१८ असार, काठमाडौं।
चीनले हाइपरसोनिक मिसाइलको क्षेत्रमा अमेरिकालाई निकै पछि पारेको छ । चीनले फिटियन–२ हाइपरसोनिक वाहनको सफल परीक्षण गरेर सिंगो विश्वलाई चकित पारेको छ ।
यो फ्लाइट टेस्ट न केबल प्राविधिकरुपले अत्यन्तै मुश्किल रकेट बेस्ड कम्बाइन्ड साइकिल (आरबीसीसी) इंजिनमा आधारित थियो, बरु यसले हाइपरसोनिक उडानहरुको भविष्यका लागि नयाँ संभावनाहरुको पनि ढोका खोलिदिएको छ ।
आरबीसीसी टेक्नोलोजीमा कौशलता हासिल गर्ने प्रयास पछिल्ला कयौं वर्षदेखि केही देशहरुले गर्दै आएका थिए । तर अब अहिले चीनले यसमा मैदान कब्जा गरेको देखिएको छ ।
यो फ्लाइट टेस्ट नर्थवेस्टर्न पोलिटेक्निकल यूनिभर्सिटी (एनपीयु) का तर्फबाट उत्तरपश्चिमी चीनमा एक साइटमा गरिएको हो । एनपीयुको रिसर्च टीमले भनेको छ कि यो परीक्षणले केरोसिन–हाइड्रोजन पेरोक्साइड प्रपल्ससको प्रयोग गरेर आरबीसीसी इंजिनका लागि वास्तविक–उडान डेटाअघि सफल अधिग्रहणको प्रतिनिधित्व गर्दछ ।
आरबीसीसी इंजिन, पारम्पारिक रकेट इंजिन र एयर–ब्रीदिंग र्यामजेटको जबरजस्त संयोजन हो । यसको सबैभन्दा ठूलो विशेषता भनेको यसले वातावरणमा रहेको आक्सिजनको प्रयोग गर्दछ, जसले अनबोर्ड अक्सीडाइजरको आवस्यकता घट्छ ।
यसले वाहनको वजन कम हुनजान्छ र ईंधन खर्च पनि कम हुन्छ । अर्थात यसले मिसाइललाई कम ईंधनको प्रयोग गर्दै धेरैलामो दूरीसम्म पुर्याउने क्षमता बढ्छ । फिटियन–२ मा प्रयोग गरिएको केरोसीन–हाइड्रोजन पेरोक्साइड प्रपोल्सन सिस्टम एक नयाँ प्रयोग हो ।
जसले यसलाई लिक्विड अक्सीजन जस्तो जटिल क्रायोजेनिक सिस्टमबाट मुक्त गर्छ । विज्ञहरुको भनाइ छ कि यो टेक्नोलोजीलाई पुर्णरुपमा परीक्षण गरेपछि यसको प्रयोग प्रयोग नागरिक र सैन्य, दुवै आवस्यकताहरुका लागि गर्न सकिन्छ ।
चीनले हाइपरसोनिक ग्लाइड वाहन पनि डेभलप गरेको छ, जसमा डीएफ–जीएफ पनि सामेल छ । जुन डीएफ–१७ ब्यालिस्टिक मिसाइलका साथ प्रयोग गरिने एक हाइपरसोनिक ग्लाइड वाहन हो ।
चीनले २०२१मा फ्रयाक्शनल अर्बिटल बम्बार्डमेन्ट सिस्टम (एफओबीएस) परीक्षका क्रममा डीएफ–४१ जस्तो अंतरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलहरुका साथै एचजीभी को पनि परीक्षण गरेको थियो ।
एनपीयुले शानक्सी प्रांत एयरोस्पेस र एस्ट्रोनोटिक्स प्रोपल्शन रिसर्च इंस्टीट्यूटको पनि सहभागितामा यो परियोजनाको नेतृत्व गरेको हो । चीनले २०२२ मा फिटियन–१ को परीक्षण गरेको थियो ।
तर फिटियन २ मा कयौं महत्वपूर्ण परिवर्तन गरिएको छ । जसमा रकेटको माथिल्लो भागनिर पंखा, लामो टेल फिन्स जोडिएको छ । जसले यसलाई उडानका क्रममा थप धेरै स्थिर र नियंत्रित बनाउँछ ।
