NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
Reading Time: 1 min read
A A
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१७ असार, काठमाडौं ।
१ जुलाईदेखि भारतको प्रधान शत्रु पाकिस्तान संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष बनेको छ । भलै उसको यो अध्यक्षता एक महिनाको लागि हुने छ, तर यसले भारतलाई भने निकै चिढ्याएको छ ।
यस वर्षको जनवरीमा नै पाकिस्तानले यो १५ सदस्यीय काउंसिलको अस्थायी सदस्यका रूपमा आफ्नो २ वर्षको कार्यकाल शुरू गरेको थियो । यस्तै २०१३ पछि यो पाकिस्तानको पहिलो अध्यक्षता हो ।
पाकिस्तानले यसअघि पनि सात पटक सुरक्षा परिषदमा यो पदमा रहेर काम गरिसकेको छ । अब यो उसको आठौं पटक हो । हुन त अध्यक्षता निकै   हदसम्म खाली एक कागजी भूमिका नै हो, जसमा कुनै कार्यकारी अधिकार हुँदैन ।
तर यो पद अहिले यस्तो समयमा पाकिस्तानले पाएको छ जतिबेला विश्वमा हरक्षेत्रमा भू–राजनीतिक तनाव बढीरहेको छ । पाकिस्तानका संयुक्त राष्ट्रका लागि स्थायी प्रतिनिधि, आसिम इफ्तिखार अहमदले शांतिपूर्ण संघर्ष समाधानका लागि इस्लामाबादको प्रतिबद्धतामा जोड दिएका छन् ।
तर यसमा भारतलाई भने के डर छ भने कतै यही अवसरमा पाकिस्तानले पुनः कश्मीरको मुद्दा त उठाउँदैन । भारतीय अखबार द इकोनोमिक टाइम्सले आफ्नो रिपोर्टमा भनेको छ, इस्लामाबादले यो जिम्मेवारी संभालेपछि उठाइन सक्ने विवादित मुद्दाहरुमा भारतले आफ्नो रणनीति तयार गरिरहेको छ ।
यस्तै पाकिस्तान संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष भएकोमा भारतले मंगलवार नै उमाथि मौखिक फायर खोलेको  छ । भारतले ’इस्लामाबाद’ सीमापार आतंकवादमा संलग्न भएको भनेको छ ।
हालैको पहलगाम   आतंकवादी आक्रमणमा विश्वलाई ध्यान दिन उसले भनेको छ । जुन पाकिस्तान समर्थित आतंकवादीद्वारा गरिएको उसको आरोप छ ।
भारतलाई लागेको सबैभन्दा ठूलो डर भनेको, उसलाई लाग्छ कि आगामी दिनहरुमा पाकिस्तानले चीनका साथ मिलेर कश्मीर मुद्दालाई तताउँने तयारी गरिरहेको छ ।
यस्तै कयौं वैश्विक मुद्दाहरुमा पनि अब पाकिस्तानले भारतविरोधी कदम उठाउन सक्ने डर उसलाई छ ।  पाकिस्तान अध्यक्ष बन्नु एक दिनअघि मात्रै भारतले संयुक्त राष्ट्र भवनको प्रवेश द्वारमा ’द ह्यूमन कस्ट अफ टेररिज्म’ नामक प्रदर्शनी आयोजना गरेको थियो ।
यसको लक्ष्य नै पाकिस्तानलाई आतंकवादसंग जोड्नु थियो । जसमा उसले आफ्नो देशमा भएका हमलामात्रै नभएर ९÷११ जस्ता वैश्विक हमलाहरुमा पनि पाकिस्तानको संलग्नता रहेको देखाउने कोशिश गरेको थियो ।
