×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

राप्रपामा कलहः शक्ति आर्जन गर्ने ज्ञानेन्द्रको चाहाना ब्रेक

२९ असार २०८२

२९ असार , काठमाण्डौ ।

हिन्दु राष्ट्रको स्थापना र राजासहितको प्रजातन्त्र स्थापना गर्ने प्रण गर्दै पछिल्लो समय सडक आन्दोलनमा उत्रिएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा फेरी विवाद चर्केको छ ।

Advertisement
Advertisement

राप्रपामा देखिएको विवादसँगै राजावादी पार्टीहरूलाई एकै स्थानमा राखेर आन्दोलन चर्काउने पूर्वराजा ज्ञानेन्द्र शाहको अभिलासामा पनि ब्रेक लाग्ने भएको छ ।

२०७८ सालको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता अधिवेशनमा जब अध्यक्षमा पदमा राजेन्द्र लिङदेनसँग कमल थापा हारे त्यसको दोष थापाले निर्मल निवासलाई दिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहकै निर्देशनमा आफू हराएको भन्दै उनले केही समयपछि पार्टी नै विभाजन गरेका थिए । अहिले फेरी निर्मल निवासले सबै राजावादी शक्तिहरूलाई एकीकृत गर्ने प्रयास गरी रहेका बेला राजेन्द्र लिङदेनको नेतृत्वमा रहेको राप्रपामा विवाद देखिएको छ ।

यो विवादको भित्री कारण फेरी पनि निर्मल निवास तर्फ नै सोझिएको छ । विगतदेखि नै अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढङ्गले चलेको आरोप लगाउँदै आएका पार्टीका महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बोलाए ।

नक्सालस्थित राणाकै सचिवालयमा शनिवार भेला बोलाएको थियो । भेलामा सहभागीहरूले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रूपमा सङ्गठन चलाएको आरोप लगाएका छन् ।

लगत्तै उनीहरु आज निर्वाचन आयोग पुगेका हुन् । पार्टीले आफूहरु विरुद्ध स्वयच्छाचारी रुराणासहितका नेताहरूले लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया सङ्गत नभएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । केही दिन अघि मात्रै लिङ्देनले अनुशासन आयोगबाट नवराज सुवेदी र सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए ।पमा विधानविपरित गरेको अन्यायका लागि आफूहरु निर्वाचन आयोग आएको उनीहरुले बताएका छन् ।

राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएपछि यो निर्णयलाई राणा समूहले वैधानिकताको प्रश्न उठाएको हो ।

नक्साल भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्षः डा. प्रकाशचन्द्र लोहनी, पूर्व मन्त्री तथा कार्यसम्पादन समिति सदस्य,हरिबहादुर बस्नेत,वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे,उपाध्यक्ष मुकुन्दश्याम गिरी,महामन्त्री डा. धवलशम्सेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुनसुन्दर लावती, सहायक प्रवक्ता प्रवीणकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्रीः ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत सहभागिता रहेको थियो ।

उनीहरुले आज निर्वाचन आयोग पुगेका छन् । यो भेलाले फेरी राप्रपामा सङ्कट देखिएको छ । राजावादीहरूको आन्दोलन अन्योलमा पुगेका बेला राप्रपामा देखिएको यो विवादले नयाँ मोड लिन सक्ने सम्भावना उतिकै छ ।

गएको फागुन २५ गतेपछि भएका राजावादीहरूका आन्दोलनमा महामन्त्री राणा पक्षका काम कारबाहीलाई लिएर अध्यक्ष लिङदेन निकै आक्रोशित बनेका थिए । यद्यपि असन्तुष्ट बनेका सुवेदी, लावती र डा.लोहनीले राप्रपा भने नफुट्ने बताएका छन् ।

महामन्त्री धवल शमशेरले समेत आफ्ना विरोधीहरुलाई पार्टीको अभिभावक अध्यक्ष लिङ्देनले कारबाही गर्दै आएपछि आफुहरु न्यायका लागि आयोग आउनु परेको बताएका छन् ।

उता पूर्वराजा ज्ञानेन्द्र शाह भने लिङदेनसहित सबैलाई एकै ठाउँमा उभ्याउन लागि नै रहेका छन् । तर अहिले आएर पटक पटक विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी कतै फेरी फुटको सङ्घारमा त पुग्ने हैन भन्ने अवस्थामा पुगेको छ ।

यस अघि ६ पटक औपचारिक रूपमा राप्रपा विभाजित भई सकेको छ । पार्टी स्थापना भएको ३५ वर्ष नपुग्दै ६ पटक फुटिसकेको पूर्वपञ्चहरुको पार्टी फेरि फुट्यो भने अनौठो चाँही हुदैन् ।

यो पार्टीको ६ पटक फुटेको र ४ पटक पुनः जोडिएको इतिहास छ । अन्तिम पटक २०७८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता अधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि कमल थापाले उक्त पार्टीलाई फुटाएका थिए ।

लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याएका छन् भने कमल थापाले जम्मा एक हजार छ सय १७ मत प्राप्त गरेका थिए । २०४७ सालमा पञ्चायतको अन्त्य भएपछि गठित यो पार्टी गठन हुने प्रकृयामा नै विभाजित भएको थियो ।

बहुदलीय व्यवस्था स्थापना भएपछि पूर्वपञ्चहरूले राजनीतिक दल गठन गर्ने प्रयास सुरु गरेका थिए । यो प्रयासमा पञ्चायत कालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतका हस्तीहरू मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्म सुन्दर लावती, रवीन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा लगायत संलग्न थिए ।

