१७ असार, काठमाडौं ।
रूसले यूक्रेनको सुमी क्षेत्र कब्जा गर्नका लागि निकै ठूलो संख्यामा सेनालाई उतारेको छ । रिपोट्र्सका अनुसार ५० हजारभन्दा धेरै रूसी सेनाको स्पेशल फोर्स रुसले तयार पारेको छ ।
सुमी त्यो स्थान हो जहाँबाट यूक्रेनले अगस्ट २०२४ मा रूसको कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो । यूक्रेनको कब्जामा अहिले पनि कुस्र्क क्षेत्रको एक ठूलो हिस्सा रहेकै छ ।
तर अब सुमी एक ठुलो लडाईको केन्द्रमा छ । जसमा दुवै पक्षका तर्फबाट आआफ्नो सक्षम सैनिकहरुलाई मोर्चामा पठाइएको छ । यद्यपि यूक्रेनी जनरल स्टाफले दाबी कि दुश्मन अर्थात रुसलाई यहाँ अघि बढ्न रोकिएको छ ।
तर यस्तो गर्न असंभव रहेको रुसको दाबी छ । यता यूक्रेनले भने अहिले अवस्था स्थिर रहेको र रुसका फौजलाई जूनाकिभका, यबलुनिभका, नोभोमिकोलेभका, ओलेक्सिएभका र किंडरातिभकाका सीमामा रोकिएको दाबी गरेको छ ।
यूक्रेनले भनेको छ कि उसको सेना सीमावर्ती क्षेत्रहरुमा डटेको छ र पलटवारका लागि तयार छ । यता रूसले भनेको छ कि उसको सेनलाई रोक्न असंभव छ । र निकै चाडो पुरै स्थिति काबूमा आउने छ ।
जनरल ओलेक्जान्डर सिरस्की, जो यूक्रेनका शीर्ष सैन्य कमांडर हुन्, उनले भनेका छन्, रूसको रणनीति, संख्याको दममा यूक्रेनी सेनालाई गलाउने रहेको छ ।
तर यसै महिना यूक्रेनले आफ्नो गोप्य एजेंसीको विशेष कमांडो यूनिट्सलाई मैदानमा उतारेको थियो जसले रूसको सेनालाई अग्रिम मोर्चामा नै रोक्नमा सफलता मिलेको थियो ।
सो संस्थाका प्रमुख लेफ्टिनेंट जनरल किरिलो बुदानोभले भने कि रूसले आफ्नो सबैभन्दा सक्षम सेनाको टुकडीलाई सुमीमा पठाएको छ, जसमा १०४ औं एयरबोर्न डिभीजन, ४०औं नौसैनिक ब्रिगेड, ८३औं एयरबोर्न ब्रिगेड र १५५औं मरीन ब्रिगेड शामिल छन् ।
लेफ्टिनेंट जनरल किरिलो बुदानोभ भन्छन्, रूसको मुख्य उद्येश्य यूक्रेनी सीमाभित्र एक बफर जोन बनाउनु रहेको छ । तर उसले निकै तीव्र प्रतिरोधको सामना गर्नु परिरहेको छ ।
यद्यपि रूसले केही इलाकाहरुमा सफलता हात पारेको छ, तर त्यो रणनीतिक रूपले धेरै महत्व राख्दैनन । यूक्रेनी सेनाले पनि थप धेरै टुकडीहरु पठाइरहेको छ र यसले आउने दिनहरुमा युद्ध थप खतरनाक हुने संभावना बढेको छ ।
यद्यपि यो रक्षा अभियान यूक्रेनी सेनाका लागि निकै महंगो साबित भइरहेको छ । वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार जब यूक्रेनी सेनाले गत वर्ष रूसको कुस्र्क क्षेत्र कब्जा गरेको थियो, त्यसबेला सुमीमा बलियो सुरक्षा पंक्ति तैयार गरिने विश्वास गरिएको थियो ।
तर कुस्र्कबाट पछाडी हटेपछि सुमीमा कयौं स्थानहरुमा पुराना खाडलहरु र कमजोर किलाहरु देखिए । जसले गर्दा युक्रेनी सेनाले ड्रोन हमलका बीच आफूहरुका लागि नयाँ सुरक्षा ठेगाना बनाउनु पर्यो ।
