×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

सरकारले हर्कलाई थाङ्नामा सुतायो! खानेपानीका लागि ४ करोड बजेट

१९ असार २०८२
१९ असार, काठमाडौं ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई खानेपानीका लागि पटक पटक संघीय राजधानी काठमाडौं पुगिसकेका छन् ।  विगत ३ वर्षदेखि काठमाडौं पुग्दा हर्कको एउटै माग दोहोरिरहन्छ, काकाकुलमा परेका धराने जनताका लागि  पानी खुवाउने व्यवस्था गरिदिनुस्  ।
उनले यसका लागि सचिवदेखि विभिन्न मन्त्री हुँदै प्रधानमन्त्रीसम्मलाई  गुहार लगाइसकेका छन् । हर्क साम्पाङ राईको नाम सुन्नेबित्तिकै धेरैको मानसपटलमा श्रमदान, खोलाको पानी र सिंहदरबारप्रतिको शान्त विद्रोहको तस्बिर देखिन्छ ।
विगत तीन वर्षदेखि उनी एउटै मुद्दा लिएर पटक–पटक संघीय राजधानी काठमाडौं धाउदा पनि आश्वासनबाहेक केही नपाएपछि उनको धैर्यताको बाँध टुट्न थालेको छ।
हालै संघीय सरकारले धरानका लागि छुट्याएको बजेट र एसियाली विकास बैंक (एडीबी) को ऋण प्रस्तावले उनको आक्रोशलाई विद्रोहमा बदलिदिएको छ।
हर्क साम्पाङको काठमाडौं यात्रा सधैं चर्चाको विषय बन्छ। गएको माघमा उनको संघर्षले नयाँ रूप लियो, जब उनी धरानको पीडा बोकेको एउटा ’रित्तो गाग्रो’ लिएर सिंहदरबार पुगे। उनको त्यो प्रतीकात्मक आन्दोलनको गाग्रो सिंहदरबारको गेटमै रोकिए पनि उनको आवाज रोकिएन।
उनले खानेपानी मन्त्री प्रदीप यादव र  अर्थमन्त्री विष्णु पौडेलसमक्ष धरानको हाहाकार, आफ्नो व्यवस्थापकीय योजना र त्यसका लागि आवश्यक बजेटको माग राखे।
त्यस भेटमा मन्त्री यादवले हर्कलाई मीठो आश्वासन दिए, “मेयरसाब, धरानवासीप्रति म सधैं सकारात्मक छु। एकीकृत खानेपानी आयोजनाअन्तर्गत एडीबीको ऋण सहयोगमा यो वर्ष टेन्डर आह्वान हुन्छ।
टेन्डरको पत्र म आफैं बोकेर धरान आउँछु, तपाईं खुसीसाथ फर्कनुहोस्।“  प्रधानमन्त्री केपी शर्मा ओलीले भेट नदिएपछि रिसाएर आश्वासनको पोको  बोकेर धरान फर्किएका उनलाई दुई महिनापछि चैत २५ गते प्रधानमन्त्री कार्यालयबाटै बोलावट भयो।
हतारिँदै काठमाडौं पुगेका हर्कले प्रधानमन्त्री ओलीलाई धरानको प्यास र सप्तकोशीको पानी धरान ल्याउने आफ्नो महत्त्वाकांक्षी योजनाबारे विस्तृत ब्रिफिङ गरे ।
प्रधानमन्त्रीले ध्यानपूर्वक सुने र वचन दिए, “धरानवासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो। संघीय सरकारले बजेटको प्रबन्ध गर्छ, यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला।“ प्रधानमन्त्रीको यो वचनले हर्क फुरुङ्ग हुँदै धरान फर्किए।
उनलाई लाग्यो, अब धरानको प्यास मेटिने भयो। तर  जब जेठ महिनामा   आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक भयो, हर्क छाँगाबाट खसेझैं भए। धरानको खानेपानीका लागि जम्मा ४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो।