विदेशमंत्री एस. जयशंकरले भनेका थिए कि यो प्रदर्शनीले आतंकवादका पछाडि रहेका दोषीहरुलाई बेनकाब गर्न र वैश्विक स्तरमा आतंकवादविरुद्ध एकजुट हुनका लागि माग गर्न आयोजना गरिएको हो ।
तर भारतका यी प्रयासहरुले पनि पाकिस्तानलाई सुरक्षा परिषदको अध्यक्ष बन्नबाट रोक्न सकेन । सुरक्षा परिषदमा पाकिस्तान र चीन साथसाथै देखिएका छन् ।
अब पाकिस्तानले उच्च–स्तरीय बैठकहरु र खुला बहस आयोजना गर्न सक्छ । उसको स्थायी प्रतिनिधि असीम इफ्तिखार अहमदले अधिकांश बैठकहरुको अध्यक्षता गर्नेछन्, यस्तै उप–प्रधानमंत्री मोहम्मद इशाक डार जस्ता नेता पनि यसमा सामेल हुनसक्छन् ।
यसबीच, पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई पनि नोबेल पुरस्कारका लागि नाम प्रस्ताव गर्न सक्ने ठानिएको छ । यद्यपि पाकिस्तान इरान र इजरायल–हमास युद्ध जस्ता मुद्याहरुम भने रूस र चीनको साथमा उभिएको देखिन्छ ।
यसैबीच भारतले अब इजरायलबाट थप घातक मिसाइल किन्ने योजना बनाएको छ । पाकिस्तानविरुद्ध हालैको युद्धमा उसले र्याम्पेज एयर–लन्च क्रूज मिसाइल (एएलसीएम)ले हमला गरेको थियो ।
भारतीय वायु सेनाले जगुआर लडाकू विमानमार्फत पाकिस्तानी वायु सेनाको सुक्कुर बेसमा यसै मिसाइलले पिन प्वाइंट हमला गरेको थियो । पिन प्वाइंट हमला गर्न माहिर मिसाइलहरु बनाउनमा इजरायलको कुनै मुकाबला छैन ।
र अब भारतीय वायुसेनाले इजरायलबाट एएलसीएम भन्दा पनि धेरै विनाशक मिसाइल किन्ने निर्णय गरेको छ । केही मिडिया रिपोट्र्सका अनुसार भारतीय वायुसेनाले अब एयर लोरा मिसाइल किन्न लागेको हो ।
यो मिसाइल इजरायल एयरोस्पेस इंडस्ट्रीजले डेभलप गरेको हो । यो एक लन्ग–रेंज आर्टिलरी मिसाइल हो, जुन सटीक स्ट्राइक सामरिक मिसाइलको एक डीप स्ट्यान्ड–अफ भेरिएंट हो ।
अर्थात भारतले आफ्नो सटीक हमला गर्ने क्षमतामा थप विस्तार गर्न लागेको हो । एयर लोरा एक एडभांस एयर–लन्च ब्यालिस्टिक मिसाइल (एएलबीएम) हो ।
यसको रेंज ४०० किलोमीटर छ जसले यसलाई र्याम्पपेज भन्दा निकै धेरै खतरनाक बनाएको छ । यो मिसाइलको वजन लगभग १,६०० किलोग्राम छ र यो सुपरसोनिक स्पीडले उडान भर्न सक्छ ।
यसमा एडभांस आइएनएस÷जीपीएस नेभिगेशन सिस्टम, जीएनएसएस एंटी–ज्यामिंग प्रविधि र ’फायर एंड फरगेट’ क्षमता पनि छ, जसले यसलाई अत्यधिक सटीक र दुश्मनको इलेक्ट्रोनिक ज्यामिंगबाट बच्न सक्षम बनाएको छ ।
इजरायलले यसलाई सतहदेखि सतहमा मार हान्ने मिसाइल (एसएसएम )साइटहरु, मल्टीपल लन्च रकेट सिस्टम यूनिट्स, एयरबेस, एयर डिफेंस सिस्टम, कमांड पोस्टका साथै दुश्मनहरुको महत्वपूर्ण सैन्य पूर्वाधारहरुलाई ध्वस्त पार्नका लागि डिजाइन गरेको हो ।
