×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

३ श्रावण २०८२
२ साउन , काठमाण्डौं ।
एकातिर नेकपा (एमाले) भित्र भावी नेतृत्व र विधान संशोधनलाई लिएर आन्तरिक संघर्षको आगो दन्किरहेको छ, अर्कोतिर सोही पार्टीको जगमा उभिएका तीन पुराना सहयोद्धाहरू भावुक रुपमा अंगालोमा बाँधिएर वामपन्थी एकताको नयाँ अध्यायको उद्घोष गरेका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान) बीचको एकता घोषणा कार्यक्रम केवल दुई पार्टीको मिलन मात्र देखिएको थिएन, यो एमालेको विगत, वर्तमान र भविष्यको राजनीतिको एक प्रतीकात्मक र अर्थपूर्ण मञ्च बन्यो ।
जहाँ आशा, सपना र पुराना घाउहरू शीर्ष नेताहरुले पालैपालो खोतले ।   एकीकृत समाजवादीसम्म आउन मलाई चार वर्ष लाग्यो, मञ्चमा उक्लिएका ७७ वर्षीय वामदेव गौतमले आफ्नो राजनीतिक यात्राको सार सुनाउदै भने, जब उनले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग अंगालो मारे, तब हल गडगडाहट तालीले गुञ्जियो।
कुनै बेला एउटै पार्टीको शीर्ष तहमा बसेर सहकार्य गरेका यी तीन नेताको यो पुनर्मिलनले उपस्थित नेता–कार्यकर्तामा मात्र होइन, समग्र वामपन्थी वृत्तमा नै एक किसिमको तरंग पैदा गरेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बताए ।
एकता सभालाई सम्बोधन गर्दै गौतमले आफ्नो चिरपरिचित शैलीमा आत्मविश्वास प्रस्तुत गरे। “चार वर्षपहिले म यो पार्टीमा आउन पाएको भए, समाजवाद निर्माण सुरु भइसक्थ्यो। किनभने म लागेपछि हुन्छ,“ उनको यो दाबीले हलमा हाँसो र तालीको फोहोरा छुटायो। उनले आफू सय वर्षसम्म बाँच्ने र त्यतिन्जेलसम्म कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन लागिरहने अठोट व्यक्त गरे।
गौतमको यो यात्रा सहज थिएन। नेकपा एकीकरणपछि अध्यक्ष केपी शर्मा ओलीसँग उनको टकराव उत्कर्षमा पुगेको थियो। गौतमले ओलीमाथि पार्टीमा एकलौटी गर्ने, आलोचना नसहने र अधिनायकवादी शैली अपनाएको आरोप लगाएका थिए।
नेकपा विघटनपछि एमालेमा फर्किन चाहे पनि ओलीले नै आफूलाई रोकेको उनको बुझाइ थियो। पटक–पटक वामपन्थी एकताको प्रयास गरे पनि ओलीबाट सकारात्मक प्रतिक्रिया नपाएपछि अन्ततः ७ वर्षको उमेरमा कम्युनिस्ट झण्डा बोकेका गौतम एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीमा समाहित हुन पुगेका छन्।
गौतम केवल पार्टी एकताको सन्देश दिन मात्र मञ्चमा उभिएका थिएनन्, उनीसँग भविष्यको नेपालको एउटा महत्वाकांक्षी सपना पनि थियो।
उनले आगामी १० वर्षभित्र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवाद निर्माण गरेर नेपाललाई युरोपेली मुलुकको स्तरमा पुरÞ्याउने र नेपालीहरूलाई मागेर खाने होइन, संसारलाई पाल्न सक्ने अवस्थामा पुरÞ्याउने भव्य सपना सुनाए।
कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो एकता अभियानको एउटा सुरुवात मात्र भएको बताए। “हामी एकताबद्ध हुन चाहने सबैसँग सहकार्य गर्न तयार छौं। समाजवादी मोर्चा त्यसैको एउटा उदाहरण हो,“ उनले भने।
सम्मानित नेता झलनाथ खनालले पनि वामपन्थी एकता आजको आवश्यकता भएको तर त्यसका लागि सही नीति र सिद्धान्त चाहिने बताए।
उनले विगतमा नेकपा एकता नीतिगत आधारमा नभएकाले नै टिकेको र त्यसले कम्युनिस्ट आन्दोलनलाई नै दक्षिणपन्थी अवसरवादतर्फ धकेलेको आरोप लगाए।
संयोग नै मान्नुपर्छ, यता राष्ट्रिय सभागृहमा जुटको सन्देश गुञ्जिँदै गर्दा, उता च्यासलस्थित एमाले मुख्यालयमा  बेमेल र विवादको आगो सल्किरहेको छ ।
यही बेला भएको माधव–झलनाथ–वामदेवको यो एकतालाई एमाले र एकीकृत समाजवादीका दोस्रो–तेस्रो पुस्ताका नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन्।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको भनाइले यसलाई थप प्रस्ट्याउँछ, “अप्ठेरो बेलामा साथीभाइ जोडिनु महत्त्वपूर्ण हुन्छ, यो त मुलुकको क्रान्तिकारी आन्दोलनको प्रश्न हो।“
एमालेले ’बेवास्ता’ गरेपछि एकीकृत समाजवादी रोजेका वामदेव गौतम अब अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरीयताको वरिष्ठ नेता बनेका छन्।
अब के यो एकताले साँच्चै वामपन्थी आन्दोलनलाई नयाँ दिशा देला? के वामदेव गौतमले देखेको ’समाजवादको सपना’ पूरा होला? वा यो केवल केही पुराना नेताहरूको राजनीतिक व्यवस्थापनको प्रयास मात्रै हो?
यसको जवाफ भविष्यले देला, तर हालका लागि यसले तरंगित एमालेलाई थप दबाब र विभाजित वामपन्थीहरूलाई एकताको झिनो आशा भने अवश्य दिएको छ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top