×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

२५ असार २०८२

२५ असार ,काठमाण्डौं।

रसुवाको भोटेकोशी नदीमा मंगलबार आएको विनाशकारी बाढीको प्रारम्भिक कारण पत्ता लागेको छ।

Advertisement
Advertisement

चिनियाँ स्याटेलाइटबाट प्राप्त उच्च–रिजोलुसनका तस्वीरहरूले चीनतर्फको हिमनदीमाथि बनेको एउटा अस्थायी ताल सुप्राग्लेशियल लेक फुटेर बाढी आएको देखाएको छ ,चिनियाँ एकेडेमी अफ साइन्सेजका डा. गुओक्सिओङ झेङको सहयोगमा भू–वैज्ञानिक नितेश खड्काले गरेको प्रारम्भिक विश्लेषणले यो तथ्य बाहिर ल्याएको हो।

०.६५ मिटर रिजोलुसनको ’गाओफेन’ स्याटेलाइट तस्वीरमा हिमनदीको सतहमा बनेको ताल फुटेर पानी बगेको मार्ग र त्यसले तल्लो तटीय क्षेत्रमा पु¥याएको विनाश स्पष्ट रूपमा देखिएको तस्विरसहितको विश्लेषण उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

उनको विश्लेषणअनुसार, ठूलो मात्रामा पानी र गेग्रान हिमनदीको सतह र भित्री भागबाट भेल बनेर बग्दा तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी आएको हो।

अनुसन्धानले उक्त ताल निकै गतिशील र क्षणिक प्रकृतिको रहेको देखाएको छ, जुन आफैँमा एक चिन्ताको विषय हो।

सेन्टिनेल–२ स्याटेलाइटका पुराना तस्वीरहरू हेर्दाः सन् २०२१ अघिः सो स्थानमा कुनै ताल नभएको, सन् २०२२ मा साना तालहरू देखिन थालेको , सन् २०२३ मा एउटा ठूलो ताल बनेको , सन् २०२४ नोभेम्बरमा उक्त ताल फेरि गायब भएको र सन् २०२५ जुलाई ५ मा ताल पुनः पानीले भरिएको देखिएको उनले उल्लेख गरेका छन् ।

यसकारण मंगलबार जुलाई ८ को तस्वीरमा यही ताल फुटेर बगेको प्रमाण भेटिएको उनले उल्लेख गरेका छन् । भू–वैज्ञानिक खड्काले यो विश्लेषण प्रारम्भिक मात्र भएको र यस विषयमा थप गहिरो अनुसन्धान र निरन्तर निगरानी आवश्यक रहेको बताएका छन् ।

“यो प्रारम्भिक विश्लेषण मात्र हो, यस क्षेत्रमा विस्तृत अध्ययन जरुरी छ,“ उनले भनेका छन् । यता गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाइँकुण्ड गाँउपालिका–२ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन्।

मंगलबार प्रतिनिधीसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनिया नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए।

मन्त्री लेखकले बेपत्ताहरूको खोजीकार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए।

मन्त्री लेखकले हालसम्म हवाईबाट ३० जना नागरिकको सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए। संकटमा फसेका दुई जनाको जीवन उद्दार मात्र हैन विपद्मा परेका नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको संचार गराएको उनको भनाइ थियो।

त्यसैगरी, स्थलगत उद्दारमार्फत् रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको सयुंक्त टोलीले उद्धार गरेको छ।

सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीया पुरुष– १ जना, नेपाली पुरुष–१५ जना र नेपाली महिला २ जना गरी जम्मा १८ जनालाई सकुशल उद्धार गरिएको थियो।

नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ।

अकल्पनीय विपद्को सूचना प्राप्त भएपश्चात आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशित गर्दै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशिल रहेको उनको भनाइ छ।

मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएका बताए।

परिषद्को बैठकले उक्त घटनामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नेपाल र चीन जोड्ने नाका रसुवागढीस्थित मितेरी पुल बगाएकाले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हुँदा उक्त पुलको पुनर्निर्माण गरी नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीन सरकारलाई अनुरोध निर्णय भएको उनको भनाइ छ।

Advertisement

त्यसैगरी परिषद्को बैठकले मित्रराष्ट्र चीनसँग समन्वय गरी भोटेकोसी नदीमा आएको आकस्मिक बाढीका कारण पहिचान गर्ने र मनसुनको समय रहेकोले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ पूर्वतयारी तथा प्रतिकार्यका लागि तयार रहन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री लेखकले जानकारी दिएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top