×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

६ श्रावण २०८२
५ साउन , काठमाण्डौ ।
कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उचाइको मुख्य आधार थियो, १४ वर्षे कठोर जेल जीवन। पञ्चायतविरुद्धको संघर्षमा भोगेको त्यो निर्मम यातनाको कथाले उनलाई एक त्यागी र निडर नेताको छवि दिएको थियो।
तर, आज त्यही १४ वर्षे जेल जीवन उहाँकै एक अभिव्यक्तिका कारण मजाक र व्यङ्ग्यको विषय बनेको छ।  प्रमुख सत्तारुढ दल नेकपा एमालेभित्र ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावले तरंग ल्याइरहेका बेला अध्यक्ष ओलीले दिएको एक तर्कले यो बहसलाई नयाँ मोड दिएको छ।
सचिवालय र पोलिटब्युरो बैठकबाट बहुमतले पारित भइसकेको  यो  प्रस्ताव अब  जारी केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि विधान महाधिवेशनमा पुगेर टुंगिनेछ ।
खास गरी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्नकै लागि यो प्रावधान ल्याइएको भन्दै केही नेताहरुले बैठकमै असन्तुष्टि ब्यक्त गरेका छन् ।
तर यो प्रावधान आफैले ल्याएको स्वीकार गर्दै ओलीले असन्तुष्टि ब्यक्त गर्नेहरुका लागि अस्वभावित तर्क गरेका छन् । उनले ७० वर्षे उमेर हद कार्यान्वयन गर्न नसकिने बताएका  छन्  ।
‘ककसलाई ७० वर्षे उमेर हद मान्नुछ, उहाँहरूले माने हुन्छ, बिदा लिए हुन्छ’, ओलीले भनेका थिए, ‘म त कामको हिसाबले अहिले ५० वर्ष जस्तो खटिरहेको छु ।’
यदि ७० वर्षे उमेर हद लागू गर्ने हो भने आफूले १४ वर्ष जेल बसेको घटाउनुपर्ने ओलीले तर्क गरेका थिए । ‘७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ । जेल बस्दा मैले १४ वर्ष काम गर्न पाइनँ,’ ओलीले यसो भनिरहँदा बैठक हल हाँसोमय बनेको थियो ।
‘मैले जेल बसेको समय घटाएर उमेर गणना गर्नुस् भन्दा सबै नेताहरू हाँस्नु भयो’,   बैठकमा सहभागी नेताले भनेका छन् । आवश्यकता परेकाले मैले नै विष्णु पौडेललाई यस्तो संशोधन प्रस्ताव तयार पार्न भनेको हुँ,’ ओलीले भनेका थिए ।
पार्टीका हरेक निर्णय आवश्यकताका आधारमा हुने र पाँचौं महाधिवेशन यता सधैं आफूले दस्तावेज पेश गर्दै आएको पनि अध्यक्ष ओलीले बताएका थिए ।
ओलीले आफूले जेल बसेको १४ वर्षको उमेर पनि ७० वर्ष कायम रहने हो भने घटाउन गरेको अस्वभाविक तर्कबारे नेता भीम रावलले व्यङ्ग्य गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले ७० वर्षे उमेर हद लगाउने भए आफू जेल बसेको समय घटाउनु पर्ने प्रस्ताव गरेका थिए । यसै विषयला लिएर रावलले काम नगरी सुतेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि भन्दै व्यङ्ग्य गरेका हुन् ।
केपी ओलीसँगको विवादकै कारण एमाले छोडेका नेता रावलले राजनीतिमा आउनुअघि बाल्यकाल र बिरामी भई काम नगरेको समयावधिसमेत घटाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् ।
‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ’, रावलले अघि लेखेका छन्, ‘केपी।को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि  ?’
