NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो सोमवार मंसिर १ , २०८२
जेनजीले छुट्टाछुट्टै दल खोल्दा पुन रिसाए, भने ‘आन्दोलनको लक्ष्य तुहिन्छ’ सोमवार मंसिर १ , २०८२
आजदेखि फेस्टिबल अफ हिमालयः जनकपुरलाई काठमान्डुको चुनौती सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

हुम्लीको आँगनमा अब गाडीको पाङ्ग्रा, भारत–चीन मार्गको ढोका खुल्यो

सोमवार असार २३ , २०८२
Reading Time: 1 min read
A A
हुम्लीको आँगनमा अब गाडीको पाङ्ग्रा, भारत–चीन मार्गको ढोका खुल्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२३ असार , काठमाडौं।
रेलको बाटो पुग्दैछ रे,
तिमी बस्ने सहरैमा ।
हुम्ला कहिले मोटर आउला,
बस्याको छु रहरैमा ।।
चार वर्षअघि गायक सुरज पण्डितले गाएको यो गीतले हरेक हुम्लावासीको मनको व्यथा बोलेको थियो। घरआँगनमै मोटर चढ्ने रहर उनीहरूका लागि सपनाभन्दा परको थिएन।
तर, अब त्यो सपना यथार्थमा परिणत भएको छ। दशकौँको प्रतीक्षा र २६ वर्ष लामो सडक निर्माणको यात्रापछि, कर्णालीको दुर्गम जिल्ला हुम्लाको सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।
यो ऐतिहासिक उपलब्धिसँगै नेपालका ७७ वटै जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिएका छन्। यो ऐतिहासिक दिनको औपचारिक घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोला पुगे ।
स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेपछि प्रधानमन्त्री ओलीले नेपाली सेनाले द्रुत गतिमा निर्माण सम्पन्न गरेको बेलिब्रिजको उद्घाटन गरे ।
यही बेलिब्रिजले सिमकोटलाई राष्ट्रिय राजमार्गसँग जोड्ने अन्तिम कडीको काम गरेको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोर हुम्लावासीको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रणनीतिक महत्त्वको परियोजना भएको बताए ।
“यो केवल हुम्लालाई जोड्ने बाटो होइन, यो भारत र चीनलाई जोड्ने व्यापारिक मार्ग हो,“ प्रधानमन्त्रीले भने, “यसले कर्णाली र समग्र देशको समृद्धिको ढोका खोल्नेछ।“ उनले करिडोरलाई तत्काल दुई लेनमा विस्तार गरी कालोपत्रे गर्ने, चुवाखोलामा निर्माणाधीन पक्की पुललाई तीव्रता दिने र अप्ठ्यारा चट्टानी भीरहरूमा ढलान गरेर भए पनि सडकलाई सुरक्षित र स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, चीनसँगको हिल्सा नाकामा व्यापार सहजीकरण गर्न तत्काल क्वारेन्टाइन स्थापना गरिने घोषणाले स्थानीय व्यवसायीमाझ उत्साह थपेको छ।
प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उच्चस्तरीय टोली हुम्ला पुगेको थियो ।
हुम्ला सडक संजालमा जोडिएपछि प्रधानमन्त्रीले सामाजिक संजालमार्फत  पहाडको चट्टान फोडेर सडक निर्माण गर्ने नेपाली सेनालाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, खार्पुनाथ हुम्लास्थित कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिज उद्घाटनका क्रममा आज। दुर्गम पहाडमा कडा चट्टान फोडेर सडक निर्माणमा योगदानका लागि नेपाली सेनालाई धन्यवाद ! मित्रराष्ट्र चीन र भारतलाई जोड्ने  यस राजमार्गले अन्तर्राष्ट्रिय बजारसम्मको हाम्रो पहुँचलाई विस्तार गर्ने छ।
