×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

६ श्रावण २०८२
६ साउन , काठमाण्डौं ।
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ । आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ ।
त्यसकारण नेपाललाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार बेलुकी पौने ७ बजेदेखि शुरू हुनेछ ।
प्रतियोगितामा बङ्गलादेश पाँच खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्कसहित नेपाल दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलङ्कालाई दुई–दुई खेलमा पराजित गर्दा बङ्गलादेशसँग भने पराजित भएको थियो ।
डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बङ्गलादेशलाई हराउनुपर्नेछ । बङ्गलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहनेछ । बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल ३–२ गोलले पराजित भएको थियो ।
नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
त्यसयता नेपालले लगातार तीन खेल जित्दा कुनै गोल खाएको छैन । श्रीलङ्कालाई दुवै खेलमा ७ ले पराजित गरेको नेपालले पछिल्लो खेलमा भुटानलाई ८ गोलले हराएको थियो ।
उता बङ्गलादेशले श्रीलङ्कालाई पहिलो खेलमा ९–१ ले हराउँदै शुरुवात गरेको थियो । बङ्गलादेशले तीनवटै विपक्षीसँग गोल खाएको छ । दोस्रो खेलमा नेपाललाई ३–२ ले र तेस्रो खेलमा भुटानलाई ४–१ ले हराउँदा बङ्गलादेशले गोल खाएको हो ।
त्यसपछि बङ्गलादेशले भुटानलाई ३–० र श्रीङ्गकालाई ५–० ले पराजित गरेको थियो । प्रतियोगितामा सहभागी श्रीलंका र भुटान उपाधि होडबाट बाहिरिएका छन् ।
पाँचमध्ये श्रीलंकाले १ खेल जित्दा भुटान भने सबै खेलमा पराजित भयो । अब आजको खेल नेपाली टोलीको सपना र प्रतिशोधको निर्णायक खेल बन्ने छ ।
नेपाल पहिलो उपाधिको लक्ष्य बोकेर बंगलादेश उडेको हो । अब नेपाल त्यही देशसँग उपाधि खोस्न खेल्नेछ । नेपालसँग एउटै विकल्प एउटै छ, जित ।
नेपालले पछिल्ला तीन खेलमा विपक्षीलाई एकपटक पनि गोल गर्न दिएको छैन । यो प्रदर्शनले नेपाली टोलीको लय बलियो रहेको पुष्टि हुन्छ । तर, त्यही बीचमा बंगलादेश पनि सम्हालिँदै अगाडि बढेको छ ।
उसले पनि उपाधि होडलाई हल्कामा लिएको छैन । नेपाली टोलीकी कप्तान बिर्सना चौधरी भन्छिन्, ‘हामी च्याम्पियन बन्नै आएका हौं। भुटानसँग जस्तै प्रदर्शन गर्न सक्यौं भने बंगलादेशलाई पनि हराउन सक्छौं।’
उनका यी शब्दहरु र पछिल्ला खेलका प्रदर्शनहरूले टोली आत्मविश्वासले भरिपूर्ण रहेको पुष्टि गर्छ । बिर्सनाले गोल, असिस्ट र नेतृत्व तीनै स्थानमा आफ्नो प्रभाव छाडेकी छन् ।
स्ट्राइकर पूर्णिमा राई १० गोल गर्दै प्रतियोगिताकै सर्वाधिक स्कोरर बनेकी छन् । मीना देउवा पनि प्रभावशाली लयमा छिन् । समीक्षा मगर र कुशुम खतिवडाले पनि स्कोर कार्डमा गोल संख्या थपिरहेकी छन् ।
यी खेलाडीलाई सेनु परियार, वर्षा ओली र सुक्रिया मियाले असिस्ट निकाल्दै सहयोग गरिरहेका छन् । त्यसैले नेपालको आक्रमण लाइन बलियो देखिएको छ ।
तर, मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ भन्छन्,‘हामीले अघिल्ला केही खेलमा सेल्फिस खेलेका छौं। बंगलादेशसँग गल्ति गरेर पहिलो हाफमै दुई गोल खाएका छौं।’ उनको संकेत प्रस्ट छ ।
पहिलो खेलमा बंगलादेशसँग केमा चुकियो भन्ने आत्ममूल्यांकनपछि अन्तिम खेलको रणनीति निर्माण हुनेछ । स्ट्राइकिङ लाइनमा केही फेरबदलको संकेत उनी दिइरहेका छन्, जसले टिमको लयलाई अझ धारिलो बनाउने अपेक्षा गर्न सकिन्छ ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top