यो डिजाइन हाई स्पीड र उचाईमा नियंत्रण कायम गर्नका लागि महत्वपूर्ण छ । परीक्षणका क्रममा यो वाहन विभिन्न फ्लाइट मोड्समा सफलतापूर्वक ट्रान्जिशन गर्यो, जुन हाइपरसोनिक टेक्नोलोजीका लागि सबैभन्दा ठूलो चुनौतीरुमा एक मानिन्छ ।
फिटियन २ को परीक्षण चीनले यस्तो बेला गरेको हो, जतिबेला उसले पहिला नै विश्वको सबैभन्दा एडभांस्ड हाइपरसोनिक सिस्टमहरुमध्ये कयौंलाई आफ्नो सैन्य फ्लिटमा सामेल गराइसकेको छ ।
चीनसंग अहिले डीएफ–१००, वाईजे–२१ (एन्टीसीप ब्यालेस्टिक मिसाइल), स्ट्रारी स्काई–२, लिंगयोन–१ र डीएफ–जीएफ ल्याइड भेहिकल, जसलाई डीएफ–१७ मिसाइलसंग जोडिएको छ, यस्ता हतियारहरुको भण्डार उसंग रहेको छ ।
चीनले २०२१ म फ्राक्सनल अर्विटल बम्बार्डमेन्ट सिस्टम अन्तर्गत इंटरकन्टिनेंटल ब्यालिस्टिक मिसाइल डीएफ–४१ बाट पनि हाइपरसोनिक ग्लाइड वाहनको परीक्षण गरेको थियो ।
यि सबै सिस्टम अमेरिकाका डिफेंस सिस्टमलाई ध्वस्त गर्नका लागि बनाइएका हुन् । चीनको यही सफलताले नै अमेरिकाको निन्द्रा उडाइदिएको हो । हाइपरसोनिक टेक्नोलोजीमा चीनले निकै नै सफलता पाइसकेको छ ।
अमेरिका र रूस पछिल्ला कयौं वर्षदेखि कम्बाइन्ड साइकल इंजिन डेभलप गर्ने प्रयास गरिरहेका छन् । तर अहिलेसम्म दुवैले यसमा सफलता पाउन सकेका छैनन ।
यस्तोमा फिटियन–२ को परिक्षणबाट यो स्पष्ट भएको छ कि चीन अब हाइपरसोनिक इंजिन डिजाइनमा व्यवहारिक डेटा संकलन गर्ने स्थितिमा पुगिसकेको छ ।
जसको मतलब हो कि चीन यो क्षेत्रमा लीडरशिपको पोजिशनमा पुगिसकेको छ । यसैबीच उता भारतले अब रुसबाट धेरै हतियार खरिद नगर्ने मुडमा पुगेको देखिएको छ ।
रूसका राष्ट्रपति केही समयपछि भारत आउन लागेका छन् । उनको भ्रमणअघि नै रूसले भारतलाई कयौं हतियारहरुलाई लिएर अफर गरेको छ ।
जसमा एसयू–५७ लडाकू विमान, एस–५०० एयर डिफेंस सिस्टमका साथै परमाणु पनडुब्बीहरु पनि लीजमा दिने र क्यालिबर लामो दूरीका मिसाइलहरुको पनि रुसले सम्झौताका लागि अफर गरेको छ ।
तर यस्तो लागिरहेको छ कि भारत अहिले यस खालका डील गर्ने मुडमा छैन । केही भारतीय मिडियाहरुले नै यसबारेमा उल्लेख गरेका छन् ।
भारतले यसअघि नै रूसका साथ मिलेर हेलीकप्टर बनाउने प्रोजेक्ट क्यान्सिल गरिसकेको थियो । यसको अलावा भारतीय चालक दलको प्रशिक्षणका लागि रूसी परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीलाई भाडामा दिने प्रस्तावमा पनि कुनै डेभलपमेंट भएको छैन ।
भारतले रूसबाट ५ वटा एस–४०० एयर डिफेंस किन्ने सम्झौता गरेको थियो । जसमा ३ वटा भारतले ल्याइसकेको छ । र बाँकी २ यूनिट आगामी वर्ष ल्याइने भारतीय मिडियाहरुले लेखेका छन् ।
