NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

रेड सीमा हुथीले अर्को जहाज डुबायो, ३ को मृत्यु, कयौँको अपहरण

बिहिबार असार २६ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
रेड सीमा हुथीले अर्को जहाज डुबायो, ३ को मृत्यु, कयौँको अपहरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ असार , काठमाण्डौं ।

इजरायलले यमनमा पुनः आक्रमण सुरु गरेपछि लाल सागरमा हुथी विद्रोही समूहले पनि आफ्नो कारबाही सक्रिय पारेका छन् । हुथीको आक्रमणमा परी लाल सागरमा फेरि एउटा मालबहाक पानीजहाज डुबेको छ ।

जसमा चालक दलका तीन जनाको मृत्यु भएको छ भने ६ जनाको उद्धार गरिएको छ । चालक दलका २५ सदस्य सवार जहाजबाट अरु सदस्य अपहरणमा परेका छन् ।

Advertisement

यमनस्थित अमेरिकी दूतावासले हुथी विद्रोहीले चालक दलका कयौँ सदस्यलाई अपहरण गरेको जानकारी दिएको छ । युरोपेली नौसनिक मिसन युके म्यारीटाइम ट्रेड अपरेशन यूकेएमटीओ एजेन्सीका अनुसार लाइबेरियाको ध्वजा रहेको ‘इटरनिटी सी’ नामको जहाज डुबेको हो ।

हुथी समूहले सोमबार यो जहाजमा ग्रिनेड आक्रमण गरेको थियो । जसबाट जहाजमा गम्भीर क्षति पुगेको थियो । त्यसयता जहाज विस्तारै डुब्दै गएको हो ।

इटरनिटी सी जहाज सामान बोकेर इजरायलतर्फ जाँदै थियो । हुथी विद्रोही समूहले यसै हप्ता यसअघि अर्को जहाज डुबाएको थियो । म्याजिक शिप नामक पानी जहाजमा हुथी समूहले मिसाइल आक्रमण गरेपछि जहाज डुबेको थियो ।

सोमबार भने एउटा सानो डुंगाबाट प्रहार गरिएको रकेट–प्रोपेल्ड ग्रेनेड (आरपीजी) ले जहाजमा ठूलो क्षति पुगेको हो । बुधबार, लाल सागरमा तैनाथ युरोपेली संघको नौसेना मिसन ’अपरेसन एस्पाइड्स’ले पहिले बेपत्ता ६ जना चालक दलका सदस्यलाई उद्धार गरिएको बताएको थियो ।

एस्पाइड्सका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार उनीहरूमध्ये पाँच जना फिलिपिन्सका नागरिक हुन् भने एक जना भारतीय हुन् । अन्य १९ जना भने बेपत्ता छन् ।

यसैबीच संयुक्त राष्ट्रसंघकी विशेष दूत फ्रान्सेस्का अल्बानेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिका जाँदा आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिने देशहरूको आलोचना गरेकी छन् ।

उनले यी देशहरूले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्नो दायित्व उल्लंघन गरेको बताएकी छन् । उनी इजरायलले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवअधिकारको अवस्थाबारे काम गर्छिन् ।

अल्बानेसले बुधबार इटाली, फ्रान्स र ग्रीसका सरकारहरूले नेतन्याहूलाई सुरक्षित मार्ग किन प्रदान गरे भनेर स्पष्टीकरण दिनुपर्ने बताएकी छन् ।

रोम विधानको हस्ताक्षरकर्ता भएकाले उनीहरूले सैद्धान्तिक रूपमा उनलाई पक्राउ गर्नुपर्ने थियो । किनकी नेतन्याहू अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउको आदेश जारी भएका र खोजीमा रहेका सन्दिग्ध व्यक्ति हुन् ।

नेतन्याहू आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गर्न उनको बाटोमा यी देशहरूको हवाई क्षेत्र हुँदै गएका थिए । यी तीनवटै देशहरू रोम विधानका हस्ताक्षरकर्ता हुन्, जसले सन् २००२ मा हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) स्थापना गरेको थियो ।

गत वर्ष आईसीसीले नेतान्याहू र पूर्वइजरायली रक्षामन्त्री योआभ गालान्टलाई गाजामा इजरायलको युद्धको क्रममा युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो ।

“हामी सबैलाई र इटालियन, फ्रान्सेली र ग्रीक नागरिकहरूले अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई उल्लंघन गर्ने हरेक राजनीतिक कदमले तिनीहरूलाई कमजोर र खतरामा पार्छ भने थाहा पाउनु पर्र्छ,” अल्बानेसले एक्समा लेखिन् ।

अल्बानेसले मानवअधिकार वकिल क्रेग मोखिबरको पोस्टको जवाफ दिँदै यो बताएकी हुन् ।

क्रेग मोखिबरले अघिल्लो दिन यी देशहरूले रोम विधानअन्तर्गत आफ्नो कानुनी दायित्व उल्लंघन गरेका, नरसंहारका पीडितहरूप्रति तिरस्कार व्यक्त गरेका र कानुनको शासनप्रति अवहेलना देखाएको बताएका थिए ।”