उनीहरूले पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी नाम राख्ने निर्णय गरेका थिए । पार्टी घोषणा गर्न नेतृत्वमा कुरा मिलेन पछि पार्टी गठनको औपचारिक घोषणा हुनुभन्दा पहिला नै दुई समूहमा विभाजन भयो ।

एउटा समूहको नेतृत्व सूर्यबहादुर थापाले र अर्को समूहको नेतृत्व लोकेन्द्र बहादुर चन्दले गरेका थिए । अन्ततः एकै दिन, २०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भएका थिए ।

प्रजातन्त्र स्थापना पछिको पहिलो निर्वाचनमा भाग लिएका दुवै पार्टीले नराम्रोसँग हार ब्याहोरे पछि २०४८ माघमा एकीकृत पार्टी बन्यो,पार्टी अध्यक्ष बने सूर्यबहादुर थापा ।

२०५१ सालमा नेपाली काङ्ग्रेस भित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् भङ्ग गर्दै मध्यावधि चुनाव गराए । यो एकताले राप्रपालाई संसदीय राजनीतिमा स्थापित ग¥यो ।

२०५१ सालको मध्यावधि चुनावमा राप्रपा संसद्को तेस्रो शक्तिको रूपमा १९ सिटका साथ उदय भयो । मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो ।

नौ महिनामा अधिकारीको सरकार ढालेर काँग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने । यो खेलमा राप्रपा पनि सहभागी भयो । केही महिना पछि देउवा सरकार ढाल्न एमाले नेताहरू सक्रिय भए। राप्रपाको एउटा पक्षले एमालेलाई साथ दियो।

लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बने बने । २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बनेका थिए । राप्रपाभित्र विवाद बढ्दै गयो।

अध्यक्ष सूर्यबहादुर थापा चन्द नेतृत्वको सरकार ढालेर काँग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाए । थापा प्रधानमन्त्री बनेपछि पार्टी विभाजन हुन पुग्यो ।

एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो–राप्रपा (चन्द) र राप्रपा(थापा)मा पार्टी विभाजित भयो।

२०४८ सालमा जस्तै, चुनावी हारले राप्रपालाई फेरि पाठ सिकायो । २०५६ को आम निर्वाचनमा दुवै राप्रपाको नराम्रो हार भयो । थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन।

यो हार पछि पुनः नेताहरू एकीकरणको तयारीमा जुटे। पहिलो एकीकरणको नौ वर्षपछि र विभाजनको तीन वर्षपछि २०५७ सालमा पार्टी एकीकरण भएको थियो ।

यो एकीकरण त्यति लामो समय टिक्न सकेन । २०५९ सालमा राजा ज्ञानेन्द्रले देउवा सरकार बर्खास्त गरेसँगै राप्रपामा पुनः फुटको बीजारोपण भयो। सूर्यबहादुर थापा राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा थिए।

तर, राजाको प्रस्ताव स्वीकार गर्दै लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री बने। यति बेला सूर्यबहादुर थापाको साथमा रहेका कमल थापाले पनि पछि राजालाई साथ दिए।

कमल थापाले राजालाई साथ मात्रै दिएनन्, पार्टी पनि विभाजन गरे । २०६२ पुसमा छुट्टै भेला बोलाएर राप्रपा नेपाल गठन गरे र आफू अध्यक्ष भएको घोषणा गरे।

तत्कालीन राजालाई साथ दिन तेस्रो पटक राप्रपा फुटाएका कमल थापा राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको जिम्मेवारी पाए। कमल थापाले राप्रपा नेपाल गठन गरे लगत्तै सूर्यबहादुर थापाले पनि अध्यक्ष पशुपति शम्शेर राणासँग असन्तुष्टि राख्दै पार्टी छोडे ।

थापाले राष्ट्रिय जनशक्ति पार्टी नामको नयाँ पार्टी गठन गर्दै राप्रपा चौथो पटक फुटाए । देशमा पुर्वपञ्चहरुका एउटै नीति एउटै सिद्धान्त भएका राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टी बने ।

तिनै पार्टीले २०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा नराम्रो सँग हार व्यहोरे । हारसँगै पूर्वपञ्चहरूले एकताको तेस्रो पाठ सिके र राप्रपा र राजपा २०७० सालमा जेठमा एक भए । नयाँ पार्टीको नाम राप्रपा नै राखियो ।

दोस्रो संविधान सभा निर्वाचनमा राप्रपा र राजपा नेपाल दुई पार्टीले भाग लिए । प्रत्यक्षमा कुनै सिट जित्न नसके पनि हिन्दु धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको कमल थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त ग¥यो ।

राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त ग¥यो। सधैँ पिडामा एकता हुने यी दुई पार्टीबिच चौथो पटक एकता भयो । तर, यो एकता पनि लामो समय टिक्न सकेन।

सरकारमा सहभागिताको विषयमा कुरा नमिलेपछि पशुपतिशम्शेर राणाले पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे। राप्रपाको इतिहासमा यो पाँचौँ विभाजन हो।

२०७८ सालको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता अधिवेशनमा जब अध्यक्षमा पदमा राजेन्द्र लिङदेन सँग कमल थापा हारे त्यस फेरी छौठो पटक राप्रपालाई विभाजन गरेका थिए ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top