NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८ असार, काठमाडौं।  
तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो उत्तराधिकारीबारे भिडिओ सन्देश जारी गरेपछि चीन थप आक्रोशित भएको छ । बुधबार आफ्नो उत्तराधिकारीबारे दलाई लामाले भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘मेरो मृत्युपछि पनि धर्मगुरु छनोट गर्ने परम्परा जारी रहनेछ।’
उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका बौद्ध धर्मका आध्यात्मिक नेताले उत्तराधिकारी छनोट परम्परा जारी रहने कुरा यति स्पष्ट रूपमा भनेको पहिलोपटक हो ।
उनले अगाडि भनेका छन्, उनको पुनर्जन्म पत्ता लगाउने र पहिचान गर्ने प्रक्रिया पूर्ण रूपमा गादेन फोड्राङ फाउन्डेसनअन्तर्गत हुनेछ र यस विषयमा अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार छैन ।
यो संस्था उनी आफैले स्थापना गरेका हुन । दलाई लामालाई तिब्बतका संरक्षक संत अवलोकितेश्वर वा चेनरेजिगको जीवित अवतार मानिन्छ । दलाई लामाको भूमिका प्राचीन छ र १५औँ शताब्दीदेखि १४ जना दलाई लामा भइसकेका छन् ।
मार्चमा प्रकाशित आफ्नो पुस्तक भ्वाइस फर द भ्वाइसलेसमा दलाई लामाले भनेका थिए, ‘उत्तराधिकारी चीनबाहिर जन्मने सम्भावना पनि छ।’ के विश्वास गरिन्छ भने दलाई लामाको मृत्युपछि उनको पुनर्जन्म हुन्छ ।
यस्तोमा  उनले आफ्नो उत्तराधिकारीसम्बन्धी बहुप्रतिक्षित घोषणा गरेका हुन् । चीनले तिब्बतमा नियन्त्रण जमाउन आफ्नै उम्मेदवार थोपर्ने कोसिस गर्ला भन्ने चिन्ताका माझ उनको सो घोषणा आएको छ ।
उता चीनले पनि बुधवार नै यसको जवाफमा भनेको छ कि आगामी दलाई लामाको पुनर्जन्मलाई उसको केन्द्रिय सरकारले स्वीकृति दिनु आवस्यक छ । चीनले भनेको छ कि आगामी दलाई लामाको चुनाव र सिंगो प्रक्रिया चीनभित्रै हुुनुपर्छ ।
चीनको यो बयान दलाई लामाको घोषणाको केही घण्टापछि आएको हो । दलाई लामाले भने आफ्नो उत्ताराधिकारी चीनबाहिर हुने र आफूले स्थापना गरेकै ट्रष्टले अनुमोदन गरेको हुने, यसमा चीनको हस्तक्षेप नस्वीकार्ने बताएका छन् ।
तर चिनियाँ विदेश मंत्रालयका प्रवक्ता माओ निंगले समाचार एजेंसी एएफपीलाई भनेका छन् कि “दलाई लामा, पंचेन लामा र अन्य महान बौद्ध हस्तिहरुको पुनर्जन्मलाई एक स्वर्ण कलशबाट लोटरी निकालेर चुन्नुपर्छ र चीनको केंद्रीय सरकारद्वारा अनुमोदित हुनुपर्छ“
आउँदो आइतबार दलाई लामा ९० वर्ष पुरा हुनेछन् । उनको शारीरिक स्थिति पनि कमजोर बन्दै गएको छ ।  यसबीच दलाई लामाले उनका उत्तराधिकारीबारे कुनै सङ्केत दिने अपेक्षाका माझ सयौँ अनुयायीहरू निर्वासित जीवन बिताइरहेका आफ्ना आध्यात्मिक गुरुको ९०औँ जन्मोत्सव मनाउन उत्तर भारतमा भेला भइरहेका छन् ।
उनको घोषणालाई धर्मशालामा आयोजित १५औँ तिब्बती धार्मिक सम्मेलनले सर्वसम्मत रूपमा समर्थन गरेको बताइएको छ । सन् १९५९ मा चिनियाँ शासनविरुद्ध तिब्बतमा भएको विद्रोह विफल भएपश्चात् दलाई लामा भागेर भारत पुगेका थिए ।
उत्तर भारतको पर्वतीय नगर धर्मशालामा उनले निर्वासित सरकारको गठन गरे। तिब्बतमा चीनको कडा नियन्त्रणको विरोध गर्नेहरूले उनलाई शक्तिको एक वैकल्पिक स्रोतका रूपमा हेर्छन्।