नेतान्याहूको अमेरिका भ्रमणमा ट्रम्पसँग हमाससँग चलिरहेको युद्धविराम वार्ताको बीचमा प्यालेस्टाइनीहरूको जबरजस्ती विस्थापनबारे छलफल गरेका छन् ।

तर, आईसीसीले उनको पक्राउ पुर्जी जारी गरेपछि भएको यो उनको पहिलो विदेश भ्रमण थिएन । फेब्रुअरीमा, नेतन्याहू अमेरिका गएका थिए ।

अमेरिका रोम विधानको पक्ष राष्ट्र होइन, र ट्रम्पको जनवरीमा सपथग्रहणपछि उनलाई भेट्ने पहिलो विदेशी नेता बनेका थिए । तर, त्यो बेला उनी लामो बाटो हुँदै अमेरिका गएका थिए ।

इजरायली राजदूत येचिएल लेइटरका अनुसार, टाइम्स अफ इजरायलमा प्रकाशित लेखमा उल्लेख गरेअनुसार इजरायली नेतलाई पक्राउ गर्न सक्ने देशहरूको हवाई क्षेत्रबाट बच्नको लागि अमेरिकी वेसहरू हुँदै गएका थिए ।

त्यसपछि, गत अप्रिलमा, नेतन्याहूले हंगेरीका नेता भिक्टर ओर्बानलाई बुडापेस्टमा भेटे जसले आईसीसीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै निमन्त्रणा दिएर हंगेरीको आईसीसी सदस्यता फिर्ता लिएका थिए ।

नेतान्याहू हंगेरीपछि ट्रम्पसँग भेट्न अमेरिका गए । देशहरूले पक्राउ पुर्जी कार्यान्वयन गर्न सक्ने डरले आयरल्यान्ड, आइसल्यान्ड र नेदरल्यान्ड्सको हवाई क्षेत्रबाट बच्नको लागि उनको विमान सामान्य मार्गभन्दा ४०० किलोमिटर टाढा उडेर गएका थिए ।

आईसीसीका सदस्य राष्ट्रहरूले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई आफ्नो क्षेत्रमा भएमा हिरासतमा लिनुपर्ने अपेक्षा गरिन्छ । तर, व्यवहारमा नियमहरू सधैँ पालना हुँदैनन् ।

उदाहरणका लागि, दक्षिण अफ्रिका, जो अदालतको सदस्य हो, उसले सन् २०१७ मा सुडानका तत्कालीन नेता ओमार अल–बशीरलाई उनको भ्रमणको क्रममा पक्राउ गरेन ।

यद्यपि, उनीविरुद्धमा आईसीसीको पक्राउ पुर्जी थियो । युरोपेली संघका देशहरू नेतान्याहूको लागि जारी गरिएको आईसीसी पक्राउ पुर्जीमा विभाजित छन् ।

केहीले गत वर्ष उनीहरूले आफ्नो आईसीसी प्रतिबद्धताहरू पूरा गर्ने बताएका थिए । इटालीले पक्राउ पुर्जीको वैधानिकतामा धेरै शंकाहरू रहेको बताएको छ भने फ्रान्सले नेतान्याहूलाई आईसीसी कारबाहीबाट उन्मुक्ति प्राप्त छ भनेर विश्वास गरेको छ ।

यसबीच ट्रम्प प्रशासनले फ्रान्सेस्का अल्बानेसमाथि प्रतिबन्ध लगाएको छ । विदेशमन्त्री मार्को रुबियोले अल्बानेसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई समर्थन गरेकाले यो कदम चालेको बताएका छन् ।

फौजदारी अदालतका चार न्यायाधीशहरूमाथि अमेरिकाले पहिले नै प्रतिबन्ध लगाएको छ ।

रुबियोले अल्बानेसमाथि अमेरिकी वा इजरायली नागरिकहरूमाथि मुद्दा चलाउने आईसीसीको प्रयासमा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै उनलाई संयुक्त राष्ट्रसंघको विशेष प्रतिनिधिको रूपमा सेवा गर्न अयोग्य भएको बताएका छन् ।

यो प्रतिबन्धले अल्बानेसलाई अमेरिका भ्रमण गर्नबाट रोक्ने सम्भावना छ । अमेरिकामा रहेको उनको सम्पत्ति रोक्का हुनेछ ।

फौजदारी अदालतका चार न्यायाधीशहरूमाथि अमेरिकाले यो कदम गत वर्ष उक्त अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र तत्कालीन रक्षामन्त्री योआव गालान्टमाथि गाजामा कथित युद्ध अपराधहरूको लागि पक्राउ पुर्जी जारी गरेपछि लिएको थियो ।

Tags: #नेतन्याहू#रेड सीमा हुथी

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२
ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.