×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

मुस्ताङमा हिमताल फुटेको आशंका, रसुवा बाढीमा बेपत्ताको खोजी जारी

२६ असार २०८२

२६ असार , काठमाण्डौं ।

आज कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

Advertisement
Advertisement

यी प्रदेशमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान भए पनि राति भने भारी वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले जारी गरेको बुलेटिनमा लेखिएको छ, ‘कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकावाला सबै निकायमा अनुरोध समेत गरेको छ ।

आज डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, लमजुङ, जुम्ला, कालीकोट, सल्यान, रोल्पा, अछाम, सुर्खेत, बर्दिया, दैलेख, दार्चुला र बैतडी भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ रहने महाशाखाको अनुमान छ । यसबीच उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमन थालिएको छ ।

त्यहाँ ७ वटा पुलमा बाढीले क्षति पु¥याउँदा करिब डेढ करोडभन्दा बढी नोक्सान भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी आउनुको कारण हिमताल फुटेको आशंका गरिएको छ ।

पानीनै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले उल्लेख गरेका छन् ।

अध्यक्ष गुरुङले भने, ‘यसरी एकाएक बाढी आउनुको एउटै कारण हुन सक्छ, त्यो हो हिमताल फुट्नु ।’ नेपाल–चीन उत्तरी सीमावर्ती क्षेत्रको नेपालतर्फको चुम्जुङस्थित छुआमा खोलाको मुहानसम्म पुग्ने करिव ५० किलोमिटर दूरी तय गर्नुपर्ने गाउँपालिका अध्यक्ष गुरुङले उल्लेख गरे ।

अहिले तत्कालै त्यसक्षेत्रमा पुगेर बाढी आउनुको कारण पत्ता लगाउन नसके पनि अनुकूल समय मिलाएर गाउँपालिका र सुरक्षा निकायको टोलीले मुहानसम्म पुगेर सूक्ष्म अध्ययन गरिने बताए ।

यहाँ के कसरी बाढी आयो भन्ने विषय अनुसन्धानका लागि महत्वपूर्ण भएकाले अब चाँडै छुआमा खोलाको शिरमा पुग्ने निर्णय भएको बताए । मुहानसम्म पुग्न पैदल यात्रा गर्दा पुरै एकदिन लाग्ने उनले जानकारी दिए ।

यता लोमान्थाङ–२ छोसेर स्थित नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनुको कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए ।

चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा संकलन गर्नेहरूले बताएको उनको भनाइ छ । ‘यहाँ बाढी आउनुको मुख्य कारण हिमताल नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भन्ने कुरा आएन, यसको मतलव हिमताल नै फुटेर बाढी आएको हाम्रो ठम्याई छ,’ उनले भने ।

धमुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौं हिमतालहरू रहेको जानकारी दिए ।

उनले उपल्लो मुस्ताङमा बाढी आउनुको कारण हिउँको ढिस्को हिमतालमा खसेर ओभरफल भई अकस्मात बाढी आएको हुन सक्ने बताए ।

जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालहरूमा हिउँका ढिस्का खसेर हिमपातमा क्षति पु¥याउने सम्भावना रहेको उल्लेख गरेका छन् ।

यसबीच गत मङ्गलवार नेपाल–चीन सिमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीमा परी ज्यान गुमाएका नौमध्ये आठ जनाको शव सङ्कलन गरी काठमाण्डौ ल्याइएको छ । प्रहरीका अनुसार अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो कि होइन भनेर पहिचान हुन बाँकी छ ।

बाढीमा अझै दुई प्रहरी, ११ जना नेपाली नागरिक र ६ चिनिया नागरिक बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

बेपत्ताहरूको खोजीका लागि रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म प्रहरी परिचालन गरिएको छ । बाढीमा फसेका ५७ जनाको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top