यसको सबैभन्दा ठूलो विशेषता भनेको यसमा रहेको डीप–पेनेट्रेशन वारहेड्स हो । अर्थात यदी शत्रुले आफ्नो कुनै हाई भ्याल्यू हतियारलाई कुनै बंकरमा वा हार्ड शेल्टरमा लुमाएर राखेको छ भने यो मिसाइलले त्यसलाई नष्ट गर्न सक्छ ।
रिपोट्र्सका अनुसार एक एसयु–३० एमकेआई लडाकू विमानले चार वटा एयर लोरा मिसाइलहरु लैजान सक्छ । जसले डीप–स्ट्राइक मिशनहरुका लागि महत्वपूर्ण मार हान्ने क्षमता प्रदान गर्दछ ।
जसबाट उनले एकै उडानमा दुश्मनका चार अहम ठेगानाहरुलाई पूरै ध्वस्त पार्न सक्छ । अर्थात एयर लोराको ४०० किमी रेंजले भारतीय वायुसेनालाई भारतभित्रै रहेर पाकिस्तानको कराची, सुक्कुर, बहावलपुर वा रावलपिंडीसम्म सटीक हमला गर्न सक्षम बनाउने छ।
यतिमात्रै होइन चीनविरुद्ध पनि संभावित संघर्षको स्थितिमा लाइन अफ एक्चुवल कन्ट्रोल पारी रणनीतिक टारगेट्सलाई यो मिसाइलले भेद्न सक्ने भारतले ठानेको छ ।
भारतले एयरो इंडिया २०२३ मा एयर लोरा मिसाइललाई भारतमा नै बनाउनका लागि इजरायलसंग एक सम्झौता ज्ञापनमा साइन गरेको थियो ।
यस अन्गर्तत एयर लोरालाई भारतमा भारत इलेक्ट्रोनिक्स लिमिटेड (बीइएल) र इजराइलको आईएआईको साझेदारीमा निर्माण गर्ने भनिएको छ ।
२०२३ को एरो इन्डिया सोमा दुवै कम्पनीहरुका बीच सम्झौता भएको थियो, जस अन्तर्गन बीइएललाई यो मिसाइल सिस्टमको प्रमुख कन्ट्रयाक्टर नियुक्त गरिएको थियो ।
यो साझेदारीले ’मेक इन इंडिया’ अभियान अन्गर्तत भारतको रक्षा क्षेत्रमा आत्मनिर्भरतालाई बढाउने ठानिएको छ । भारतीय नौसेनाले पहिला नै जमीन र समुद्रबाट लन्च गरिने लोरा भर्जनलाई आफ्नो हतियारमा सामेल गराइसकेको छ ।
अब एयर लोरा वायुसेनामा सामेल भएपछि भारतको त्रि–सेना क्षमता थप बलियो हुने ठानिएको छ । एयर लोराको सटीकताको अनुमान यसैबाट लगाउन सकिन्छ कि यसले करीब १० मीटर सर्कुलर एरर प्रोब्याबलका साथ टारगेटलाई भेद्न सक्छ ।
यसको मतलब हो कि यो मिसाइलले टारगेटको निकै नजिक वा त्यसलाई नै मार हान्न सक्छ । यही विशेषताले यसलाई शत्रुको एयरबोन अर्लि वार्निंग एण्ड कन्ट्रोल एयरक्राफ्ट, रडार सिस्टम, मोबाइल लन्चर र कमांड पोस्ट जस्ता टाइम–सेंसिटिभ हाई भ्याल्यू टारगेट्सलाई क्षण भरमै नष्ट गर्न सक्षम बनाएको हो ।
यस्तो शक्तिशाली मिसाइल भारतले इजरायलबाट किन्न लागेको संदर्भमा तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
LS Auto
Tags: #nepaltimestrending#इजरेलको LORA  मिसाइल#नेपाल टाइम्स् ट्रेडिंग#संयुक्त राष्ट्र सुरक्षा परिषद

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
अन्तर्राष्ट्रिय

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.