिद तख्त–रवान्चीले अमेरिका वार्ता पुनः सुरु गर्न चाहन्छ भने उसले थप आक्रमण नहुने ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।
रवान्चीले ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत इरानलाई वार्तामा फर्कन चाहेको बताएको दाबी गरेका छन् । तर वार्ताका क्रममा थप आक्रमण नगर्ने महत्त्वपूर्ण सवालमा अमेरिकाले अझै आफ्नो अडान स्पष्ट नपारेको उनले बताएका छन् ।
इजरायलले इरानविरुद्ध जुन १३ मा सैन्य हमला थालेपछि मस्कटमा हुने भनिएको अप्रत्यक्ष वार्ताको छैटौँ चरण रोकिएको थियो । इरानका उपविदेशमन्त्रीले आफ्नो देशले युरेनियम संवर्धनमा ’जोड दिइरहने’ पनि बताएका छन् ।
उनले आणविक बम बनाउने तयारी गरेको आरोप भने अस्वीकार गरेका छन् ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top