यस अवसरमा हुम्लाका दिदीबहिनी दाजुभाइहरू सँग पनि सुखद् भेट भयो।  सबैलाई बधाई ! हुम्लासम्म सडक पु¥याउने यो यात्रा निकै लामो र चुनौतीपूर्ण रह्यो।
वि.सं. २०५४ मा खाद्यान्न अभावको स्थायी समाधान खोज्दै तत्कालीन जिल्ला विकास समितिले सडकको सपना देखेको थियो। २०५७ सालमा सिमकोट–हिल्सा खण्ड खन्न सुरु भए पनि निर्माण कार्यले गति लिन सकेन।
ठेकेदारको ढिलासुस्ती र जटिल भूगोलका कारण करोडौँ बजेट खर्च हुँदा पनि प्रगति निराशाजनक थियो। अन्ततः, २०७१ चैत ५ गते तत्कालीन सरकारले यो राष्ट्रिय गौरवको आयोजनाको जिम्मा नेपाली सेनालाई सुम्पियो। सेनाले २०७१ चैत ९ गतेबाट काम थालेपछि परियोजनाले काँचुली फे¥यो।
अनेकौँ चट्टानी भीर र कठिन भूगोलमा काम गर्दै सेनाले २०७४ सालमै कालीकोट–बाजुरा खण्डमा गाडी गुडायो। हुम्लाको ६ किलोमिटर लामो छारे भीरजस्ता अत्यन्तै चुनौतीपूर्ण खण्डमा चट्टान फोरेर सेनाले आफ्नो अदम्य साहस र क्षमता प्रदर्शन ग¥यो।
अन्ततः, गत चैत १० गतेबाट सुरु गरेर नेपाली सेनाले करिब ४ करोडको लागतमा ३५ दिनमै चुवाखोलामा बेलिब्रिज जडान गरी असार १० गते निर्माण सम्पन्न गरेपछि यो ऐतिहासिक सफलता प्राप्त भएको हो।
यो सडक सञ्जालले हुम्लालाई मात्र जोडेको छैन, यसले नेपाललाई भारत र चीनसँग जोड्ने एक महत्त्वपूर्ण अन्तरदेशीय मार्ग खोलेको छ। कर्णाली करिडोर दक्षिण खण्डका आयोजना प्रमुख इन्जिनियर तुलाराम शर्माका अनुसार अब भारतको रुपैडियाबाट करिब ५१८ किलोमिटरको यात्रा गरी चीनको सिमाना हिल्सासम्म एउटै गाडीमा पुग्न सकिने भएको छ।
यसले कैलाश मानसरोवर जाने हजारौँ भारतीय तीर्थयात्रीका लागि यात्रा सहज र छिटो बनाउनेछ, जसबाट स्थानीय पर्यटन र अर्थतन्त्रले ठूलो फड्को मार्ने अपेक्षा छ।
हाल कर्णाली करिडोरलाई उत्तर (१४८ कि.मि.) र दक्षिण (१२३ कि.मि.) गरी दुई आयोजनामार्फत स्तरोन्नति गरिँदैछ, जसका लागि क्रमशः २१ अर्ब र १४ अर्ब बजेट विनियोजन भएको छ।
दक्षिण खण्डमा ६ वटा बेलिब्रिज, ७ वटा पक्की पुल र ५० किलोमिटर कालोपत्रेको काम भइरहेको छ भने उत्तर खण्डमा पनि पुल निर्माण र सडक स्तरोन्नतिको काम जारी छ।
LS Auto
Tags: #भारत–चीन मार्गको ढोका खुल्यो#हुम्ला राष्ट्रिय सडक सञ्जालमा७७ जिल्लै सडकले जोडियो

लोकप्रीय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

ताजा समाचार

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
महावीर पुनलाई रविले भने– हाम्रा २१ सांसद तपाईंसँग छन्
ताजा समाचार

जेनजीले छुट्टाछुट्टै दल खोल्दा पुन रिसाए, भने ‘आन्दोलनको लक्ष्य तुहिन्छ’

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

नेपालमा सबैभन्दा बढी कर तिर्ने १६ करदाता

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.