यसबीच भारतले अब पाकिस्तान र चीनविरुद्ध आफ्नो हवाई क्षेत्रलाई अभेद्य बनाउनका लागि एस–४०० को अतिरिक्त यूनिट्स पनि किन्न सक्ने बताइएको थियो ।
अर्थात एस–५०० मा भारतले नजर लगाएको थियो । तर यसमा पनि अहिलेसम्म कुनै ठोस डेभलपमेंट भएको देखिदैन । यद्यपि केही रिपोट्र्समा दाबी गरिएको छ कि भारतले भोरोनिश प्रारंभिक चेतावनी रडार सिस्टम किन्नका लागि रूससंग वार्ता गरिरहेको छ, जसको सीमा ६ हजार किलोमीटरभन्दा धेरै छ ।
यो सम्झौताको मूल्य ४ बिलियन डलरभन्दा धेरै हुने ठानिएको छ । यदी यो सम्झौता भयो भने यो भारतीय वायु रक्षाका लागि एक महत्वपूर्ण डिल हुनेछ ।
किनभने अहिले खाली अमेरिका, रूस र चीनले नै ५ हजार किलोमीटरभन्दा धेरै रेंज भएकोे रडार सिस्टम संचालन गरिरहेका छन् । रूसले भारतलाई एसयु–५७ फेलोन फिफ्थ जेनरेशन फाइटर जेट्सका लागि सोर्स कोडका साथै टेक्नोलोजी ट्रांसफरको पनि अफर गरेको छ ।
तर भारतले स्पष्ट गरेको छ कि अहिले उसले रूसबाट कुनै पनि स्टील्थ फाइटर किन्ने छैन । बरु भारतले आफ्नो ५ औं पुस्ताको लडाकू विमान परियोजना, एडभांस्ड मिडियम कम्ब्याट एयरक्राफ्टमा फोकस गरिरहेको छ ।
सिप्रिको आंकडाहरुका अनुसार २००९ मा भारतको कुल रक्षा आयातमा रूस हिस्सा ७६% थियो, जुन २०२४ सम्ममा घटेर ३६% पुगेको छ । अर्थात १९६० को दशकपछि पहिलो पटक आधाभन्दा पनि कम भएको छ ।
अर्कातर्फ अमेरिका र फ्रांस जस्ता देशहरु भारतका प्रमुख आपूर्तिकर्ता बनेका छन् । २०१८ मा नयाँ दिल्लीले अमेरिकी फर्महरुलाई करीब २० बिलियन डलरको रक्षा अनुबंध गरेको थियो ।
यद्यपि रक्षा सम्बन्ध कमजोर भइरहेको छ तर भारत र रूसका बीच ऊर्जा व्यापार भने आज पनि निकै बलियो छ । मे २०२५ मा भारत रूसका लागि उर्जाको दोस्रो ठूलो खरिदकर्ता बनेको छ ।
जसमा ४.२ अर्ब यूरो मूल्यको खरीद भएको छ र ७२% हिस्सा कच्चा तेलको छ । यो पनि अमेरिकाका लागि भने एक चिन्ताको विषय हो। अमेरिकी सीनेटर लिंडसे ग्राहमले रूसका साथ व्यापार गर्ने देशहरुमा प्रतिबंध लगाउने विधेयक संसदमा पेश गरेका छन् ।
जसमा भारत पनि निशानामा रहेको छ । यसले भारतमा अमेरिकाको दबाव थप बढ्ने संभावना छ । तर भविष्यमा भारत र रूसका बीच रक्षा सहयोग मुख्य रूपले पुराना रूसी हतियारहरुको मेन्टेनेन्स,स्पेयर पाट्र्स सम्म सीमित रहन सक्छ ।
भारतसंग अहिले ठूलो संख्यामा रूसी ट्यांक, फाइटर जेट्स, हेलिकप्टर र नौसैनिक प्रणालिहरु छन् । जसको प्राविधिक पक्षको रेखदेख अहिले पनि रुसले नै गर्दै आएको छ ।
तर भविष्यमा भारत र रूसका बीच डिफेंस पार्टनरशिप करीब करीब अन्त्य हुनसक्ने पनि ठानिएको छ । सबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।