×

NEPAL TIMES UPDATES

Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

२९ असार २०८२

२९ असार , काठमाण्डौ ।

उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई आफू युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन् ।

दुई देशबीच उच्च–स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन् ।

उत्तर कोरियाले रुसको युक्रेन युद्धका लागि सेना र हतियार उपलब्ध गराएको छ र मस्कोले द्वन्द्वमा प्रगति गर्न खोजिरहेकाले थप सैन्य सहयोगको प्रतिबद्धता जनाएको छ ।

किमले लाभ्रोभसँग पूर्वी तटीय सहर वोनसानमा भेट गरेका थिए । त्यहाँ लाभ्रोभ र उनका उत्तर कोरियाली समकक्षी चो सोन हुईले आफ्नो दोस्रो रणनीतिक वार्ता गरे ।

उनीहरूले गत वर्ष हस्ताक्षर गरिएको साझेदारी सन्धि अन्तर्गत थप सहयोगको प्रतिबद्धता जनाए, जसमा पारस्परिक रक्षा सम्झौता पनि समावेश छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार, किमले लाभ्रोभलाई आमूल परिवर्तन भइरहेको विश्वव्यापी भूराजनीतिको प्रतिक्रियामा सहयोगीहरूले चालेका कदमहरूले विश्वभर शान्ति र सुरक्षा सुनिश्चित गर्न ठुलो योगदान पुरÞ्याउने बताए ।

केसीएनएले भनेको छ, ‘किम जोङ उनले युक्रेनी संकटको मूल कारणलाई सम्बोधन गर्ने सम्बन्धमा रुसी नेतृत्वले चालेका सबै उपायहरूलाई कोरिया बिना सर्त समर्थन र प्रोत्साहन गर्न तयार रहेको कुरा पुनः पुष्टि गरेका छन् ।’

रुसको विदेश मन्त्रालयले टेलिग्राममा दुई जनाले हात मिलाउँदै र अंकमाल गर्दै अभिवादन गरेको भिडियो पोस्ट गरेको छ । पश्चिमी अधिकारीहरूले उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा रुसलाई मद्दत गर्न ११ हजार सेना पठाएको दाबी गरेका छन् ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता दुई देशबीच युद्ध जारी छ । उत्तर कोरियाले पहिलोपल्ट गएको अप्रिलमा रुसमा सैनिक पठाएको सार्वजनिक रूपमा स्वीकार गरेको थियो ।

त्यो युक्रेन र पश्चिमले उत्तर कोरियाबाट रुसी–युक्रेनी मोर्चामा ठूलो संख्यामा सैनिक स्थानान्तरण भएको खुलासा गरेको केही महिनापछि थियो । किमले गत वर्ष जुनमा पुटिनसँग सम्झौता गरेका थिए ।

दुवै देशले आक्रमणको सामना गर्नुपरेमा एकार्कालाई समर्थन गर्ने त्यो सहमति थियो । उत्तर कोरियाले सैनिकबाहेक युद्धबाट ध्वस्त कुस्र्क क्षेत्र पुनर्निर्माणमा सहयोग गर्न हजारौँ कामदार पनि पठाउने वाचा गरेको मस्कोका सुरक्षा प्रमुखले गएको महिना बताएका थिए ।

यसबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आफ्नो देशमा सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन् । गत हप्ता मात्र अमेरिकाले युक्रेनमा केही महत्त्वपूर्ण हतियार आपूर्ति बन्द गर्ने बताएको थियो ।

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसी न्युजसँग नेटोमार्फत युक्रेनमा प्याट्रियट वायु रक्षा प्रणाली पठाउने बताएका थिए ।

रुसको बढ्दो हवाई आक्रमणपछि अमेरिकाले उक्त निर्णय गरेको हो । ट्रम्पले हतियार आपूर्ति बन्द भएमा युक्रेनको सुरक्षामा असर पर्ने चिन्ता व्यक्त गरेका थिए ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top