×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि

२५ असार २०८२

२५ असार , काठमाण्डौ ।

रसुवामा विनाशकारी बाढीपीडितको उद्धारमा खटिनेक्रममा चीनमा ’फोर्स ल्यान्डिङ’मा परेको क्रममा नेपाली सेनाको हेलिकप्टर नेपाल फिर्ता भएको छ।

Advertisement
Advertisement

चिनियाँ पक्षले अनुमतिविना चिनियाँ आकाश प्रयोग गरेको भन्दै जबरजस्ती अवतरण गराएको खबर बाहिरिए पनि नेपाली सेनाले भने ’प्राविधिक कारण’ले अवतरण गर्नुपरेको दाबी गरेको थियो ।

मंगलबार भोटेकोशीमा आएको भीषण बाढीबाट चीनतर्फको सीमा क्षेत्रमा फसेका करिब १५० नेपालीलाई उद्धार गर्न गएको सेनाको हेलिकप्टर चिनियाँ सीमाभित्र पुगेको थियो।

स्थानीय स्रोत तथा प्रशासनका अनुसार, अनुमतिबिना आफ्नो आकाशमा प्रवेश गरेको भन्दै चिनियाँ सुरक्षा अधिकारीहरूले हेलिकप्टरलाई जबरजस्ती आफ्नो भूमिमा अवतरण गराएका थिए।

यो संवेदनशील घटनाबारे स्थानीय प्रशासनले तत्काल गृह, रक्षा र परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो। यद्यपि, नेपाली सेनाले भने ’फोर्स ल्यान्डिङ’को कुरालाई अस्वीकार गर्दै घटनालाई प्राविधिक समस्यासँग जोडेको छ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि आपत्कालीन अवतरण गराइएको बताएका छन् ।

“उद्धारमा गएको हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछि चिनियाँ भूमिमा आपत्कालीन ल्यान्ड गरिएको हो,“ बस्नेतले भनेका थिए, “प्राविधिक जाँचपछि हेलिकप्टर फिर्ता आउँछ।“ सोहीअनुरूप हेलिकप्टर बुधबार फिर्ता आएको हो। मंगलबार बिहान लेन्दे नदीमा आएको बाढी भोटेकोशी हुँदै त्रिशूली नदीसम्म पुग्दा रसुवामा ठूलो जनधनको क्षति भएको थियो।

बाढीले नेपाल–चीन जोड्ने रसुवागढी–केरुङ नाकाको मितेरी पुल बगाएको छ भने १८ जना बेपत्ता भएका छन्। यही विपत्तिमा फसेका नागरिकको उद्धारका लागि सेनाले हेलिकप्टर परिचालन गरेको थियो।

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूतसहितको टोली पनि मंगलबार नै रसुवा पुगेको थियो।

तर, सैनिक प्रवक्ताले चिनियाँ भूमिमा अवतरण गरेको हेलिकप्टर प्रधानमन्त्रीको टोलीको नभई उद्धार कार्यका लागि गएको छुट्टै हेलिकप्टर भएको स्पष्ट पारेका छन्।

उद्धारजस्तो संवेदनशील कार्यमा खटिएको हेलिकप्टर सुरक्षित फिर्ता आउनु सुखद भए पनि अवतरणको कारणबारे दुई फरक–फरक भनाइ बाहिरिँदा यसले कूटनीतिक र सुरक्षासम्बन्धी प्रश्नहरू उब्जाएको छ।

मानवीय संकटको घडीमा सीमा क्षेत्रमा हुने उद्धारकार्यका लागि दुई देशबीच समन्वयको अभाव हो वा सेनाले भनेजस्तै प्राविधिक समस्या नै हो भन्नेबारे स्पष्ट हुन सकेको छैन।

रसुवाको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन्। ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा ईभी गाडी बगाएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top