त्योभन्दा पनि पीडादायी कुरा, बाँकी रकम एडीबीबाट ऋण लिनुपर्ने प्रस्ताव थियो, जसलाई मन्त्री यादवले ’खुसीको खबर’ सुनाएका थिए। यो प्रस्तावले हर्कलाई आक्रोशित बनायो।
उनले तत्कालै सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखे र खानेपानी मन्त्री प्रदीप यादवलाई कडा व्यङ्ग्यात्मक पत्र लेखे । पत्रमा उनले स्पष्ट भनेका छन्, “धरान उपमहानगरपालिकाले पहिले लिएको ऋणसमेत तिर्न बाँकी छ।
अब हामी थप ऋणको भारी बोक्न सक्दैनौं। यदि आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सक्नुहुन्छ भने योजना अगाडि बढाउनुहोला, अन्यथा हामी आफैं खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला।“
उनले आगामी बजेटमा ४ करोड सरकारले विनियोजन गरेको जानकारी प्राप्त भएको र बाँकी एडीबीबाट ल्याउने सुन्न र बुझ्नमा आएको भन्दै एडीबीबाट ऋण नलिने लिखित जानकारी गराएका हुन् । आर्थिक वर्ष २०८२÷८३ को बजेटमा खानेपानी मन्त्रालयका लागि करिब ३४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापन, मेलम्चीको पुनर्निर्माण, सात प्रदेशका सात सहरमा नमुना आयोजना र भेरी पम्पिङजस्ता ठूला आयोजनाका लागि अर्बौं रुपैयाँ छुट्याएको घोषणा गरे। तर, ती हजारौं शब्दको बजेट भाषणमा हर्कले उठाएको धरानको खानेपानी समस्या   प्राथमिकतामा परेन।
सिंहदरबारको उपेक्षाका बीच हर्क साम्पाङ निराश भएका छैनन् । उनले संघीय सरकारको मुख ताक्नुभन्दा आफ्नै स्रोत, जनताको श्रमदान र दाताहरूको सहयोगमा धरानको प्यास मेटाउने अभियानलाई  निरन्तरता दिएका छन् ।धरान आसपासका पकुवा, निसाने र भालुखोलाको पानी संकलन गर्न उनले आफैं कोदालो बोकेर जनतालाई श्रमदानमा होमे।
विभिन्न दाताहरूबाट संकलन भएको करिब ४ करोड रुपैयाँले उनले तीनवटा साना खोलाबाट पानी ल्याइसकेका छन्। उनको नेतृत्वमा जनताले देखाएको अभूतपूर्व एकता र श्रमदानको बलमा करिब ४० किलोमिटर टाढाको कोकाहा खोलाको पानीसमेत पकुवा खोलामा मिसाउन सफल भएका छन्।
उनी आफै ड्रेन निर्माणमा खटिन्छन् भने कहिले भिरपाखामा बृक्षारोपणमा भेटिन्छन् । यद्यपि यी सबै  अतुलनीय कामका बीचमा उनी विवादमा समेत मुछिदै आएका छन् ।
उनले जारी राखेको श्रमदानमा  बजेट विनियोजन गरेर भुक्तानी दिइएको आरोप लागेको छ  भने उपमेयर र वडाध्यक्षहरुसँगको  कटुताका कारण आगामी वर्षको बजेट ल्याउन समेत हर्क असफल भएका छन् ।
स्वतन्त्र रुपमा मेयरका निर्वाचित भएका मेयर हर्कको कार्यकालको  सुरुवातदेखि नै विवाद रहदै आएको छ । हर्कका अभिब्यक्ति र उनीसँगका विवाद एकातर्फ होलान् तर  धराने जनता अझैपनि उनको श्रमदानमा प्रतिवद्ध देखिन्छन् ।
सिंहदरबारले उनको आवाज सुनोस् वा नसुनोस्, धरानका जनता कोदालो बोकेर  उनको पछि लागिरहेका छन् ।
Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top