यूक्रेनी सैनिकहरुको अर्को पनि आरोप के छ भने, कयौं इलाकाहरुलाई माइनिंग (बारूदी सुरंगहरुबाट सुरक्षित गरिएको थिएन । एक इन्फ्यान्ट्री कमांडर किरिलो भन्छन्, “यस्तो लाग्छ जस्तो तयारीहरु ट्याँक कलमका लागि गरिएका थिए, जबकि असली युद्ध ड्रोन हमलाहरुको हो । हरेक दिन जब एक पोजीशन तैयार हुँदैन थियो कोही पनि फिर्ता आउँदैन थिए“ ।
यता रूसी पक्षले दाबी गरेको छ कि सुमीका कयौं क्षेत्रमा यूक्रेनी सैनिकहरु र उनीहरुको उपकरणहरुमा भारी क्षति पुगेको छ । रूसी रक्षा मंत्रालयले भनेको छ कि सुमीका अलग–अलग इलाकाहरुमा एएफयुका कयौं ब्रिगेडहरु, स्पेशल अप्स डिट्याचमेंट्स र एयर असल्ट यूनिट्सलाई हानी पुगेको छ ।
रूसले हालै युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला पनि गरेको थियो । जसमा ४७७ ड्रोन र २६० मिसाइलहरु हानेको थियो।
यूक्रेनी वायुसेनाले भनेको थियो कि यसमा २४९ ड्रोन र २२६ मिसाइलहरुलाई नष्ट गरिएको छ । रूसी हमलामा यूक्रेनी एफ–१६ को एक फायटर पायलट पनि मारिएका थिए । केही सर्वसाधाण पनि मारिएका थिए ।
यसको अलावा रूसले अब एसयु–३० फाइटर जेट्सबाट केएच–३१ सुपरसोनिक एंटी–शिप मिसाइलहरु लन्च गरेर यूक्रेनी समुद्री ड्रोनलाई निशाना बनाइरहेको छ ।
यद्यपि युक्रेनी गुप्चतर एजेन्सीका प्रमुखले यो दाबीलाई खारेज गर्दै भनेका छन्, यति महंगा मिसाइलहरुको प्रयोग साना, तेज रफ्तार ड्रोन बोट्समा गर्नु “मूर्खतापूर्ण“ हो ।
जे होस् अब सुमीको लडाई यूक्रेन–रूस युद्धको यो चरणमा निकै निर्णायक बन्ने देखिएको छ । दवै पक्ष अब्बल सैनिक मोर्चामा छन् र प्रविधि, रणनीति, हिम्मत र सैनिकहरुको संख्याले यो लडाईमा आफ्नो भूमिका निभाइरहेको छ ।
यद्यपि रूससंग हतियारहरुको भण्डार छ तर यूक्रेनी सेना पनि पछि हट्ने नामै लिइरहेको छैन । यस्तोमा आउने साताहरुमा यो स्पष्ट हुने छ कि सुमीमा कसको पल्ला भारी छ ।
यसैबीच अब अमेरिकी हतियार सहयोगबिना युक्रेनले ६ महिनामात्रै युद्ध लड्न सक्ने विवरणहरु पनि आइरहेका छन् । तर अहिले भने युक्रेनले पनि रुसलाई जवाफ फर्काउन भने छाडेको छैन ।
उसले हालैको आफ्नो एफ १६ फाइटर जेट खसालेको बदाला स्वरुप फेरि रुसी एयरबेसलाई निशाना बनाएको छ । यसैबीच जेलेन्स्कीले देशको सेनालाई बारुदी सुरुङ प्रयोग गर्न आधिकारिक रूपमा अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन् ।
युक्रेनले पहिले ओटावा सन्धिमा हस्ताक्षर गरेको थियो, जसले बारुदी सुरुङको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। यद्यपि, रुसले कहिल्यै यो सन्धिमा हस्ताक्षर गरेन।
युद्धको समयमा उसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ । यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ ।
यद्यपि, राष्ट्रपति जेलेन्स्कीको आदेश अब युक्रेनी संसद्बाट अनुमोदन हुन बाँकी छ । यसैबिच, आधिकारिक रूपमा पोल्याण्ड, फिनल्याण्ड र तीन बाल्टिक देशहरू अर्थात् इस्टोनिया, लाटभिया र लिथुआनियाले पनि ओटावा सन्धिबाट पछि हट्ने बताएका छन् ।