तेह्रथुम जिल्लाको आठराई इवा गाउँको साधारण किसान परिवारमा बुवा मोहनप्रसाद ओली र आमा  मधुमाया ओलीबाट वि.सं. २००८ साल फागुन ११ गते  ओलीको जन्म भयो ।
चार वर्षको उमेरमै आमा मधुमाया ओलीको काख गुमाउनु भएका ओलीको पालनपोषण हजुरआमा राममाया ओलीबाट भयो । ग्रामीण किसान परिवारमा जन्मेर गाईवस्तु चराउने, घाँस काट्ने, खाना पकाउने, भाँडा माझ्ने सबैजसो काम  ओलीले गरेका थिए ।
तेह्रथुम छाडेर २०२० सालमा उनको परिवार झापा बसाइँ स¥यो । नयाँ ठाउँमा नयाँ साथी फेला परे । नयाँ साथीसँगको सहकार्यमै १५ वर्षीय किशोर उमेरमै २०२३ सालमा उनी माक्र्सवादी अध्ययन दलमा सामेल  भएका थिए ।
यसमा मुख्य अगुवा थिए रामनाथ दाहाल । दाहाललाई पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या ग¥ यो, जो झापा आन्दोलनका शहीद भए ।
माक्र्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै २०२५ सालमा ओली पूर्णकालीन राजनीतिमा सामेल   भए । त्यतिबेला उहाँ १७ वर्षको हुनुहुन्थ्यो ।
त्यसको एक वर्षमै २०२६ साल माघमा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाए  । पार्टी सदस्यता पाएको वर्ष नै पहिलो पटक उनी  गिरफ्तारीमा परे ।
त्यसपछिका चार वर्षको अवधिमा ओलीलाई सरकारले १० पटक गिरफ्तार गरेको थियो । ओलीको नेतृत्वमा झापा आन्दोलन सङ्गठन कमिटी गठन भएपछि पञ्चायती शासनले त्यसमाथि तीव्र र कठोर दमन ग¥यो ।
ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारी नेता २०३० साल असोज २३ गते पक्राउ परे ।  ओलीले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताएका थिए  ।
उनका पाँचजना सहयोद्धालाई जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरियो । जेल सार्ने बहानामा ओलीको पनि हत्या गर्ने प्रयास प्रहरीका सवइन्स्पेक्टर मोहनप्रसाद अधिकारीका कारण  असफल भएको थियो ।
जेलभित्रको पनि जेल मानिने गोलघर जहाँ मानसिक स्थिति बिग्रेकालाई राखेर यातना दिइन्थ्यो, त्यहाँ राखेर उनलाई चरम यातना दिइयो । उनकी धर्मपत्नी राधिका शाक्यले जेल जीवनमा दिइएको यातनाबारे  आफ्नो पुस्तकमा लेखेकी छन् , ‘‘गोलघरभित्र उहाँलाई सिधा उभिन, खुट्टा तन्काएर सुत्न, दिसा पिसाबका लागि बाहिर जान छुट थिएन ।
त्यहीँ खाने, त्यहीँ शौच गर्ने, दुर्गन्धयुक्त गोलघरको छिँडीमा मुसाले फोहोर छिटेर लडाइँ गर्थे । शौचालयको सेफ्टी ट्याङ्कीबाट दिसा निकालेर मुसाले जीउभरि फोहर पारिदिन्थे ।ओढ्ने–ओछ्याउने लुगा हरहमेसा ओसले भिजेको अवस्थामा हुन्थ्यो ।’’
संयोगवश मृत्युको मुखबाट फर्किएका ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिस्ट पार्टी (माले) को संस्थापकको हैसियतमा रहे ।
जेलभित्र निर्मम यातनाको सामना गरिरहेको एउटा नेताले जेल बाहिर ठूलो राजनीतिक उथलपुथल सिर्जना गर्न सफल रह्यो ।  उनी  २०४४ साल असार ११ गते जेलबाट रिहा भएका थिए ।
तर अहिले पनि उनीमाथि लोकतन्त्रका लागि जेल नगएको बरु ज्यान मुद्धामा जेल परेको आरोप लाग्ने गरेको छ ।  वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नै ओलीको कठोर १४ वर्षको जेल जीवनबारे प्रश्न उठाइसकेका छन् ।
२०७७ मंसिर मा  तत्कालीन नेपाली कांग्रेसका नेताका हैसियतमा तनहुमा पुल उद्घाटन समारोहमा  पौडेलले  ततकालीन अवस्थामा पनि  प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका  थिए  ।
कम्युनिस्टहरू लोकतन्त्रवादी नहुने भन्दै पौडेलले भने, ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर  ? ज्यान मुद्दामा बसेका हुन् । कहाँबाट लोकतन्त्रका लागि बसे  ? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेका होइनन् ।’
जोसमा आएर झापा काण्ड घटिहाल्यो भन्दै पौडेलले थपे, ‘यो लोकतन्त्रका लागि हो  ? म मान्दिनँ । केपी ओली मेराअगाडि कुरा गरून् ।’  जनआन्दोलनका बेला बलयगाढा चढेर अमेरिका पुगिन्छ  ?
भनेका ओली राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रले सरकारको नेतृत्वमा पुगेको उनले दाबी  गरेका थिए ।  ‘जोसमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरूले आफूसँग लोकतन्त्रको गफ नगरे हुन्छ,’ पौडेलले भनेका थिए , ‘२०६२÷६३ को जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै हुन् ।’
राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै उनले भने, ‘विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाङ्गिएको छ ।’
वर्तमान राष्ट्रपति पौडेलले समेत  ओलीको आलोचनाका लागि राजनीतिक एजेण्डा बनाइसकेको १४ वर्षे जेल बसाइँ अहिले स्वयम ओलीले नै असवभाविक रुपमा घटाउनु पर्ने प्रस्ताव गरेपछि एक कजाक बनेको छ ।
चार पटक देशको प्रधानमन्त्री बनिसकेका एक नेताले पदमा बसिरहनका लागि आफ्नो जीवनको सबैभन्दा ठूलो त्याग र संघर्षलाई नै हल्का रूपमा प्रस्तुत गर्नु कति उपयुक्त होला? भन्ने प्रश्न उठेको छ।
जुन १४ वर्षे जेल जीवनले ओलीलाई राजनीतिक उचाइ दियो, आज त्यही त्यागको कथा सत्तामा टिकिरहने एउटा कमजोर तर्कमा सीमित भएको छ।
कुनै बेला प्रेरणाको स्रोत बनेको जेल जीवन आज हाँसो र व्यङ्ग्यको विषय बन्दा यसले ओलीको राजनीतिक धरोहरमाथि नै गम्भीर प्रश्न उठाएको छ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top