×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

दलाई लामाका कारण चीन–भारतबीच फेरि खटपट

२४ असार २०८२
२४  असार , काठमाडौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई जन्मदिनमा बधाई दिएकोमा चीनले  कडा आपत्ति जनाएको छ । सोमबार चीनले यो विषयमा भारतसँग विरोध दर्ज गरेको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, “तिब्बतको मुद्दामा चीनको अडान दृढ र स्पष्ट छ । १४औँ दलाई लामा एक राजनीतिक निर्वासित हुन्, जो लामो समयदेखि धर्मको आडमा तिब्बतलाई चीनबाट अलग गर्ने उद्देश्यले चीनविरोधी गतिविधिमा संलग्न छन् ।”
उनले थपिन्,“भारतले तिब्बतको मुद्दाको संवेदनशीलताबारे सचेत हुनुपर्छ र १४औँ दलाई लामाको चीनविरोधी र पृथकतावादी स्वभावलाई स्पष्ट रूपमा बुझ्नुपर्छ । भारतले तिब्बतबारे चीनप्रति गरेका प्रतिबद्धताहरूको सम्मान गर्नुपर्छ र यी मुद्दाहरूलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न प्रयोग गर्न बन्द गर्नुपर्छ ।”
जुलाई ६ मा भारतीय प्रधानमन्त्री मोदीले दलाई लामालाई उनको ९०औँ जन्मदिनमा शुभकामना दिएका थिए । यस्तै, केन्द्रीय मन्त्री किरेन रिजिजूसहित भारतीय नेताहरू धर्मशालामा उनको जन्मदिन समारोहमा सहभागी भएका थिए ।
दलाई लामाको ९० औं जन्मदिनको अवसरमा अनुयायीहरूले गत आइतबार भारतका विभिन्न स्थानमा कार्यक्रम गरेका थिए । भारतका विभिन्न भागहरूमा भेला भएर उनको ९० औं जन्मदिनको अवसरमा करुणा र प्रेमका साथ आयु बृद्धिको कामना समेत गरिएको छ ।
सो अवसरमा पूर्वी गयामा एक उत्सव जुलुस आयोजना गरिएको थियो । भारतको राजधानीमा, केक काट्ने समारोह आयोजना गरिएको थियो र त्यसपछि परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।
सो क्रममा दलाई लामाले आफू बसोबास गर्ने सानो भारतीय पहाडी शहर धर्मशालामा पानीमा रुझ्दै हजारौं भिक्षुहरू र अनुयायीहरूले मुस्कान एव ताली बजाएका थिए ।
भिक्षुहरूको समर्थनमा मञ्चमा बिस्तारै हिंड्दै गर्दा उनले हात हल्लाएर अभिवादन गरेका थिए ।  यसअघि गत बुधबार दलाई लामाले एक भिडियो सन्देश जारी गरेका थिए ।
जसमा उनले आफ्नो मृत्युपछि धर्मको नेताको रूपमा पुनर्जन्म लिने बताएका थिए । उनी नोबेल पुरस्कार विजेतालाई विश्वको सबैभन्दा प्रभावशाली धार्मिक नेताहरू मध्ये एक मानिन्छन् ।
उनका अनुयायी बौद्ध धर्मभन्दा बाहिर पनि फैलिएको छ । आफ्नो भिडियो सन्देशमा उनले आध्यात्मिक नेता छनोट गर्ने परम्परा उनको मृत्यु पछि पनि जारी रहने बताएका थिए ।
तिब्बती आध्यात्मिक नेताले उत्तराधिकारी छनोट गर्ने परम्परा जारी रहने कुरा यति स्पष्ट रूपमा भनेका यो पहिलो पटक हो । उनले आफ्नो पुनर्जन्म पत्ता लगाउने र पहिचान गर्ने प्रक्रिया पूर्णतया गादेन फोड्राङ फाउन्डेसन अन्तर्गत हुने र ‘यस विषयमा अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार नरहेको’ पनि बताएका छन् ।
दलाई लामालाई तिब्बतका संरक्षक सन्त अवलोकितेश्वर वा चेनरेजिगको जीवित अवतार मानिन्छ । दलाई लामाको भूमिका प्राचीन छ र १५ औँ शताब्दीदेखि १४ जना दलाई लामा भइसकेका छन् ।
मार्चमा प्रकाशित आफ्नो पुस्तक ‘भ्वाइस फर द भ्वाइसलेस’ मा दलाई लामाले उत्तराधिकारी चीन बाहिर जन्मिने सम्भावना पनि रहेको बताएका छन् ।
दलाई लामाको मृत्युपछि उनको पुनर्जन्म हुन्छ र धार्मिक नेताले त्यो बच्चा खोज्छन् भन्ने विश्वास गरिन्छ । यता, दलाई लामाको उत्तराधिकारीको मुद्दामा चीनको विदेश मन्त्रालयले पनि प्रतिक्रिया जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दलाई लामाको उत्तराधिकारी चिट्ठा प्रणालीमार्फत मात्र पहिचान गर्न सकिने बताएका छन् । यस प्रक्रिया अन्तर्गत, नामका स्लिपहरू सुनको कलशमा राखिन्छन् र त्यसपछि तीमध्ये एक छनोट गरिन्छ।
यो परम्परा सन् १७९२ मा सुरु भएको थियो र विगतमा, यस प्रणाली प्रयोग गरेर तीन दलाई लामाहरू छनोट गरिएको थियो । यद्यपि, वर्तमान दलाई लामा यस प्रक्रिया अन्तर्गत निर्वाचित भएनन् ।
चीनले यो परम्परा तिब्बती बौद्ध धर्मको एक विशिष्ट रूप भएको र चिनियाँ सरकारको ‘धार्मिक विश्वासको स्वतन्त्रता’ को नीति अनुरूप रहेको बताएको छ ।
अर्कोतर्फ, आलोचकहरू चिनियाँ अधिकारीहरूले तिब्बती समुदायलाई दबाब दिन यो प्रक्रियालाई हेरफेर गरेको बताउँछन् । यद्यपि चीनले यसलाई अस्वीकार गरेको छ ।
सन् १९५९ मा चिनियाँ कम्युनिस्ट सरकारसँगको द्वन्द्वपछि तिब्बतबाट भागेर भारत पुगेका लामालाई बेइजिङले पृथकतावादी भनी कडा आलोचना गर्ने गरेको छ ।
गत मार्चमा बेइजिङले दलाई लामालाई एक राजनीतिक निर्वासित व्यक्ति भएको र उनलाई ‘तिब्बती जनताको प्रतिनिधित्व गर्ने कुनै अधिकार नभएको’ बताएको थियो ।
दलाई लामाले तिब्बत र ताइवान चीनकै भूभाग हुन् भनी स्वीकार गरेमा चीनले उनको भविष्यबारे छलफल गर्न सकिने प्रस्ताव अघि सारेको र यसलाई निर्वासित तिब्बती सरकारले अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top