×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

हुम्लीको आँगनमा अब गाडीको पाङ्ग्रा, भारत–चीन मार्गको ढोका खुल्यो

२३ असार २०८२
२३ असार , काठमाडौं।
रेलको बाटो पुग्दैछ रे,
तिमी बस्ने सहरैमा ।
हुम्ला कहिले मोटर आउला,
बस्याको छु रहरैमा ।।
चार वर्षअघि गायक सुरज पण्डितले गाएको यो गीतले हरेक हुम्लावासीको मनको व्यथा बोलेको थियो। घरआँगनमै मोटर चढ्ने रहर उनीहरूका लागि सपनाभन्दा परको थिएन।
तर, अब त्यो सपना यथार्थमा परिणत भएको छ। दशकौँको प्रतीक्षा र २६ वर्ष लामो सडक निर्माणको यात्रापछि, कर्णालीको दुर्गम जिल्ला हुम्लाको सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।
यो ऐतिहासिक उपलब्धिसँगै नेपालका ७७ वटै जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिएका छन्। यो ऐतिहासिक दिनको औपचारिक घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोला पुगे ।
स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेपछि प्रधानमन्त्री ओलीले नेपाली सेनाले द्रुत गतिमा निर्माण सम्पन्न गरेको बेलिब्रिजको उद्घाटन गरे ।
यही बेलिब्रिजले सिमकोटलाई राष्ट्रिय राजमार्गसँग जोड्ने अन्तिम कडीको काम गरेको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोर हुम्लावासीको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रणनीतिक महत्त्वको परियोजना भएको बताए ।
“यो केवल हुम्लालाई जोड्ने बाटो होइन, यो भारत र चीनलाई जोड्ने व्यापारिक मार्ग हो,“ प्रधानमन्त्रीले भने, “यसले कर्णाली र समग्र देशको समृद्धिको ढोका खोल्नेछ।“ उनले करिडोरलाई तत्काल दुई लेनमा विस्तार गरी कालोपत्रे गर्ने, चुवाखोलामा निर्माणाधीन पक्की पुललाई तीव्रता दिने र अप्ठ्यारा चट्टानी भीरहरूमा ढलान गरेर भए पनि सडकलाई सुरक्षित र स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
साथै, चीनसँगको हिल्सा नाकामा व्यापार सहजीकरण गर्न तत्काल क्वारेन्टाइन स्थापना गरिने घोषणाले स्थानीय व्यवसायीमाझ उत्साह थपेको छ।
प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उच्चस्तरीय टोली हुम्ला पुगेको थियो ।
हुम्ला सडक संजालमा जोडिएपछि प्रधानमन्त्रीले सामाजिक संजालमार्फत  पहाडको चट्टान फोडेर सडक निर्माण गर्ने नेपाली सेनालाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन्, खार्पुनाथ हुम्लास्थित कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिज उद्घाटनका क्रममा आज। दुर्गम पहाडमा कडा चट्टान फोडेर सडक निर्माणमा योगदानका लागि नेपाली सेनालाई धन्यवाद ! मित्रराष्ट्र चीन र भारतलाई जोड्ने  यस राजमार्गले अन्तर्राष्ट्रिय बजारसम्मको हाम्रो पहुँचलाई विस्तार गर्ने छ।
यस अवसरमा हुम्लाका दिदीबहिनी दाजुभाइहरू सँग पनि सुखद् भेट भयो।  सबैलाई बधाई ! हुम्लासम्म सडक पु¥याउने यो यात्रा निकै लामो र चुनौतीपूर्ण रह्यो।
वि.सं. २०५४ मा खाद्यान्न अभावको स्थायी समाधान खोज्दै तत्कालीन जिल्ला विकास समितिले सडकको सपना देखेको थियो। २०५७ सालमा सिमकोट–हिल्सा खण्ड खन्न सुरु भए पनि निर्माण कार्यले गति लिन सकेन।
ठेकेदारको ढिलासुस्ती र जटिल भूगोलका कारण करोडौँ बजेट खर्च हुँदा पनि प्रगति निराशाजनक थियो। अन्ततः, २०७१ चैत ५ गते तत्कालीन सरकारले यो राष्ट्रिय गौरवको आयोजनाको जिम्मा नेपाली सेनालाई सुम्पियो। सेनाले २०७१ चैत ९ गतेबाट काम थालेपछि परियोजनाले काँचुली फे¥यो।
अनेकौँ चट्टानी भीर र कठिन भूगोलमा काम गर्दै सेनाले २०७४ सालमै कालीकोट–बाजुरा खण्डमा गाडी गुडायो। हुम्लाको ६ किलोमिटर लामो छारे भीरजस्ता अत्यन्तै चुनौतीपूर्ण खण्डमा चट्टान फोरेर सेनाले आफ्नो अदम्य साहस र क्षमता प्रदर्शन ग¥यो।
अन्ततः, गत चैत १० गतेबाट सुरु गरेर नेपाली सेनाले करिब ४ करोडको लागतमा ३५ दिनमै चुवाखोलामा बेलिब्रिज जडान गरी असार १० गते निर्माण सम्पन्न गरेपछि यो ऐतिहासिक सफलता प्राप्त भएको हो।
यो सडक सञ्जालले हुम्लालाई मात्र जोडेको छैन, यसले नेपाललाई भारत र चीनसँग जोड्ने एक महत्त्वपूर्ण अन्तरदेशीय मार्ग खोलेको छ। कर्णाली करिडोर दक्षिण खण्डका आयोजना प्रमुख इन्जिनियर तुलाराम शर्माका अनुसार अब भारतको रुपैडियाबाट करिब ५१८ किलोमिटरको यात्रा गरी चीनको सिमाना हिल्सासम्म एउटै गाडीमा पुग्न सकिने भएको छ।
यसले कैलाश मानसरोवर जाने हजारौँ भारतीय तीर्थयात्रीका लागि यात्रा सहज र छिटो बनाउनेछ, जसबाट स्थानीय पर्यटन र अर्थतन्त्रले ठूलो फड्को मार्ने अपेक्षा छ।
हाल कर्णाली करिडोरलाई उत्तर (१४८ कि.मि.) र दक्षिण (१२३ कि.मि.) गरी दुई आयोजनामार्फत स्तरोन्नति गरिँदैछ, जसका लागि क्रमशः २१ अर्ब र १४ अर्ब बजेट विनियोजन भएको छ।
दक्षिण खण्डमा ६ वटा बेलिब्रिज, ७ वटा पक्की पुल र ५० किलोमिटर कालोपत्रेको काम भइरहेको छ भने उत्तर खण्डमा पनि पुल निर्माण र सडक स्तरोन्नतिको काम जारी छ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top