आइतवारको ९०औँ जन्मदिन अगाडि बुधवारदेखि सुरु हुने गरी धर्मशालामा तीन–दिने १५औँ तिब्बती धार्मिक सम्मेलन भइरहेको छ । जन्मोत्सवका   कार्यक्रम सोमवार देखि नै सुरु भएका थिए ।
जुन दिन तिब्बती लुनार क्यालेन्डर बमोजिम दलाई लामाको जन्म दिन पर्छ । जन्मोत्सवका कार्यक्रमहरूमा भाग लिन ७ हजार पाहुना आउने छन् जसमा कैयन् भारतीय मन्त्रीहरू पनि छन्।
सोमवार जारी गरिएका फोटोहरूमा दलाई लामाले हलिउड अभिनेता रिचर्ड गेरलाई आशीर्वाद दिइरहेको देखिन्छ । उनी दलाई लामाका पुराना अनुयायी हुन् । विगतमा दलाई लामाले आफ्नो उत्तराधिकारीबारे आफ्नो ९०औँ जन्मदिन ताका विस्तृत बताउने भनेका थिए ।
सोमवार भएको भेलामा उनले ’कुनै एक प्रारूप हुने जसअन्तर्गत हामी दलाई लामाको संस्थाको निरन्तरताबारे कुराकानी गर्न सक्नेछौँ’ भनेका थिए ।
त्यस्तै यी नोबेल शान्ति पुरस्कार विजेता तिब्बती आध्यात्मिक अगुवालाई विगतमा यस ६०० वर्ष पुरानो संस्था कायम राखिरहने वा नरहने भन्ने दुबिधा थियो ।
केही वर्ष अगाडि उनले आफ्ना उत्तराधिकारी महिला पनि हुन सक्ने वा कोही पनि नहुन सक्ने भनेका थिए । तर पछिल्ला समयमा उनले यदि निर्वासनमा बसिरहेका तिब्बती समुदायमाझ बहुमत समर्थन छ भने ।
जुन छ उक्त संस्था निरन्तर रहने र उनको कार्यालयले उत्तराधिकारी छान्ने बताएका थिए । तिब्बतको हैसियतलाई लिएर दलाई लामाले सदा ’मध्य मार्ग’ चीनभित्र सच्चा स्वशासनको वकालत गर्दै आएको भए पनि बेइजिङले उनलाई पृथकतावादी मान्छ ।
आफ्नो शासनमा तिब्बतका मानिसहरूको जीवनस्तर निकै सुधारिएको चीनको भनाइ छ । वर्तमान दलाई लामा ’तिब्बती आन्दोलनलाई एकताबद्ध र गोलबन्द गर्ने शक्ति’ भएको भन्दै  कतिपय तिब्बतीहरूले उनको उत्तराधिकारीको चाँडै चयन हुनु पर्ने नत्र उक्त समुदाय र आन्दोलनलाई भावी दिनमा प्रभाव पर्ने ठान्ने गरेको छ ।
जानकारहरूले चाहिँ उनले उत्तराधिकारीको घोषणा गर्ने बित्तिकै चीनले पनि उसको दलाई लामा मनोनित गर्ने ठान्छन् । दलाई लामाको उत्तराधिकारी छनोट तिब्बती अनुयायीहरूका लागि मात्र नभएर चीन, भारत र अमेरिकाका लागि पनि रणनीतिक कारणले चासोको विषय बनेको छ ।
तिब्बती परम्पराअनुसार, एक वरिष्ठ बौद्ध भिक्षुको आत्मा उनको मृत्युपछि पुनर्जन्म हुन्छ । १९३५ जुलाई ६ मा उत्तर पूर्वी तिब्बतको एक किसान परिवारमा जन्मिएका अहिलेका दलाई लामालाई दुई वर्षको उमेरमै यस्तो पुनर्जन्मका रूपमा पहिचान गरिएको थियो ।
अघिल्ला दलाई लामाका सामग्रीहरू चिन्नेदेखि भिक्षुहरूको ध्यानमा आउने र विभिन्न मिल्दाजुल्दा सङ्केत दिने गरेको आधारमा १४ औँ दलाई लामाका रूपमा उनी चुनिएका थिए । उनी १९५९ देखि भारतमा निर्वासित जीवन बिताइरहेका छन् ।
राजसंस्थाको पालादेखि नै चिनियाँ सरकारलाई दलाई लामाको उत्तराधिकारी अनुमोदन गर्ने अधिकार रहेको चीनको दाबी छ । १७९३ मा जिन वंशदेखि नै उत्तराधिकारी चयनको प्रक्रिया स्वरूप पुनर्जन्म लिएकाहरूको नाम सुनको कलशबाट निकालिने प्रथा रहिआएको बताइन्छ ।
Advertisement
Tags: # चीनबाहिरै आफ्नो उत्तराधिकारी#दलाई लामा र चीनको टकराव

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.