NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२
Reading Time: 1 min read
A A
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२० असार, काठमाडौं । 
सरकारले सार्वजनिक संस्थान, बोर्ड, समिति तथा अन्य सरकारी निकायहरूमा अब नयाँ भर्ना हुने कर्मचारीका लागि परम्परागत पेन्सन र उपदान प्रणालीको अन्त्य गर्ने  ऐतिहासि निर्णय गरेको छ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को सुरुवात अर्थात् साउन १ गतेदेखि लागू हुने गरी, नयाँ नियुक्त हुने सबै कर्मचारीलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराइनेछ।
अर्थ मन्त्रालयले  आज एक परिपत्र जारी गर्दै मातहतका सबै मन्त्रालय, नियामक निकाय, ४५ वटै सार्वजनिक संस्थान र अन्य बोर्ड÷समितिहरूलाई यो निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।
यो निर्णयले राज्यकोषमाथि बढ्दै गएको दीर्घकालीन आर्थिक दायित्वलाई न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। अर्थ मन्त्रालयद्वारा जारी परिपत्रअनुसार, नेपाल सरकारले सरकारी कर्मचारी, मजदुर तथा अन्य व्यक्तिका लागि “योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७५“ र सरकारी कर्मचारीका लागि “निवृत्तभरण कोष ऐन, २०७५“ कार्यान्वयनमा ल्याइसकेको छ।
सोही अनुसार निजामती सेवामा २०७६ सालदेखि नै नयाँ कर्मचारीका लागि योगदानमा आधारित प्रणाली लागू भइसकेको थियो।तर, अधिकांश सार्वजनिक संस्थान, नियामक निकाय, बोर्ड तथा समितिहरूले भने आफ्ना कर्मचारीलाई पुरानै शैलीमा पेन्सन तथा उपदानको सुविधा दिइरहेका थिए।
यीमध्ये धेरैजसो संस्थानहरू आफैँ घाटामा सञ्चालित छन् र उनीहरूसँग आफ्ना कर्मचारीको अवकाशपछिको दायित्व भुक्तानी गर्न आवश्यक कोष छैन।
यसले गर्दा उनीहरूको सम्पूर्ण आर्थिक भार अन्ततः नेपाल सरकारको स्रोतमाथि नै परिरहेको थियो, जसले राज्यकोषमाथि ठूलो दीर्घकालीन दायित्व सिर्जना गरिरहेको थियो।
यही समस्यालाई समाधान गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको मिति   असार २० को निर्णयअनुसार यो कदम चालिएको हो। शाखा अधिकृत लक्ष्मी प्रसाद उपाध्यायद्वारा हस्ताक्षरित परिपत्रमा तीन बुँदे स्पष्ट निर्देशन दिइएको छ।
जसमा  आगामी आर्थिक वर्षदेखि नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने।
सबै मन्त्रालयले आफ्ना सम्बद्ध निकायमा नयाँ नियुक्त हुने कर्मचारीका लागि यो प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउने र  योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्वबारे सरकारलाई जानकारी गराउनु पर्ने।
यो निर्णयले नेपालको सार्वजनिक क्षेत्रको अवकाश प्रणालीमा एकरूपता ल्याउनेछ। अब संस्थानहरूमा नयाँ जागिर खाने कर्मचारीले आफ्नो तलबको निश्चित प्रतिशत र त्यति नै रकम रोजगारदाता (संस्थान) बाट आफ्नो सामाजिक सुरक्षा कोष खातामा जम्मा गर्नेछन्।
सोही कोषबाट उनीहरूले अवकाशपछि विभिन्न योजनाअनुसारको प्रतिफल वा पेन्सन पाउनेछन्।  यो निर्णयले हाल कार्यरत र पुरानै पेन्सन प्रणालीमा रहेका कर्मचारीहरूलाई भने कुनै असर गर्ने छैन।
उनीहरूले प्रचलित कानुनअनुसार नै अवकाश सुविधा पाउनेछन्। तर, साउन १ पछि संस्थानको सेवामा प्रवेश गर्नेहरूका लागि भने पेन्सन इतिहास बन्नेछ र उनीहरू अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषको हिस्सा हुनेछन्।
पेन्सन  निश्चित अवधि  १६ देखि  २० वर्ष सरकारी सेवा पूरा गरेपछि अवकाश प्राप्त कर्मचारीले जीवनयापनका लागि जीवनभर मासिक रूपमा पाउने रकम हो।
यो एक प्रकारको सामाजिक सुरक्षा हो, जसले कर्मचारीको योगदानको कदर गर्दै अवकाशपछिको जीवनलाई आर्थिक रूपमा सुरक्षित बनाउँछ।
यस्तै निश्चित अवधि ५ वर्षभन्दा बढी तर २० वर्षभन्दा कम सेवा गरेर अवकाश लिने कर्मचारीले एकमुष्ट रूपमा पाउने रकम हो। यो उनीहरूले गरेको सेवाको कदरस्वरूप प्रदान गरिने एकमुष्ट आर्थिक सहयोग हो।
नेपालमा आधुनिक निजामती प्रशासनको सुरुवातसँगै पेन्सन प्रणालीको औपचारिक थालनी भएको हो। नेपालमा पेन्सन र उपदानको औपचारिक व्यवस्था निजामती सेवा ऐन, २०१३ जारी भएपछि सुरु भएको हो।
यो ऐनले पहिलो पटक सरकारी कर्मचारीको सेवा, सर्त र सुविधालाई कानुनी रूपमा व्यवस्थित गरेको थियो।  सो ऐनअनुसार, कम्तीमा २० वर्ष स्थायी सरकारी सेवा गरेका कर्मचारीले पेन्सन र ५ वर्ष सेवा गरेकाले उपदान पाउने व्यवस्था गरियो।
सुरुमा निजामती कर्मचारीमा मात्र सीमित यो प्रणाली पछि क्रमशः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र शिक्षकहरूको हकमा पनि लागू गरियो।
निवृत्तभरण व्यवस्थापन कार्यालयको पछिल्लो तथ्यांकअनुसार, हाल नेपालमा सबै क्षेत्र (निजामती, सेना, प्रहरी, शिक्षक) गरी लगभग ३ लाख ४० हजार व्यक्तिहरूले मासिक रूपमा पेन्सन बुझ्ने गरेका छन्।
यो संख्या हरेक वर्ष बढ्दो क्रममा छ। यसका लागि राज्यकोषबाट वार्षिक करिब १ खर्ब रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ, जुन देशको साधारण खर्चको ठूलो हिस्सा हो।
अहिले राज्यमाथि पेन्सनको भार अत्यधिक बढेर धान्नै नसक्ने अवस्थामा पुगेपछि सरकारले नयाँ कर्मचारीहरूका लागि योगदानमा आधारित प्रणालीमा जाने नीति लिएको  छ ।  यसले राज्यको दीर्घकालीन दायित्व घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
LS Auto
Tags: # कर्मचारीको पेन्सन र उपदान चैट#अब सरकारी कर्मचारीले पेन्सन नपाउने#अब सामाजिक सुरक्षा

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.